पिटन रोइस

केसी म्याकइन्तोस (जन्म: १० नोभेम्बर १९९२) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी पिटन रोइस नामले कुस्ती खेल्छिन् भने उनी बिली केको साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्।[८]

पिटन रोइस
अप्रिल २०१८ मा रोइस
वास्तविक नामकेसी म्याकइन्तोस [१]
जन्म (1992-11-10) १० नोभेम्बर १९९२ (उमेर ३१)[१]
सिड्नी, अस्ट्रेलिया[१]
निवासस्थानफ्लोरिडा, अमेरिका[२]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामपिटन रोइस[१]
केसी[३]
केसी क्यासडि[१]
उचाई५ फिट ७ इन्च (१७० सेमी)[४]
तौल१३२ पाउन्ड (९ स्टोन ६ पाउन्ड; ६० किग्रा)[५]
उत्पत्तिअस्ट्रेलिया[६]
सिड्नी[४]
प्रशिक्षकम्याडिसन इगल[१]
लेन्स स्टोर्म[७]
प्रो रेस्लिङ एलायन्स अस्ट्रेलिया[७]
पदार्पण२८ फेब्रुअरी २००९[५]

सन् २००९ फेब्रुअरीमा म्याकइन्टोसले प्रो रेस्लिङ विमिन्स एलाइन्समा केसी क्यासडीको नामले कुस्तीमा पर्दापण गरेकी थिइन् र त्यसपछि उनले केही वर्ष सम्म स्वतन्त्र सर्किट र अन्य विभिन्न कार्यक्रममा कुस्ती खेलेकी थिइन् भने उनी एक पटक पिडब्ल्यूए महिला विजेता र भेरा र जेनी स्मारक कप जित्न सफल भएकी थिइन्।[९][१०] म्याकइन्टोसले सन् २०१५ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[११]

बाल्यकाल

केसी म्याकइन्टोसको जन्म अस्ट्रेलियाको सिड्नी स्थित न्यू साउथ वेल्समा भएको थियो भने पछि उनी मेलबर्नमा सरेकी थिइन्। मेलबर्नमा सरेको केही वर्षपछि उनी लेन्स स्ट्र‍मसँग कुस्ती सिक्नका लागि क्यानडाको अर्बर्टामा आएकी थिइन्। कुस्तीमा प्रशिक्षण लिन भन्दा अधि उनी एक नर्तक थिइन्। केसी बिली के एउटै विद्यालयमा अध्ययन गरेका थिए।[१२] म्याकइन्तोसले ९ वर्षको उमेर देखि कुस्ती हेर्न सुरु गरेकी थिइन् भने उनलाई प्रेरणा दिन व्यक्तिको नाम लिन पर्दा उनले एडि गुरेरोको नाम सुरुमा लिन्छिन्।

व्यवसायीक कुस्ती कार्यकाल

स्वतन्त्र सर्किट (सन् २००९–२०१५)

सन् २००९ फेब्रुअरी २८ मा म्याकइन्टोसले प्रो रेस्लिङ विमिन्स एलाइन्समा केसी क्यासडिको नामले कुस्तीमा पर्दापण गरेकी थिइन् भने सुरुमा उनी रेबि इगल्ससँग साथी बनेकी थिइन् भने उनीहरूको जेडिले एक मिश्रति कुस्ती खेलमा म्याडिसन इगल्स र माइक भ्यालुएबललाई हराएका थिए।[१३] त्यसको अर्को वर्ष सम्म उनले विभिन्न खेलहरू खेलिन् भने एकपटक उनले पिडब्ल्यूडब्ल्यूए च्याम्पियनसिपको लागि खेल खेलेकी थिइन् भने उक्त खेलमा उनी हर्न पुगेकी थिइन्। ७ जनवरी २०११ मा उनको खेल महिला च्याम्पियनसिपका लागि म्याडिसन इगल्ससँग भएको थियो भने उक्त खेलमा उनी इगल्ससँग हारेकी थिइन्। २० जुन २०११ मा केसी क्यासडि र टिनाले टेल्योको जोडिले एलिजा स्वाइ र साजा म्याककेन्जीको टोलीलाई हराएको थियो।[१४] क्यासडिले बाम्बी हलसँग साथी बन्दै अल-फिमेल प्रोमोसन सिमर विमेन एथलेटिक्समा दुई पटक खेल खेलेकी थिइन्। फ्लोरिडाको योबर सहरमा आयोजित साइन रेस्लिङ कार्यक्रममा उनको खेल सु युङसँग खेल जारी गरिएको थियो तर उनको खेल पछि रिहा ओ रायलीसँग हुने निर्णय भएको थियो। उनीले अस्ट्रेलियामा प्रो रेस्लिङ एलायन्स र न्यु होरायजन्स प्रो रेस्लिङमा पनि देखा परेकी थिइन्।[१५][१६]

डब्ल्युडब्ल्युई

एनएक्सटी (सन् २०१५–२०१८)

म्याकइन्तोसले डब्ल्युडब्ल्युईले अस्ट्रेलियामा सन् २०१४ अगस्टमा आयोजना गरेको कार्यक्रममा एक पटक खेल्ने मौका पाएकी थिइन्।[१७] १३ अप्रिल २०१५ मा डब्ल्युडब्ल्युईले म्याकइन्तोसलाई डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आवद्ध भएको घोषणा गरेको थियो। उनले १५ मे २०१५ मा एनएक्सटीको एक श्रृङ्खलामा केसी क्यासडीको नामले टेलिभिजनमा पर्दापण गरेकी थिइन् भने पहिलो खेलमा उनी एनएक्सटी महिला विजेता सासा बेङ्क्ससँग हार खाएकी थिइन्।[१८] २२ जुलाई एनएक्सटीको एक श्रृङ्खलामा उनको खेल इभा मेरीसँग हुने निर्णय भएको थियो भने उक्त खेलमा पनि क्यासडी हारकी थिइन्।[१९] ७ अगस्ट २०१५ मा उनलाई उनको रिङ नाम पिटन रोइस दिइयो भने त्यस दिन पछि उनी त्यहि नामले कुस्ती खेल्दै आउन सुरु गरिन्।[२०][२१] पिटन रोइस नाम राखिसकेपछि उनको पहिलो खेल ९ डिसेम्बर २०१५ मा एनएक्सटी महिला विजेता बेइलीसँग भयो थियो भने उक्त खेलमा पनि उनी बेइलीसँग हार्न पुगेकी थिइन्।[२२] १३ जनवरी २०१६ एनएक्सटीको एक श्रृङ्खलामा रोइस बेइलीको च्याम्पियनसिपका लागि जारी गरिएको ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेल कारमेलाले जितेकी थिइन्।[२३]

सन् २०१८ मा पिटन रोइस बिली केसँग

अक्टोबर २०१६ मा रोइस बिलि केसँग साझेदारी गर्दै एक टोली गठन गरिन् जसको नाम उनीहरूले द आइकोनिक्स राखेका थिए।[२४] उनीहरूको टोली गठन भएपछि उनीहरूको लिभ मोर्गेनसँग द्वन्द्व चलेको थियो जसका कारण २३ नोभेम्बरमा ६ महिला ट्याग टिम खेल जारी गरियो जसमा मोर्गेनको टोलीमा अलिया र एम्बर मुन थिए भने रोइसको टोलीमा बिलि के र डेरिया बेरनाटो थिए।[२५][२६][२७] उक्त खेलमा मोर्गेन, एलिया र एम्बर मुनको जित भएको थियो।[२८][२९] डिसेम्बरको अन्त्यमा द आइकोनिकको तात्कालिक एनएक्सटी महिला विजेता अस्कासँग द्वन्द्व चलेको थियो।[३०] २८ जनवरी २०१७ सेन एन्टोनियोमा आयोजना गरिएको एनएक्सटी टेक ओभर कार्यक्रममा रोइस अस्काको च्याम्पियनसिपको लागि बिलि के, निक्की क्रस र अस्कासँग फेटल फोरबे खेलमा भाग लिएकी थिइन् भने उक्त खेलमा पनि अस्काको जित भएको थियो।[३१][३२] फेब्रुअरीको अन्त्यमा रोइसले ट्रिपल थ्रेट म्याचमा एम्बर मुन र लिभ मोर्गेनलाई हराउँदै एनएक्सटी महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन् तर उनी च्याम्पियनसिप जित्न असमर्थ रहिन्।[३३]

लिभ मोर्गेननिकी क्रसलाई हराएपछि रोइस फेटल फोरबे म्याचमा सहभागी भएकी थिइन् जुन खेल एनएक्सटी महिला च्याम्पियनसिपका लागि एनएक्सटी टेकओभर वारगेम्समा आयोजना भएको थियो।[३४][३५][३६] त्यस खेलमा पनि रोइस महिला च्याम्पियनसिप जित्न असमर्थ रहिन्।[३७] डिसेम्बर २०१७ मा उनी एम्बर मुनसँग हारेकी थिइन् जुन अनको एनएक्सटीको अन्तिम खेल बनेको थियो।[३८][३९][४०] ८ अप्रिल २०१८ मा रोइस पहिलोपटक डब्ल्युडब्ल्युईको मुख्य क्षेत्रमा देखा परेकी थिइन् जहाँ उनी रेसलमेनिया ३४ को पहिलो महिला ब्याटल रोयलका खेल खेल्न आएकी थिइन् तर उनलाई सारा लेगेनले खेलबाट निस्कासन गरेकी थिइन्।[४१][४२][४३]

स्म्याकडाउन (सन् २०१८-हाल)

द आइकेनिक्स डब्ल्युडब्ल्युई स्म्याकडाउनमा पर्दापण गर्दै

१० अप्रिल २०१८ स्म्याकडाउनको एक श्रृङ्खलामा पिटन रोइस र बिलि केले पहिलोपटक डब्ल्युडब्ल्युईको मुख्य कार्यसूचीमा पर्दापण गरेका थिए।[४४][४५] उनीहरूले स्म्याकडाउनमा पर्दापण गर्ने बित्तिकै उनीहरूले तात्कालिक स्मायाकडाउन महिला विजेता सार्लेट फ्लेयरलाई रिङमा आक्रमण गरेका थिए।[४६] त्यसको दुई हप्तापछि के र रोइसले स्मायाकडाउनमा पहिलो खेल खेलेका थिए जहाँ उनीहरूको खेल अस्का र बेकी लिञ्चसँग भएको थियो भने उक्त खेलमा द आइकोनिकको जित भएको थियो। त्यस खेलको केही महिना सम्म रोइसले एकल र ट्याग टिम खेलहरू खेलेकी थिइन्।[४७][४८][४९][५०][५१] अगस्टमा द आइकोनिककोे मुख्य कार्यसूचीकि नेयोमीसँग द्वन्द्व चलेको थियो भने त्यतिबेला नेयोमीले अस्कासँग साझेदारी गर्दै एक टोली गठन गरेकी थिइन्।[५२][५३] द आइकोनिक्सको खेल नेयोमी र अस्कासँग ६ अक्टोबर २०१८ अस्ट्रेलियामा आयोजना गरिएको सुपर सो डाउन कार्यक्रममा हुने निर्णय गरिएको थियो भने उक्त खेलमा द आइकोनिक्सले अस्का र नेयोमीलाई हराउन सफल भएका थिए।[५४][५५][५६][५७] उक्त खेलमा जितसँगै त्यसको तीन हप्ता पछि आयोजना गरिएको पहिलो सबै महिलाहरूको पे-पर भ्यु कार्यक्रम इभोलुसनमा सहभागी भएका थिए जहाँ उनीहरू महिला ब्याटल रोयलमा सहभागी भएतापनि उनीहरूलाई सबैले मिलेर सबैभन्दा सुरुमै खेलबाट निस्कासन गराएका थिए।[५८]

सन् २०१९ मा आयोजित रोयल रम्बलमा दुवै पिटन रोइस र बिली के उनीहरूको व्यक्तिगत पहिलो महिला रोयल रम्बल खेलमा भाग लिएका थिए जहाँ रोइस ९अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् र के ७अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन्।[५९] द आइकोनिक्सले खेलमा निकी क्रसलाई निस्कासन गर्न सफल भएता पनि उनीहरू दुवैलाई लेसी एभेन्सले निस्कासन गराएकी थिइन्।[६०] १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा द आइकोनिक्सले भाग लिएका थिए तर उक्त खेल बेइलीसासा बेङ्क्सले जित्दै डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो महिला ट्याग टिम विजेता बनेका थिए।[६१] मार्च २०१९ मा द आइकोनिक्सको बेङ्क्स र बेइलीसँग द्वन्द्व चर्किएको थियो जसका कारण आइकोनिक्सले बेइली र बेङ्क्सलाई उपाधि रहित खेलमा पराजित गर्दै आउँदै रेसरमेनिया ३५ मा महिला उपाधिका लागि ट्रिपल थ्रेट खेलमा सहभागी हुने मैका पाएका थिए।[६२][६३][६४] रेसलमेनिया ३५ मा आयोजना गरिएको खेलमा द आइकोनिक्सले तीन टोलीलाई हराउँदै पहिलोपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।[६५]

अन्य सञ्चार माध्यम

रोइसले डब्ल्युडब्ल्युई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रूपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी छिन्।[६६]

उपाधि र उपलब्धि

  • मेलबर्न सिटी रेस्लिङ
    • भिरा एण्ड जेनी मेमोरियल कप (सन् २०१४)
  • पिएरी रेस्लिङ एलायन्स
    • पिडब्ल्यूए महिला विजेता (१ पटक)
  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • उत्कृष्ट ५० महिला कुस्ती खेलाडी मध्ये ४३अौँ स्थानमा पर्न सफल[६७]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (१ पटक, हाल) – बिली केसँग
    • एनएक्सटी वर्ष समाप्ति अवार्ड (१ पटक)
      • ब्रेक आउट अफ द इअर (सन् २०१६)[६८] – बिली केसँग

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य सुत्रहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद