चिलिमे (चरा)

चिलिमे कालिज परिवारको एक प्रजाति हो। यो एक अपेक्षाकृत सानो, छोटो पुच्छर भएको चरा हो जुन व्यापक रूपमा पूर्वी हिमालयका भारत, नेपाल, भुटान, चीन र उत्तरी म्यानमारमा पाइन्छ। यसको जनसङ्ख्याको प्रवृत्ति बिस्तारै घट्दै गएको देखिन्छ, त्यसैले सन् २००९ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा यस प्रजातिलाई कम चासोको रूपमा मूल्याङ्कन गरिएको छ।[१]

चिलिमे चरा
Ithaginis cruentus
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Galliformes
कुल:
Phasianidae
उपकुल:
Phasianinae
वंश:
Ithaginis

Wagler, 1832
प्रजाति:
I. cruentus
वैज्ञानिक नाम
Ithaginis cruentus
(Hardwicke, 1821)
पर्याय

Ithaginis cruentatus

चिलिमे भारतीय राज्य सिक्किमको राष्ट्रिय प्रतीक हो।[२]

विवरण

पोथी चिलिमे चरा सिक्किम, भारतमा

चिलिमेको आकार सानो हुन्छ। यसको लम्बाई लगभग १७ इन्च (४३ सेन्टिमिटर) हुन्छ। यो छोटो, बलियो कालो ठुँड, आँखाको बीचमा प्वाँख, र विभिन्न रङको प्वाँखको सानो शिखा हुन्छ। सेतो धर्साको साथ माथिको प्वाँखको रङ गाढा खरानी हुन्छ। पखेटाका आवरणहरू हरियो रङ सहित विभिन्न रङ्गका हुन्छन्। भाले र पोथी दुवैको खुट्टा रातो हुन्छ र आँखाको वरिपरि नाङ्गो छालाको छुट्टै रिङ हुन्छ जुन सामान्यतया रातो रङको हुन्छ, तर केही उपप्रजातिहरूमा सुन्त रङको हुन्छ। पोथीहरू अधिक समान रूपमा रङ्गीन हुन्छन्।[३]

वितरण र वासस्थान

नेपाल, सिक्किम, उत्तरी म्यानमार, तिब्बत र मध्य र दक्षिण-मध्य चीनका पहाडहरूमा यसको उल्लेख्य बसोबास रहेको पाइन्छ जहाँ यस प्रजाति कोणधारी वा मिश्रित जङ्गल र हिमरेखा नजिकका क्षेत्रहरू रूचाउँछन्। तिनीहरू मौसमको आधारमा आफ्नो दायरा सार्छन्, र गर्मीको समयमा उच्च उचाइमा पाइन्छन्। शरद ऋतु र जाडो याममा हिउँ पर्ने क्रम बढेसँगै यिनीहरू तल्लो उचाईमा सर्छन्।[४]

संरक्षण

यस प्रजातिलाई हाल सङ्घले रातो सूचीमा कम चासोको रूपमा वर्गीकृत गरिएको छ।[१][५] यद्यपि, आधाभन्दा बढी जनसङ्ख्या बासस्थानको क्षति र विखण्डन, अवैध शिकार र मानव अशान्तिको कारण खतरामा रहेको मानिन्छ।[६] दक्षिण पश्चिम चीनमा यसको अधिकांश वितरण दायरा पान्डाको वासस्थानसँग जोडिएको छ। यसले भुइँमा गुँड बनाउने र अपेक्षाकृत लामो प्रजनन अवधिले गर्दा यसलाई विशेष गरी जनावरहरूद्वारा कुल्चने र वासस्थानको ह्रासको लागि असुरक्षित बनाउँदछ।[७]


तस्विर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू