नेपालको सर्वोच्च अदालत

नेपालको सबैभन्दा उच्च तहको अदालत

सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ।[१] २०७२ को संविधान जारी हुनुअघिसम्म कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था थियो। मौजुदा संविधानमा कुनै पनि तहका अदालतमा अस्थायी न्यायाधीशको व्यवस्था राखिएको छैन।सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदाअवधि ६ वर्षको हुन्छ। नेपालको वर्तमान प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ हुन्।[२]

नेपालको सर्वोच्च अदालत
सर्वोच्च अदालतको भवन
नक्सा
२७°४१′४९″N ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322 ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322
स्थापित२०१३ जेठ ८
स्थानराम शाह पथ, काठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४१′४९″N ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322 ८५°१९′१९″E / २७.६९७°N ८५.३२२°E / 27.697; 85.322
संरचना विधिसंवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त
द्वारा स्वीकृतनेपालको संविधान
न्यायाधीशको कार्यकाल अवधि६५ वर्षको उमेर
न्यायाधीश सङ्ख्या१ जना प्रधान न्यायाधीस + २० जना स्थायी न्यायाधीश
वेबसाइटआधिकारिक वेबसाइट
प्रधान न्यायाधीश
वर्तमानविश्वम्भरप्रसाद श्रेष्ठ
देखि४ भदौ २०८०
नेपालको सर्वोच्च अदालत

प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति

महामहिम राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिने व्यवस्था छ। कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा राष्ट्रपतिको अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ।

जनशक्ति

सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए। कर्मचारी तर्फ विभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए। यसका अतिरिक्त केही कर्मचारी काजमा थिए।

न्यायिक कार्य

सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ। यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:

साधारण अधिकारक्षेत्र

सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् :

  1. शुरु मुद्दा हेर्ने
  2. पुनरावेदन सुन्ने
  3. पुनरावलोकन गर्ने
  4. मुद्दा दोहोऱ्याइ हेर्ने
  5. साधक जाँच्ने
  6. निवेदन प्रतिवेदन सुन्ने

असाधारण अधिकारक्षेत्र

सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरू पर्दछन् :

  1. न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
  2. रिट क्षेत्राधिकार
  3. सार्वजानिक सरोकारको विवाद हेर्ने

सन्दर्भ सामग्रीहरू

सम्पर्क ठेगाना

सर्वोच्च अदालत
रामशाह पथ नेपाल
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np

आधिकारीक वेबसाइट

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड