एचआर डटकम

एचआर डटकम व्यवसायीहरू प्रति समर्पित एक मानव संसाधन र सबैभन्दा ठूलो सामाजिक सञ्जाल सेवा हो। कम्पनीको स्थापना सन् १९९९ मा भएको थियो।[१]

एचआर डटकम
मालिकडेबी मग्राथ
युआरएलwww.hr.com
दर्तानिःशुल्क

एचआर डटकमका सदस्यहरूको लागि यसले लेख, प्रकरण अध्ययन, समाचार, मत, छलफल मञ्च, ब्लग, चलचित्र तथा अन्य सुविधाहरूमा पहुँच प्रदान गर्दछ।[२]

एचआर डटकमका अधिक सामग्रीहरू समुदायद्वारा उत्पन्न गरिन्छ। वेबसाइट व्यवसाय समुदायको साथ फेसबुक जस्तै रहेको छ। एचआरले व्यवसायीहरूलाई सबैभन्दा राम्रो अभ्यासहरू र अनुसन्धान विधिहरूको साझेदारी गर्न अनुमति दिन्छ। एचआर डटकम  मानव संसाधन प्रमाणपत्र संस्थानको एक स्वीकृत प्रदायक हो। [३]

कम्पनीको पृष्ठभूमि

एचआर डटकम लिमिटेड अरोरा, क्यानडा बाहिर आधारित एक निजी कम्पनी हो। एचआर डटकम सन् १९९९ मा डेबी म्याकग्राथद्वारा स्थापना गरिएको थियो जसले यस अघि सिइओ समूह निगम पनि स्थापना गरेका थिए र पछि उनले उक्त निगम वासिङ्टन पोष्टलाई बिक्री गरेका थिए।[४] यो सुरुमा एचआर व्यवसायीहरूका लागि एक अनलाइन पत्रिकाको रूपमा स्थापित गरिएको थियो  तर पछि यसलाई सामाजिक सञ्जालमा परिणत गरिएको थियो।[५] सन् २००७ मा सञ्जालमा एक महत्त्वपूर्ण सुधार गरिँदै ब्लग, विकि, मञ्च, र अन्य वेब २.० कार्यक्षमता जस्ता सुविधाहरू समावेश गरिएको थियो।[६]

अक्टोबर २०१० मा एचआर डटकमले मानव संसाधन संस्थान (आइएचआर) को लागि आफ्नै मान्यता प्राप्त कार्यक्रमको सुरु गर्ने घोषणा गरेको थियो।[७]

उद्योग सर्वेक्षण

एचआर डटकमले सिएनवाई बिजनेस जर्नल, ट्रेनिङ एण्ड डेभलपमेण्ट, क्यानडेली म्यानेजर, एटलाण्टा बिजनेस क्रोनिकल जस्ता शीर्ष व्यापार प्रकाशनमा चित्रित परिणामका साथ धेरै उद्योग सर्वेक्षणहरू गरेको छ।[८][९]

पुरस्कार तथा मान्यता

संस्थापक, डेबी म्याग्राथले एचआर क्षेत्रका शीर्ष १०० प्रभावकारहरूको रूपमा नामकरण भएकी थिइन।[१०] सन् २००५ मा उनी प्रोफिट पत्रिकाद्वारा शीर्ष १०० क्यानडेली महिला उद्यमी पनि हुन्।[११]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद