बालेन शाह

काठमाडौँका प्रमुख, र्‍यापर तथा इन्जिनियर

बालेन शाह (वास्तविक नाम: बालेन्द्र शाह; जन्म: २०४७ वैशाख १४) वि.सं. २०७९ साल जेठदेखि काठमाडौँको नगरप्रमुख रूपमा सेवारत एक नेपाली राजनीतिज्ञ हुन्। उनी र्‍यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र संरचनात्मक इन्जिनियर पनि हुन्।

बालेन शाह
बालेन २०७९ मा
१५ औं काठमाडौँको नगरप्रमुख
पद बहाली
१६ जेष्ठ २०७९[१]
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीशेरबहादुर देउवा
पुष्पकमल दाहाल
सहायकसुनिता डंगोल (उपप्रमुख)
पूर्वाधिकारीविद्यासुन्दर शाक्य
व्यक्तिगत विवरण
जन्म
बालेन्द्र शाह

(1990-04-27) २७ अप्रिल १९९० (उमेर ३३)
काठमाडौँ, नेपाल
नागरिकतानेपाल
राजनीतिक दलस्वतन्त्र
जीवन साथीसविना काफ्ले
निवासकाठमाडौँ
मातृ शिक्षाप्रतिष्ठानविश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालय
पेशार्‍यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियर

प्रारम्भिक जीवन

बालेन शाहको जन्म वि.सं. २०४७ वैशाख १४ गते नरदेवी, काठमाडौँमा भएको थियो र उनको न्वारनको नाम बालेन्द्र शाह हो।[२] उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्।[३][४] बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ भने[३] मामाघर धनुषा जिल्लाको जमुनिवास– ४ मा पर्दछ।[३] शाहका हजुरबुवा मुनिलाल शाह एक जमिन्दार थिए।[३] उनको परिवार अहिले त्रिभुवन विमानस्थल नजिकै रहेको तीनकुनेको गैरीगाउँमा बस्छन्।[५]

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनी आफ्नो पेशाको क्रममा देशका ६५ वटा जिल्ला भ्रमण गरेको एक कार्यक्रममा बताएका थिए।[२] २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए।[२] उनले सबिना काफ्लेसँग विवाह गरेका छन्। शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी छिन्।[६]

साङ्गीतिक जीवन

सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो।[६] उनले आफ्नो पहिलो गीत "सडक बालक" वि.सं. २०६९ मा गाएका थिए र याे गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए।[७][८]

काठमाडौँको नगर प्रमुख

र्‍याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राखेका थिए।[६] विवेकशील र साझा पार्टी छुट्टिएको बेला उनी विवेकशील पार्टीसम्म पुगेर काठमाडौँको नगर प्रमुखको उम्मेदवारको रूपमा विवेकशीलबाट उठ्न चाहेका थिए।[६] शाह सुरुमा विवेकशील पार्टीप्रति आकर्षित थिए।[६] उनी त्यतिबेला गायकका रूपमा मात्र चिनिन्थे र विवेकशील पार्टीले उनलाई पार्टीमा आउन आग्रह गरेको थियो तर शाहले विवेकशीलको सदस्यता लिएनन्।[६] उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने तयारीमा लागेका थिए।[६][९]

शाहले स्थानीय तह निर्वाचन, २०७४मा मतदान गरेनन् र उनले वि.सं. २०७४ वैशाख ३१ गते आफ्नो फेसबुकमा "मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छुँ। मलाई देश बनाउन आउँछ। म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन्"। भनी लेखेका थिए[२][७] उनले वि.सं. २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचन, २०७९मा काठमाडौँ महानगरपालिकाको मेयरको पदमा चुनाव लड्ने घोषणा गरेका थिए।[१०] शाहले आफू ९०,८३५ मत ल्याएर चुनाव जित्ने दावी गरेका थिए।[६] काठमाडौँ महानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको थियो।[१०][११] वैशाख ११ गते शाहले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका थिए र उनको विपक्षमा एमालेबाट केशव स्थापित र कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दिएका थिए।[१०][१२] उनलाई वैशाख १७ मा निर्वाचन आयोगले लौरो चुनाव चिह्न दिएको थियो।[१३] वैशाख ३० गते सेतोपाटीले प्रकाशित गरेको मत सर्वेक्षणको अनुसार बालेनलाई नगरप्रमुख पदमा ४२% जनताले मतदान दिएको बताएका थिए।[१४]

वि.सं. २०७९ जेठ ११ गते उनको जित निश्चित भएको थियो।[१५] वि.सं. २०७९ जेठ १२ गते बालेन काठमाडौँको नगरप्रमुखको कार्यालयमा निर्वाचित भए भने उपप्रमुखमा सुनिता डंगोल निर्वाचित भएकी थिइन्।[१६][१७]

चुनावी इतिहास

काठमाडौँ महानगरपालिका निर्वाचन, २०७९

काठमाडौँ
दलउम्मेदवारमतदानप्रतिशत
स्वतन्त्रबालेन शाह६१, ७६७३८.६%
नेपाली कांग्रेससिर्जना सिंह३८, ३४१२४.०%
नेकपा एमालेकेशव स्थापित३८, ११७२३.८%
स्वतन्त्रसुमन सायमी१३, ७७०८.६%
राष्ट्रिय प्रजातन्त्र पार्टीमदनदास श्रेष्ठ५, ७७०३.६%
अरू२, १४११.३%
नतिजाबालेन शाह निर्वाचित
दर्ता भएका मतदाताहरू३००,२४२[१८]
कुल मतदान१९१,१८६६३.६८
कुल मान्य मतहरू१५९, ९०६
अस्वीकृत मतपत्रहरू३१, २८०
स्रोत : निर्वाचन आयोग

गीतहरू

गीतटिप्पणीहरूवर्षसन्दर्भ
"सबै लाई हतार छ"सन् २०२१
"स्टे ट्रु"सन् २०२१
"बलिदान"सन् २०२०
"लोकल ठिटो"सन् २०२०
"सावेज"सन् २०२०
"आस्तिक"सन् २०२०
"गोर्खाली तोप"सन् २०१९
"मार्फाको मदिरा"सन् २०१९
"मन यो उड्यो"सन् २०१६
"नेपाल हासेको"सन् २०१५
"आम नेपाली बुवा"सन् २०१३
"तथ्य"सन् २०१३
"सडक बालक"पहिलो गीतसन् २०१२

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड