कृष्णगोपाल श्रेष्ठ

कृष्णगोपाल श्रेष्ठ एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व मन्त्री हुन्।[१] उनी नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राजनीतिज्ञ हुन्।

कृष्णगोपाल श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
कार्यकाल
सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीगिरीराज मणि पोखरेल
वन तथा वातावरण मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीनारदमुनि राणा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीविमल प्रसाद श्रीवास्तव
युवा तथा खेलकुद मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीएकवाल मियाँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीशेरबहादुर तामाङ
सहरी विकास मन्त्री
कार्यकाल
सन् २०२० अक्टोबर १४ – सन् २०२० डिसेम्बर २५
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
स्थानीय विकास राज्य मन्त्री
कार्यकाल
सन् २००४ – सन् २००५
मन्त्रिपरिषद्तेस्रो देउवा मन्त्रिपरिषद्
सङ्घीय संसद सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रकाठमाडौँ ९
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् १९९२ – सन् १९९४
निर्वाचन क्षेत्रकाठमाडौँ ५
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् १९९४ – सन् १९९९
निर्वाचन क्षेत्रकाठमाडौँ ७
व्यक्तिगत विवरण
जन्म (1958-09-22) २२ सेप्टेम्बर १९५८ (उमेर ६५)
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

राजनीतिक करियर

श्रेष्ठ सन् १९७९ मा नेकपा एमालेको पूर्ववर्ती नेकपा मालेको सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए। दलविहीन पञ्चायत व्यवस्था विरुद्धको लडाइँमा उनी पटक–पटक गिरफ्तार र जेल परेका थिए।[२][२] सन् १९८२ मा पार्टीको काठमाडौँ जिल्ला सचिव बनेका थिए। उनले सन् १९८६ मा भक्तपुर जिल्ला सचिव, सन् १९९० मा ललितपुर जिल्ला सचिव[२](माओवादी केन्द्र)सँग एकता भएए नेकपा एमाले संस्थागत राजनीतिक दल भएपछि सन् १९९८ देखि सन् २०१८ सम्म उनी नेकपाको केन्द्रीय सदस्य बनेका थिए।[२]

पार्टीका सचिव मदन भण्डारीले आफ्नो सिट छाडेपछि उनी वि.स. २०४८ को उपनिर्वाचनमा काठमाडौँ ५ बाट निर्वाचित भएका थिए।[२] उनी आम निर्वाचन २०५१ मा काठमाडौँ ७ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए तर आम निर्वाचन २०५६ मा उनी काठमाडौँ ७ बाट पराजित भएका थिए।[२]

सन् २००५ मा उनी स्थानीय विकास राज्य मन्त्री नियुक्त गरिएका थिए।[२] सन् २००८ को संविधानसभा निर्वाचनमा उनी काठमाडौँ ९ बाट पुन: उम्मेदवार भएपनि पराजित भएका थिए। सन् २०१३ को दोस्रो संविधानसभाको निर्वाचनमा समेत उनी काठमाडौँ ९ निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार थिए तर आफ्नो लामो समयदेखिका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग पराजित भएका थिए।[२][३]

वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनको नेकपा एमालेको प्रतिनिधित्व गर्दै काठमाडौँ ९ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।[४] नेकपा एमालेको नेकपा (माओवादी केन्द्र)सँग एकीकरण भएपछि उनी नयाँ पार्टीको कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुखमा नियुक्त भएका थिए।[५][६]

व्यक्तिगत जीवन

उनको जन्म सन् १९५८ अक्टोबर १ मा काठमाडौँमा बुवा हरिलाल र आमा हरिमाया श्रेष्ठको घरमा भएको थियो।[२] उनले आफू विनम्र पृष्ठभूमिबाट आएको र एकै पटक सोझै पाँच कक्षामा भर्ना भएको बताएका थिए।[२] उनले अर्थशास्त्रमा स्नातकोत्तरको उपाधि प्राप्त गरेका छन्।[२] उनको दुई छोरी छिन्। [२]

निर्वाचन इतिहास

निर्वाचनवर्षनिर्वाचन क्षेत्रनतिजामतराजनीतिक दलस्रोत
आम निर्वाचन २०४८वि.सं. २०४९काठमाडौँ ५विजयी२१,२५३नेकपा एमाले[७]
आम निर्वाचन २०५१वि.सं. २०५१काठमाडौँ ७विजयी२२,३१३नेकपा एमाले
आम निर्वाचन २०५६वि.सं. २०५६काठमाडौँ ७पराजित१५,३०४नेकपा एमाले[८]
संविधानसभा निर्वाचन, २०६४वि.सं. २०६४काठमाडौँ ९पराजित१२,१९४नेकपा एमाले
संविधानसभा निर्वाचन २०७०वि.सं. २०७०काठमाडौँ ९पराजित१३,१००नेकपा एमाले[९]
प्रतिनिधिसभा निर्वाचन, २०७४वि.सं. २०७४काठमाडौँ ९विजयी२२,८५२नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड