नाया ज्याक्स

साभेलिना फेनिन (जन्म: २९ मे १९८४) एक अमेरिकी व्यवसायिक महिला कुस्ती खेलाडी तथा मोडल हुन् जो हाल अमेरिकी कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईको कार्यक्षेत्र अन्तर्गत नाया ज्याक्सको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले आफ्नो कुस्ती कार्यकाल अन्तर्गत एकपटक महिला उपाधि जित्न सफल भएकी थिइन्।

नाया ज्याक्स
सन् २०१८ अप्रिलमा ज्याक्स
वास्तविक नामसाभेलिना फेनिन
जन्म (1984-05-29) २९ मे १९८४ (उमेर ४०)
सिड्नी, अस्ट्रेलिया
परिवारएनोआई परिवार
शिक्षापालमोर क्याम्पस
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामलिना
नाया ज्याक्स
उचाई६ फिट
तौल२७२ पाउन्[१]
उत्पत्तिसेन डिएग‍, क्यालिफोर्निया[२]
प्रशिक्षकडब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र[२]
पदार्पण७ मे २०१५

व्यावसायिक कुस्ती कार्यकाल

डब्ल्युडब्ल्युई

एनएक्सटी (सन् २०१४–२०१६)

सन् २०१४ को सुरुवाती महिनामा उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यसपछि अमेरिकाको फ्लोरिडा स्थित डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्न‍ कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[३] सन् २०१५ मे ७ का दिन उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीको एक घरेलु कार्यक्रममा रिङ नाम जेडाको रूपमा पर्दापण गरेकी थिइन् जहाँ उनी र डेभिना टेलर एक ट्याग टिम खेलमा बेइली र कार्मेलासँग पराजित भएका थिए।[४] सन् २०१५ अगष्टामा उनले आफ्नो रिङ नाम नाया ज्याक्समा परिवर्तन गरेकी थिइन्।[५][६][७][८] एनएक्सटीको केही घरेलु कार्यक्रममा कुस्ती खेल्न सुरु गरेकी उनले सन् २०१५ अक्टोबर १४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उक्त पदोन्नतिका लागि पहिलो खेल इभी नामक एक महिला कुस्ती खेलाडीसँग खेलेकी थिइन् जहाँ उनले एकल खेलमा इभीलाई पराजित गर्न सफल भएकी थिइन्।[९] उक्त पदोन्नतिमा पर्दापण गरिसकेपछि उनले एनएक्सटीमा एक अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले कार्मेला लगायत विभिन्न महिला कुस्ती खेलाडीहरूलाई पराजित गर्न सफल भएकी थिइन्।[१०][११][१२] सन् २०१५ नोभेम्बर महिनादेखि ज्याक्सले इभा मेरीसँग सहकार्य गर्दै तात्कालिक एनएक्सटी महिला कुस्ती खेलाडी बेइलीलाई उनको महिला उपाधिका लागि चुनौती दिन सुरु गरेकी थिइन् जसको फलस्वरूप सन् २०१५ डिसेम्बर १६ का दिन एनएक्सटी द्वारा आयोजित वार्षिक कार्यक्रम एनएक्सटी टेकओभर: लण्डनमा[१३][१४][१५] उनीहरू बीच महिला उपाधिका लागि खेल जारी गरिएको थियो जुन खेलमा ज्याक्स बेइलीसँग पराजित भएकी थिइन्।[१६]

सन् २०१६ जनवरी २७ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ज्याक्स केही महिनाको अस्थायी अवकाश पछि पुनः उक्त पदोन्नतिका फिर्ता भएकी थिइन् जहाँ उनले लिभ मोर्गेनलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[१७] १० फेब्रुअरीका दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ज्याक्सले इभा मेरीलाई बेइलीलाई आक्रमण गर्नका लागि उक्साएकी थिइन् तर अस्काले बेइलीलाई आक्रमण हुनबाट बचाएकी थिइन् जसको फलस्वरूप उनीहरूको बीच एक ट्याग टिम खेल २४ फेब्रुअरीका दिन आयोजित एनएक्सटीक‍ एक श्रृङ्खलामा जारी गरिएक‍ थियो जहाँ ज्याक्स र मेरीले जित हासिल गरेका थिए। २५ मे २०१६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा[१८][१९] ज्याक्स, अलेक्सा ब्लिस र कार्मेलाका बीच एक ट्रिपल थ्रेट खेल जारी गरिएको थियो जहाँ ज्यक्सले ब्लिस र कार्मेलालाई पराजित गर्दै एनएक्सटी महिला उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन् तर जुन ८ का दिन एनएक्सटी[२०] द्वारा आयोजित एनएक्सटी टेकओभर: द इन्डमा ज्याक्स महिला उपाधिका लागि खेलमा पराजित भएकी थिइन्।[२१] जुलाई २० का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ज्याक्स बेइलीसँगको एकल खेलमा पराजित भएकी थिइन्।[२२] डिसेम्बर २८, २०१६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ज्याक्स आस्कासँगको उपाधिका लागि खेलमा पराजित भएकी थिइन् जुन उनको उक्त पदोन्नतिका लागि अन्तिम खेल बनेको थियो।[२३][२४]

विभिन्न घटनावली तथा द्वन्द्वहरू (सन् २०१६–२०१८)

सन् २०१७ मेमा ज्याक्स

सन् २०१६ मा डब्ल्युडब्ल्युई द्वारा आयोजि ड्राफ्ट अन्तर्गत नाया ज्याक्स एनएक्सटीबाट डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षत्र मा स्थानान्तरण भएकी थिइन् जहाँ उनले उक्त पदोन्नतिमा पर्दापण गरेपछि केही महिला कुस्ती खेलाडीहरूलाई एकल खेलमा पराजित गर्दै एक अपराजित यात्रा कायम गरेकी थिइन्।[२५][२६] सोही वर्षको सेप्टेम्बर महिनादेखि ज्याक्सको मुख्य कार्यक्षेत्र रकी अलिसा फक्ससँग द्वन्द्व चलेको थियो जसको फलस्वरूप उनीहरू बीचको खेल सन् २०२६ सेप्टेम्बर १२ का दिन आयोजित एनएक्सटीक‍ एक श्रृङ्खलामा जारी गरिएको थियो जुन खेल पछि स्थगित भएको थियो।[२७][२८][२९] पहिलो खेलमा कोही पनि विजेता बन्न असमर्थ रहेपछि सन् २०१६ सेप्टेम्बर २५ का दिन आयोजित क्लास अफ च्याम्पियन्स नामक एक वार्षिका कार्यक्रममा ज्याक्सले फक्सलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[३०] सन् २०१६ नोभेम्बर २० का दिन आयोजित परम्परागत सरभाइभर सिरिज नामक एक वार्षिक कुस्ती कार्यक्रममा ज्याक्सले टोली को प्रतिनिधित्व गर्दै टोली स्म्याकडाउनका विरुद्ध का अन्य महिला कुस्ती खेलाडीहरूका साथ एक खेल खेलेकी थिइन् जहाँ टोली ले टोली स्म्याकडाउनलाई पराजित गरेको थियो।[३१] सन् २०१६ डिसेम्बरमा ज्याक्सको सासा बेङ्क्सको साथ द्वन्द्व चलेको थियो जहाँ ज्याक्सको आक्रमणका कारण बेङ्क्स घाइते भएकी थिइन्।[३२] सन् २०१७ जनवरी २९ का दिन आयोजित रोयल रम्बल नामक एक कुस्ती कार्यक्रममा ज्याक्सको सासा बेङ्क्सका विरुद्ध खेल जारी गरिएको थियो जहाँ ज्याक्सले बेङ्क्सलाई पराजित गरेकी थिइन् भने उनीहरूका बीच पुनः खेल सन् २०१७ मार्च ५ का दिन फास्टलेन नामक एक कुस्ती कार्यक्रममा जारी गरिएको थियो जहाँ उनी बेङ्क्सका विरुद्धको खेलमा पराजित भएकी थिइन्। [३३][३४] अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको ३३औँ श्रृङ्खलामा ज्याक्स, बेङ्क्स, बेइली र सार्लेट फ्लेयरका बीच महिला उपाधिकम लागि खेल जारी गरिएको थियो तर उक्त खेलबाट ज्याक्स सर्वप्रथम निस्काशित भएकी थिइन्।[३५][३६] २६ जुन का दिन आयोजित एक गनलेट खेलमा ज्याक्सले भाग लिएकी थिइन् जसको विजेताले तात्कालिक महिला विजेता ब्लिसका विरुद्ध महिला उपाधिका लागि खेल खेल्न पाउने प्रावधान रहेको थियो।[३७][३८] उक्त खेलमा ज्याक्सले बेइली, मिकी जेम्स, डाना ब्रुक र एमालाई निस्कासन गराउन सफल भएतापनि पछि उनलाई बेङ्क्सले निस्कासन गराएकी थिइन्।[३९][४०] सेप्टेम्बर २४ मा दिन ज्याक्सले नो मर्सी नामक एक वार्षिक कुस्ती कार्यक्रममा महिला उपाधिका लागि खेल खेलेकी थिइन् तर उपाधि जित्न भने असमर्थ रहिन्।[४१]

डिसेम्बर ४ का दिन आयोजित डब्ल्युडब्ल्युईको एक श्रृङ्खलादेखि ज्याक्स र तात्कालिक डब्ल्युडब्ल्युई क्रुजवेट विजेता एन्जो अमोरेको बीच प्रेम सम्बन्ध रहेको खुलासा भएको थियो तर अमोरेलाई सन् २०१८ को जनवरीबाट डब्ल्युडब्ल्युईले निस्कासन गराएक‍ थियो।[४२] जनवरी २८ का दिन आयोजित रोयल रम्बल नामक एक वार्षिक कुस्ती कार्यक्रममा ज्याक्सले पहिलोपटक आयोजना गरेको महिला रोयल रम्बल खेलमा भाग लिएकी थिइन् जहाँ उनी २२औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् भने उनले ज्याक्लिन, केली केली, रुबी रायट र नेयोमीलाई खेलबाट निस्कासन गर्न सफल भएतापनि उनलाई ६ जना महिला कुस्ती खेलाडीहरूले निस्कासन गराएका थिए।[४३][४४] सन् २०१७ को जनवरीदेखि फेब्रुअरीसम्म ज्याक्सको अपराजित यात्र कायम राखेकी आस्कासँग द्वन्द्व चलेको थियो जसको फलस्वरूप उनीहरूको बीच २५ फेब्रुअरीका दिन आयोजित इलिमिनेसन चेम्बरमा[४५][४६][४७][४८][४९][५०] र त्यसको अर्को हप्ता पछि आयोजना गरिएको मा जारी गरिएक‍ थियो जहाँ ज्याक्स पराजित भएकी थिइन्।[५१][५२]

महिला विजेता (सन् २०१८)

ज्याक्सले रेसलमेनिया ३४ डब्ल्युडब्ल्युई महिला उपाि जितेकी थिइन्

सन् २०१७ अप्रिलदेखि नायन ज्याक्सको तात्कालिक महिला उपाधि विजेता अलेक्सा ब्लिससँग द्वन्द्व चलेको थियो। अप्रिल ८ का दिन आयोजित रेसलमेनियाको ३४औँ श्रृङ्खलामा ज्याक्सले ब्लिसलाई एकल खेलमा पराजित गर्दै पहिलोपटक डब्ल्युडब्ल्युई महिला उपाधि जित्न सफल भएकी थिइन्।[५३] ब्लिसले पछि ब्याकलास नामक एक वार्षिक कार्यक्रममा उनका विरुद्ध महिला उपाधिका लागि खेलेकी थिइन् तर उक्त खेलमा ज्याक्सले ब्लिसलाई पराजित गर्न सफल भएकी थिइन्।[५४][५५][५६][५७][५८] सन् २०१८ मे महिनादेखि ज्याक्सको रेन्डा राउजीसँग द्वन्द्व चलेको थियो जसको फलस्वरूप उनीहरू बीच मनी इन द बेङ्क[५९] नामक एक वार्षिक कुस्ती कार्यक्रममा महिला उपाधिका लागि खेल जारी गरिएको थियो भने सोही दिन उक्त खेल चलिरहेका बेला ब्लिसले मनी इन द बेङ्स क्यास इन गर्दै महिला उपाधि जितेकी थिइन्।[६०] नाया ज्याक्स र ब्लिसका बीच पछि जुलाई १५ का दिन आयोजित एक्सट्रिम रूल[६१][६२][६३][६४][६५] नामक एक कुस्ती कार्यक्रममा महिला उपाधिका लागि खेल जारी गरिएको थियो जहाँ ज्याक्स ब्लिससँग पराजित भएकी थिइन्।[६६][६७][६८]

टमिनासँग सहकार्य तथा घाइते (सन् २०१८–हाल)

१७ सेप्टेम्बर सन् २०१८ मा ज्याक्स पुनः डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा फिर्ता भएकी थिइन् जहाँ उनी र एम्बर मुनको टोलीले अलिसा फक्स र फिकी जेम्सलाई पराजित गर्न सफल भएका थिए।[६९][७०][७१][७२][७३] उक्त खेलको एक महिना पश्चात् अक्टोबर २८, २०१८ मा दिन आयोजित इभोलुसन नामक एक वार्षिक कार्यक्रममा नाया ज्याक्सले एक ब्याटल रोयलमन भाग लिएकी थिइन् जहाँ उनले खेलको अन्तिममा एम्बर मुनलाई खेलबाट निस्कासन गराउन सफल भएकी थिइन् जसकारण उनले भविष्यमा महिला उपाधिका लागि खेल खेल्ने मौका प्राप्त गरेकी थिइन्।[७४][७५][७६][७७] नोभेम्बर ५ मा दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा ज्याक्सले मुनलाई आक्रमण गर्दै टमिनासँगको सहकार्य एक टोली गठन गरेकी थिइन्।[७८] सन् २०१९ जनवरी २७ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रोयल रम्बल नामक एक वार्षिक कार्यक्रममा ज्याक्सले महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् जहाँ उनी २९औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उनलाई लिञ्चले खेलबाट निस्कासन गराएकी थिइन्।[७९] सोही रात उनले ३०औँ स्थानमा रिङ प्रवेश गर्दै पुरुष रोयल रम्बलमा पनि भाग लिएकी थिइन् भने एकै कार्यक्रमको दुवै महिला र पुरुष रोयल रम्बलमा भाग लिने उनी पहिलो महिला खेलाडी बनेकी थिइन्।[८०][८१][८२][८३] रेसलमेनियाको ३५औँ श्रृङ्खलामा ज्याक्स र टमिनाले महिला ट्याग टिम उपाधिका लागि फेटल फोर वे खेल खेलेका थिए तर उक्त खेल द आइक‍निक्सले (बिली के र पिटन रोइस) जित्न सफल भएका थिए।[८४][८५]

उपाधि तथा उपलब्धिहरू

ज्याक्स महिला विजेताको रूपमा
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • वर्ष खेलाडी (सन् २०१६)
    • ५० महिला कुस्ती खेलाडी मध्ये ८औँ स्थानमा पर्न सफल (सन् २०१८)[८६]
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • ३० महिला कुस्ती खेलाडी मध्ये १२औँ स्थानमा पर्न सफल (सन् २०१८)[८७]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला विजेता (१ पटक)[८८]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद