वेब खोज संयन्त्र

वेब खोज संयन्त्र

वेब खोज संयन्त्र वा इन्टरनेट खोज संयन्त्र वेब खोज वा इन्टरनेटमा खोज गर्नका लागि सृजना गरिएको एक सफ्टवेयर प्रणाली हो जसको अर्थ विश्वव्यापी वेबलाई एक मुलपाठ वेब खोज प्रश्नमा निर्दिष्टित, विशेष जानकारीको लागि व्यवस्थित तरीकाले खोजी गर्नु हो।[१]वा अर्को शब्दमा भन्नु पर्दा वेब खोज संयन्त्र एक वेब अनुप्रयोग हो जसको प्रयोगबाट प्रयोगकर्ताले शब्दहरूको रूपमा भण्डारबाट स्रोतहरू फेला पार्न सक्दछन्। यसका संसाधनमा वेब पृष्ठ, इन्टरनेट मञ्च लेख, तस्वीर, श्रव्य दृश्य, फाइल, पुस्तक, शैक्षिक वेबसाइट, अनुप्रयोग, खुला स्रोत सफ्टवेयर, आदि हुन्छन्।[२]

डकडकगो खोज संयन्त्रको पर्दाचित्रण

केही वेबसाइटहरूले खोज संयन्त्रलाई उनीहरूको मुख्य सुविधाको रूपमा प्रस्ताव गर्दछन् जसलाई खोज संयन्त्र वेबसाइट भनिएको छ जुन मानव हस्तक्षेप बिना वेबमा अनुसन्धान गर्ने उपकरणहरू पनि हुन्। सामान्यतया वेब खोज संयन्त्रहरू "इन्टरनेट सरीसृप"मा आधारित हुन्छन् जसले नियमित अन्तरालमा साइटहरूलाई जाँच गर्ने र नयाँ ठेगानाहरू पत्ता लगाउन स्वचालित रूपमा मद्दत गर्दछ। सेवाहरूले सूत्र पछ्याउँछन् जसले पृष्ठहरूलाई एक पछि अर्को गर्दै सूत्रबद्ध गर्दछ। प्रत्येक पहिचान गरिएको पृष्ठ त्यसपछि भण्डारमा अनुक्रमित हुन्छन् र पछि इन्टरनेट प्रयोगकर्ताहरूले शब्दहरू प्रयोग गरेर पहुँच गर्न सक्दछन्। खोज संयन्त्रहरू इन्टरनेटमा मात्र लागू हुँदैन। केही संयन्त्रहरूले सफ्टवेयरको रूपमा कार्य गर्दछन् जुन व्यक्तिगत सुखाङ्ख्यमा स्थापित अवस्थामा रहेका हुन्छन्। यी तथाकथित सुशाङ्ख्य संयन्त्रहरू हुन् जसले सुशाङ्ख्यमा भण्डार गरिएका फाइलहरूको बीचमा खोजी र वेबसाइटहरूको बीचमा जोडेर खोजी गर्दछ। इन्टरनेट मञ्चमा विस्तारित खोज संयन्त्रहरू पनि रहेका हुन्छन् जसले विस्तारित खोजी गर्ने काम गर्दछन्।[३]

इतिहास

इन्टरनेट खोज संयन्त्रले डिसेम्बर १९९० मा, विश्वव्यापी वेबमा प्रदापण गरेको थियो। [४] १० सेप्टेम्बर १९९० मा, पहिलो खोज संयन्त्र आर्चीले इन्टरनेटमा कदम राखेको थियो। आर्ची, इन्टरनेटमा सामग्रीहरूको खोजीका लागि प्रयोग गरिएको पहिलो उपकरण थियो।[५] यसलाई क्यानडाको क्युबेकको मोन्ट्रियलको म्याकगिल विश्वविद्यालयका कम्प्युटर विज्ञान विद्यार्थी एलन इम्जेट, बिल हेलन र जे पिटर दोएच्सले संयुक्त रूपमा निर्माण गरेका थिए।

उपकरणले सार्वजनिक फाइल नामहरू खोजीयोग्य भण्डारमा सृजना गर्दै फाइल आदनप्रदान सौजन्यविधि साइटहरूमा अवस्थित सबै फाइलहरूको निर्देशिकाहरूलाई सूचीबद्ध रूपमा अभिभारण गरेको थियो।[६] आर्ची खोज संयन्त्रको आँकडा सीमित भएको र यसलाई सजिलैसँग गैर स्वचालित रूपमा खोजी गर्न सकिने भएकाले यसले यी वेबसाइटहरूको सामग्रीलाई अनुक्रमणिका गरेको थिएन।[७]

वेबमा पहिलो लोकप्रिय खोज संयन्त्र भनेको याहुको याहु! खोज थियो जसलाई जेरि याङ र डेभिड फिलोले जनवरी १९९४ मा, एक वेब निर्देशिकाको रूपमा सृजना गरेका थिए।[८] य याहुको पहिलो वेब सेवा पनि हो। सन् १९९५ मा, यसमा खोज विशेषता थपिएको थियो जसले प्रयोगकर्ताहरूलाई यसको निर्देशिकामा खोजी गर्न अभिप्रेरित गरेको थियो।[९] यो व्यक्तिहरूको रूचि अनुसार वेब पृष्ठहरू फेला पार्न सबैभन्दा लोकप्रिय तरिकाहरू मध्ये एक बनेको थियो र पछि याहु निर्देशिकालाई याहु! खोजमा पुनर्निर्देशन गरिएको थियो।[१०][११]

केही वर्ष पछि, इन्टरनेटमा विभिन्न वेब खोज संयन्त्रहरू देखा परेका थिए जसमा एक्साइट, इन्फोसिक, इङ्कटोमी, नर्थन लाइट, अल्टा भिस्टा आदी समावेश छ जसको मद्दतले सूचना खोज्नेहरूले प्रयोगकर्ताहरूले कुञ्जी शब्दमा आधारित खोजी गर्नुको सट्टा निर्देशिकामा खोजी गर्न सक्षम थिए।

सन् १९९६ मा, रोबिन लिले रेङ्कडेक्स नामक सेवाको विकास गरेका थिए जसले पछि प्रविधिको क्षेत्रमा अमेरिकामा एकश्व प्राप्त गरेको थियो।[१२][१३] सूत्र प्रयोग गरी वेबसाइटको गुणस्तर जाँच गर्ने यो एक पहिलो खोज संयन्त्र थियो। यसको समान कलन विधि भएको एकश्वलाई पछि गुगलले सन् १९९८ मा, दर्ता गराएको थियो।[१४] ल्यारी पेजले अमेरिकाको केही एकश्वहरूमा पृष्ठ वरियताको लागि लिको कार्यलाई सान्दर्भित गरेका थिए।[१५] पछि रोबिन लिले आफ्नो रेङ्कडेक्स प्रविधि बायदु खोज संयन्त्रका लागि प्रयोग गरेका थिए जसलाई चीनमा रोबिन लिले स्थापना गरेका थिए भने यसलाई सन् २००० मा सञ्चालनमा ल्याइएको थियो। [१६][१७]

सन् १९९६ मा, नेटस्केपले आफ्नो वेब ब्राउजरमा खोज संयन्त्र प्रयोगमा ल्याउनका लागि गृहकार्य थालेको थियो।[१८][१९] गुगलले सन् १९९८ मा गेटो डटकम नामको एक सानो खोज संयन्त्र कम्पनीबाट खोज सर्तहरू बेच्ने विचार अपनाएको थियो।[२०] सन् १९९६ मा, स्थापित भएको रूसी बहुराष्ट्रिय इन्टरनेट निगम यान्दिक्सले सन् १९९७ मा, यान्दिक्स खोजको स्थापना गरेको थियो जसले मुख्यतया रूस र स्वतन्त्र राज्य राष्ट्रसङ्घमा पूर्णरूपमा सेवा प्रदान गर्दछ।[२१][२२] यो रूसको सर्वाधिक लोकप्रिय खोज संयन्त्र बन्न सफल भएको छ।[२३][२४]

सन् २००० देखि, याहु!ले इङ्कटोमी खोजी संयन्त्रमा आधारित खोजी सेवाहरू प्रदान गर्ने गरेको थियो। याहु!ले सन् २००२ मा इङ्कटोमी र सन् २००३ मा, ओभर्चको अधिग्रहण गरेको थियो जुन अल द वेब र अल्टा भिस्टाको मालिक थियो। याहु!ले सन् २००४ सम्म गुगलको खोज संयन्त्रको प्रयोग गरेको थियो भने पछि यसले आफ्नो स्वतन्त्र खोज संयन्त्रको सुरु गरेको थियो।

माइक्रोसफ्टले सन् १९९८ को अन्त्य तिर, इङ्कटोमीको खोज संयन्त्रको प्रयोग गर्दै एमएसएन खोजको प्रक्षेपण गरेको थियो। सन् १९९९ मा, छोटो समयको लागि यसले अल्टा भिस्टाको प्रयोग गरेको थियो। यसले पछि आफ्नो स्वतन्त्र खोज संयन्त्रको विकास गरेको थियो र माइक्रोसफ्टले १ जुन २००९ मा, यसको स्वतन्त्र खोज संयन्त्रलाई बिङमा पुनर्गठन गरेको थियो। २९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु! एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा माइक्रोसफ्टको खोज संयन्त्र बिङले याहु! खोजलाई थप शक्तिशाली बनाएको थियो।[२५]

सन् २०२० का अति लोकप्रिय खोज संयन्त्रहरू, यान्दिक्स, गुगल, बिङ, बायदु, सोसो, सोगौ, डकडकगो, याहु! आदि हुन्।

कसरी काम गर्दछ

इन्टरनेट खोज संयन्त्रहरूले वेब पृष्ठहरूको बारेमा विभिन्न जानकारी सङ्कलन गर्दै तिनीहरूलाई आफ्नो भण्डारणमा समावेश गर्दछ र प्रत्येक प्रयोगकर्ताहरूका माझ प्रस्तुत गर्ने गर्दछ।संसारको बारेमा सबै जानकारी खोज इन्जिन मार्फत प्राप्त गरिन्छ।[२६] इन्टरनेट खोज संयन्त्रको तीन भागहरू हुन्छन्। कुनै पनि संयन्त्रले भ्रमण गर्ने वेबसाइटहरूबाट आँकडा सङ्कलन गर्दछ र यसको सङ्ग्रह उपकरणले वेबसाइटहरूमा आफ्नो भ्रमणको समयमा सङ्कलन गरेको सर्तहरू समावेश गर्ने सूचकाङ्क यतावत र कार्यशील राखेको हुन्छ।[२७] इन्टरनेट खोज संयन्त्रहरूले धेरै वेबसाइटहरूको बारेमा जानकारी सङ्कलन गरेर काम गर्दछ जसलाई सेवाले विश्वव्यापी वेबमा फेला पार्दछ। यी पृष्ठहरूलाई एक स्वचालित उपकरणद्वारा सङ्कलन गरिएको हुन्छ र आवश्यक परेको खण्डमा प्रदर्शन गर्दछ। प्रत्येक पृष्ठको सामग्रीहरूलाई अनुक्रमणिका विधि पहिचान गर्न विश्लेषण गरिन्छ।[२८][२९] वेब पृष्ठहरूका बारेमा तथ्याङ्कहरू आँकडा अनुक्रमणिकामा भण्डारण गरिन्छ।प्रयोगकर्ताले सेवाको उपयोग गरी खोज गर्दा (सामान्यतया कुञ्जी शब्दहरूको प्रयोग गरेर), खोजी संयन्त्रले यसको अनुक्रमणिकामा छानबिन गर्दछ र मापदण्डको साथ उत्तम नजिताहरू साथ वेब पृष्ठहरूको सूची प्रदान गर्दछ जसमा सामान्यतया सामग्री, तस्वीर, नक्सा, प्रश्नोत्तर, कागजात, श्रव्य दृश्य आदि समावेश हुन्छ। [३०] खोज संयन्त्र उपयोगिता परिणामको प्रासङ्गिकतामा निर्भर गर्दछ। संयन्त्रहरूले उपयुक्त तथा उत्तम परिणाम देखाउने गर्दछन् र कुनै कुनै खोज संयन्त्रहरूले अश्लील सामग्रीहरूलाई समर्थन गर्दैनन्।[३१] सामान्य इन्टरनेट खोज संयन्त्रहरूले मानव ज्ञान र गतिविधिमा जोड दिने गरेका छन्।

बजार साझेदारी

सेप्टेम्बर २०१९ मा, गुगल विश्वको सर्वाधिक लोकप्रिय खोज संयन्त्र थियो जसले कुल रूपमा ९२.९६% बजार साझेदारी गरेको थियो।[३२]

पूर्वी एसिया र रूस

रूसमा यान्दिक्सको लोकप्रिय बढ्दो रूपमा रहेको छ। यसले हाल कुल बजार साझेदारीको ६१.९% नियन्त्रण गरेको छ भने प्रतिस्पर्धी गुगलले जम्मा २८.३% नियन्त्रण गरेको छ।[३३] चीनको कुरा गर्दा, बायदु त्यहाँको सर्वाधिक लोकप्रिय खोज संयन्त्र हो जसले ७२% नियन्त्रण गरेको छ।[३४][३५] दक्षिण कोरियाको भने नाभरको प्रयोग बढ्दो छ जसले वेब खोज संयन्त्रको ७०% नियन्त्रण गर्दछ।[३६] जापान र ताइवानमा क्रमश: याहु! जापान र याहु! ताइवन लोकप्रिय छन्। चीन र रूस यस्ता देशहरू हुन् जसमा शीर्ष ३ भित्र गुगल खोज संयन्त्र रहेको छैन।[३७]

युरोप

युरोपका विभिन्न देशहरूमा गुगलको लोकप्रिय रहेता पनि चेक गणतन्त्रमा सेज्नाम यसको कडा प्रतिस्पर्धी हो। [३८]

एसिया बाहिर बजार साझेदारी

सन् २०१९ को तथ्याङ्क[३९].
खोज संयन्त्रहरू  फ्रान्स  जर्मनी  क्यानडा  अमेरिका  मेक्सिको  ब्राजिल  मोरक्को
गुगल९४.२१ %९४.५४ %९२.३८ %८४.८ %९४.९ %९७.३५ %९७.३१ %
बिङ२.९५ %२.८९ %४.३१ %५.५९ %३.३६ %१.३२ %१.७९ %
याहु!१.५३ %०.८४ %२.३३ %८.३५ %१.५१ %१.१८ %०.७१ %
क्वान्ट०.७ %
डकडकगो०.२५ %०.६७ %०.७३ %१.०१ %०.०९ %०.०१ %०.०८ %
एमएसएन०.१ %०.०८ %०.१ %०.०२ %
यान्दिक्स०.०३ %

गोपनियता संरक्षण गर्ने सेवाहरू

हालको अवस्थामा प्रयोगकर्ताको गोपनियतालाई मध्यनजर गर्ने र यसलाई सुरक्षा गर्ने खोज संयन्त्रको रूपमा डकडकगो[४०], मोजिक[४१]स्टार्टपेजलाई[४२][४३][४४] लिन सकिन्छ।

यो पनि हेर्नुहोस्

  • वेब खोज संयन्त्रहरूको तुलना

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

वेब खोज संयन्त्र कर्लीमा

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड