दोस्रो ओली मन्त्रिपरिषद्
दोश्रो ओली मन्त्रिपरिषद् वि.सं. २०७४ मा नेपालको प्रतिनिधिसभा निर्वाचनपछि खड्गप्रसाद ओलीको नेतृत्वमा वि.सं. २०७४ फाल्गुन ३ गते बनेको नेपाल सरकार थियो। ओलीको उम्मेदवारीलाई सो समयमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समर्थन गरेको थियो। उनले आफ्नो कार्यभार दुई मन्त्रीहरूसँग सुरु गरेका थिए भने पछि विभिन्न मन्त्रालयहरूका लागि मन्त्रीहरू थप गर्दै लगेका थिए। नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।[१] वि.सं. २०७८ बैसाख २१ गते नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो।[२] प्रतिनिधि सभाको विघटनपछि बहुमतिय सरकार अन्तरिम सरकारमा परिवर्तन भएको थियो।[३][४] वि.सं. २०७८ असार २८ गते नेपालको सर्वोच्च अदालतले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि ओली मन्त्रिपरिषद्लाई पाँचौँ देउवा मन्त्रिपरिषद्ले विस्थापन गरेको हो।[५][६][७]
दोस्रो ओली मन्त्रिपरिषद् | |
---|---|
नेपालको मन्त्रिपरिषद् | |
गठन मिति | सन् २०१८ फेब्रुअरी १५ |
भङ्ग मिति | सन् २०२१ जुलाई १२ |
सदस्य र सङ्गठन | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद शर्मा ओली |
उप प्रधानमन्त्रीहरू | ईश्वर पोखरेल (सन् २०१८-२०२१) विष्णुप्रसाद पौडेल (सन् २०२१) रघुवीर महासेठ (सन् २०२१) राजेन्द्र महतो (सन् २०२१) |
दल सङ्ख्या | नेकपा (एमाले) पूर्व सदस्यहरू: नेपाल कम्युनिष्ट पार्टी नेकपा (माके) समाजवादी पार्टी, नेपाल जनता समाजवादी पार्टी, नेपाल |
सभामा स्थिति | बहुमतिय गठबन्धन सरकार (सन् २०१८ फेब्रुअरी - मे, सन् २०२१ मार्च - मे) बहुमतिय सरकार (सन् २०१८ मे - सन् २०२१ मार्च) अल्पमतिय सरकार (सन् २०२१ मे - जुन) अल्पमतिय अन्तरिम सरकार (२०२१ जुन - जुलाई) |
विपक्षी मन्त्रिपरिषद् | देउवा छाया मन्त्रिपरिषद् |
प्रतिपक्षी दल | नेपाली कांग्रेस |
प्रतिपक्षी नेता | शेरबहादुर देउवा, नेका |
इतिहास | |
निर्वाचन(हरू) | प्रतिनिधिसभा निर्वाचन, २०७४ |
संसद कार्यकाल(हरू) | पहिलो सङ्घीय संसद |
पूर्वाधिकारी | चौथौ देउवा मन्त्रिपरिषद् |
उत्तराधिकारी | पाँचौँ देउवा मन्त्रिपरिषद् |
अन्तिम व्यवस्था
पछिल्लो व्यवस्थाहरू
सन् २०२१ जुन ४ – जुन २२
सन् २०२० डिसेम्बर – सन् २०२१ जुन
सन् २०२० अक्टोबर – डिसेम्बर
सन् २०१९ नोभेम्बर – सन् २०२० अक्टोबर
सन् २०१८ फेब्रुअरी – सन् २०१९ नोभेम्बर
उपलब्धि तथा उल्लेखनीय कार्य
- बारा र पर्साका चक्रवातीय आँधीपीडितका लागि ८६९ घर निर्माण गरी हस्तान्तरण गरिएको
- थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना
- श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्यादित तुल्याउन शून्य लागतको सिद्धान्त बमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मोरिशससँग श्रम सम्झौता र समझदारी गरिएको
- यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको
- जटिल मानिएको कर्मचारी समायोजन सम्पन्न
- १३ औँ दक्षिण एसियाली खेलकुद सप्पन्न
- २३ वर्ष पछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
- अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई सार्वजनिक
- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ जारी
विवादहरू
ऐन, कानुन निर्माण विधेयक विवाद
- राष्ट्रिय चिकित्सा विधेयक
- गुठी विधेयक
- राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश [३९]
- भिजिट भिसामा विदेश जान घुम्न जानेले न्यूनतम एसएलसीसरहको शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनुपर्ने वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था[४०]
गीत संगीत विवाद
- लुट्न सके लुट कान्छा (लोक गीत) प्रतिबन्ध
- यस्तै त हो नि ब्रो गीत युट्युबबाट हटाइनु, र्याप गायकहरू पक्राउ
काम कारबाही तथा निर्णय विवाद
- वाइड बडि काण्ड
- सुन काण्ड
- राष्ट्रपतिको लागि प्रहरी तालिम केन्द्र स्थानान्तरण
- निर्मला पन्त हत्या अनुसन्धान
- सिके राउतसँगको सम्झौता
- राष्ट्रपतिको सम्बोधनमा "मेरो सरकार"
- होली वाइन विवाद
- आइफा अवार्ड विवाद
- बेलायत भ्रमणको क्रममा बिबिसीसँगको अन्तर्वार्ता
- "भारतीय दबाब"मा "तरकारी विषादी परीक्षण गर्ने निर्णय" फिर्ता[४१][४२]
- प्रधानमन्त्रीको अभिव्यक्ति: मेरो कार्यकालमा अघि काठमाडौंंका आधा जनसंख्याले माक्स लगाउँथे, अहिले माक्स लगाउन पर्दैन
सरकारको विरोध गर्न विरोधीले माक्स लगाउन थाले । - प्रधानमन्त्रीको अभिव्यक्ति: "अरिंगालले जस्तै प्रतिवाद गर्नुस्" । [४३]
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुममा प्रधानमन्त्रीपत्नीको उपस्थिति
- प्रधानमन्त्री सल्लाहकारको ट्विट: छौडा काण्ड
- कुटनैतिक चुक/त्रुटी: सुनामीबाट सयौंको मृत्यु भएकोमा इन्डोनेसियालाई समवेदना सन्देश पठाउनु पर्नेमा बधाई सन्देश [४४], भेनेजुएला प्रकरण, बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई सन्देशमा त्रुटि[४५][४६], श्रीलंकाका लागि राजदुत विश्वम्भर प्याकुरेलको राजिनामा
- नेपाल ट्रष्टको सम्पत्ति हिनामिना
- यति समूह सँग सरकारको साँठगाठ
- ओम्नी समूहसँग सरकारको साँठगाठ[४७]
- आर्यघाटमा राष्ट्रगान बजाउने निर्णय [४८][४९]
- पर्यटन मन्त्री योगेश भट्टराई को अभिव्यक्ति: कोरोना मुक्त देश भनेर प्रचार गरी पर्यटक भित्र्याऔ [५०][५१]
- आगलागी, डढेलोका कारण अस्ट्रेलियामा जनजीवन नै अस्थव्यस्त भएको समयमा अस्ट्रेलियामा मानवीय संवेदनाका दुःखद् घटना भइरहेका बेला पर्यटनमन्त्री भट्टराई भने नेपाल भ्रमण वर्षको प्रचार [५२]
- मन्त्री योगेश भट्टराईका कारण शनिवार विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोध[५३]
- सेक्युरिटी प्रेस : बास्कोटा प्रकरण
- स्वास्थ मन्त्रीको अभिव्यक्ति: घरमा पाहुना आइरहेका छन्, फुर्सद छैन।[५४]
- स्वास्थ मन्त्रीको अभिव्यक्ति :भात पकाउन पनि पिपिइ व्यक्तिगत सुरक्षा सामग्री चाहिने जस्तो गर्छन्।[५५]
- कोरोना विश्वव्यापी महामारी र लकडाउन को समयमा प्रचलित मूल्य भन्दा अत्याधिक मूल्यमा स्वास्थ सामाग्री खरिद
- स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी नेपाली सेना[५६]
- प्रधानमन्त्रीको अभिव्यक्ति:"ओम्नीसँगको सम्झौता थाहै थिएन"[५७]
- प्रधानमन्त्रीको भाइरस सम्बन्धि भ्रामक अभिव्यक्ति [५८][५९]
- डा. शेरबहादुर पुन प्रकरण [६०][६१]
- प्रधानमन्त्रीको अभिव्यक्ति: "सिडिओ, प्रहरीलाई थाहा छैन, मिडियाले कसरी थाहा पाउँछ? रहस्यमय छैन र?"
- उपप्रधानमन्त्री ईश्वर पोखरेलको अभिव्यक्ति :"दूध पोखेर फोटो खिच्नेहरूले तमासा गरे" [६२]
- पूर्व सचिव भीम उपाध्यय को पक्राउ
- सांसद अपहरण प्रकरण
- डा. बाबुराम भट्टराईको अन्तर्वार्ता को क्रममा सरकारको विरुद्ध संवाद प्रत्यक्ष प्रसारण भएकोमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेन्द्र कुमार कार्की लाई स्पष्टीकरण माग [६३]
- सलह कक्रक्कै हुने अमेरिकी गीत सङ्कलन गर्दैछौं : मन्त्री घनश्याम भुसाल[६४]
- २०७७ असार १८ गते आकस्मिक रूपमा संसदको अधिवेशन अन्त्य[६५]
- शुशिल भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय [६६]
- भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य भ्रमण [६७]