आइएक्सक्वीक

वेब खोज संयन्त्र

आइएक्सक्वीक नेदरल्याण्ड्समा आधारित एक विस्तृत खोज इञ्जिन थियो। कम्पनीको स्थापना सन् १९९८ मा न्यू योर्कमा डेभिड बोडनिकले गरेका थिए। सन् २००० मा जिष्टमा स्थापित यस खोज इञ्जिनलाई हालको मालिक, सर्फबोर्ड होल्डिङ निजी सीमित दायित्व कम्पनी लिमिटेडलाई हस्तान्तरण गरिएको थियो।आइएक्सक्वीकले मुख्यतया खोज परिणामहरू प्रस्ताव गर्ने बेलामा प्रयोगकर्ताहरूको गोपनीयतालाई सुरक्षित गर्दछ। एलएक्सक्वी र ष्टार्टपेज सन् २०१६ मा समायोजित भई ष्टार्टपेजको रूपमा सञ्चालित छ। अप्रिल २०१८ मा, आइएक्सक्वीकलाई बन्द गरिएको थियो किनभने उही सुविधाहरू खोज इञ्जिन ष्टार्टपेजद्वारा प्रस्ताव गरिएको थियो।

आइएक्सक्वीक
साइटको प्रकार
खोजी इञ्जिन
उपलब्ध भाषा१८ भाषाहरू
युआरएलixquick.eu

आइएक्सक्वीक र यसको भातृ परियोजना ष्टार्टपेज डटकमले उनीहरूको पछिल्लो रेकर्ड  (२८-दिनको औसतमा), २ फेब्रुअरी २०१५ मा दैनिक प्रत्यक्ष तर्फ ५० लाख ७० हजार खोजीहरू भएको बताएका थिए।

इतिहास

आइएक्सक्वीक सन् १९९८ मा न्यू योर्क सहरमा  डेभिड बोडनिकद्वारा सृजना गरिएको थियो। उनी ब्राउन विश्वविद्यालयबाट स्नातक हासिल गरेका विद्यार्थी थिए।[१] यसले पछि "वेबमा सबैभन्दा शक्तिशाली विस्तृत खोज इञ्जिन"को रूपमा परिचय प्राप्त गरेको थियो। प्रारम्भमा यसले १४ विभिन्न वेब र निर्देशिका खोज इञ्जिनहरूका साथसाथै तस्वीर, समाचार र श्रव्य इञ्जिनहरूको प्रदान गरेको थियो। प्रत्येक खोज उपकरणले सोधपुछ गर्दा फेला पारेका परिणामहरू मुल्याङ्कन गरेपछि मात्र नतिजा क्रमबद्ध गरिएको थियो।[२]

आइएक्सक्वीकले खोज इञ्जिन वाच र जेटडिनेटको सर्च आइक्युद्वारा उच्च मुल्याङ्कन प्राप्त गरेको थियो।[३]

जिष्टमा आधारित डच कम्पनी सर्फबोर्ड होल्डिङ निजी सिमित दायित्व कम्पनीले सन् २००० मा आइएक्सक्वीकको खरिद गरेको थियो। कम्पनीले सन् २०१३ मा यसको नाम ष्टार्टपेज बिभिमा (अनुवादित- निजी सिमित दायित्व कम्पनी) परिवर्तन गरेको थियो। [४]

खोज विधि

आइएक्सक्वीकले प्रत्येक खोज लागि विभिन्न खोज संयन्त्रहरूबाट शीर्ष १० परिणामहरू प्रदान गर्दछ।[५] यसले प्रत्येक परिणामहरूको लागि एउटा तारा तोकेको छ जसले खोज इञ्जिनले फेला पारेका उक्त परिणामहरू क्रमबद्ध रूपमा मिलाउँछ।[६] प्रायः खोजी इञ्जिनले पत्ता लगाएका परिणामहरू आइएक्सक्वीकद्वारा वर्गीकरणमा सबैभन्दा राम्रो परिणामको रूपमा लिइन्छ।[७] यसमा प्रयोगकर्ताहरूले १७ वटा भाषाहरूमा खोजी गर्न सक्दछन्।[८]

गोपनीयता

२७ जुन २००६ मा, आइएक्सक्वीक यसको भण्डारबाट प्रयोगकर्ताहरूबाट निजी तथ्याङ्कहरू हटाउने पहिलो खोज इञ्जिन हो। व्यक्तिलाई पत्ता लगाउन सकिन इण्टरनेट स्तरीय ठेगाना र अन्य जानकारीहरू ४८ घण्टा भित्र मेटाइन्छ। आइएक्सक्वीकलाई १४ जुलाई २००८ मा यसको गोपनीयता अभ्यासको लागि पहिलो युरोपेली गोपनीयता छाप (युरोप्रिसे)बाट सम्मानित गरिएको थियो। २९ जनवरी २००९ मा, आइएक्सक्वीकले पूर्ण रूपमा प्रयोगकर्ताहरूको इण्टरनेट स्तरीय ठेगानाहरूको भण्डारण गर्न अन्त्य गरेको थियो।

ष्टार्टपेज डटकममा परिवर्तन

२९ मार्च २०१६ मा, आइएक्सक्वीक डटकमले आधिकारिक रूपमा उही कम्पनीको ष्टार्टपेज खोज इञ्जिनसँग समायोजित भएको थियो। उक्त समायोजित खोज इञ्जिनले आधिकारिक रूपमा गुगलको खोजीको नतिजाहरूको प्रयोग गर्दै गोपनीयताको सुरक्षा गर्दछ। आइएक्सक्वीक डटकम प्रविष्ट गर्ने प्रयोगकर्ता हाल स्वचालित रूपमा ष्टार्टपेजमामा निर्देशित हुन्छन्। 

आइएक्सक्वीकले लामो समयदेखि यसका साइटहरूमा युरोपेली सङ्घको गोपनीयताको मापदण्डहरूको पालना गर्ने घोषण गरेको थियो। यसले आफ्नो मूल युरोपेली खोज इञ्जिन आइएक्सक्वीक डटइयुलाई अप्रिल २०१८ सम्म कायम राखेको थियो र पछि यो ष्टार्टपेज डटकममा पुन: निर्देशित भएको थियो। सन् २०१८ देखि, आइएक्सक्वीकको वेबसाइट बन्द गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद