मन्ना डे

प्रवोधचन्द्र डे (सन् १९१९ मे १ − सन् २०१३ अक्टोबर २४) आफ्नो रङ्गमञ्च नाम मन्ना डेको रूपमा लोकप्रिय, एक भारतीय पार्श्व गायक, सङ्गीत निर्देशक, सङ्गीतकार र भारतीय शास्त्रीय गायक थिए। उनले सन् १९४३ देखि सन् २०१३ सम्म विभिन्न भाषाका चलचित्रका लागि पार्श्वगायन गरेका थिए।उनले दर्जनभन्दा बढी भारतीय भाषामा गीतहरू गाएका छन्। नेपाली भाषामा 'जीन्दगीलाई जीतले होइन, हारले स्वागत गरी हिँड्दछे ऊ फूल होइन मोतीका आँसु झारी' लगायतका गीत उनले गाएका छन्। शास्त्रीय गायकको रूपमा ख्याति कमाएका मन्ना डे भिन्डीबजार घरानाबाट थिए। उनी उस्ताद अमान खानद्वारा प्रशिक्षित भएका थिए। उनी भारतीय चलचित्र उद्योगको सबैभन्दा शालीन र ख्याति कमाएका गायकहरू मध्येका एक हुन्।[२][३][४]

मन्ना डे
रवीन्द्र भारती विश्वविद्यालयबाट (मे २००४ मा) महाविद्यावारिधि उपाधि लिए पश्चात् मन्ना डे
व्यक्तिगत विवरण
वास्तविक नामप्रबोध चन्द्र डे
जन्म(१९१९-०५-०१)१ मे १९१९[१]
कलकत्ता, भारत
मृत्यु२४ अक्टोबर २०१३(2013-10-24) (उमेर ९४)
बेङ्गलोर, भारत
विधापार्श्व गायक
पेशागायक
सक्रिय वर्षसन् १९४२–सन् २०१३
वेबसाइटwww.mannadey.in

जीवनी

मन्ना डेको जन्म मई १९१९ मा उत्तरी कोलकताको बङ्गाली परिवारमा भएको थियो। उनको वास्तविक नाम प्रबोध चन्द्र डे हो। उनको मामा संगीताचार्य कृष्ण चन्द्र डेले मन्ना डेलाई संगीतमा आर्कषित गरेका थिए। सन् १९४३ मा मामा कृष्णचन्द्र डेको संगीत रहेको चलचित्र 'तमन्ना'बाट सांगीतिक करिअर थालेका उनले सुरैयाका साथ गाएको गीत हिट भएको थियो।

गायन

मन्ना डेले १९५० मा फिल्म 'मशाल' फिल्ममा एकल स्वर दिएका थिए। गीतको बोल थियो 'उपर गगन विशाल'। जिन्दगी कैसीहै पहेली, एक चतुर नार करके श्रृंगार, लागा चुनरी में दाग, तुझे सुरज कहुँ या चान्दलगायतका गीतहरू उनका सबैभन्दा रुचाइएका गीत हुन्। १९५३ मा उनको सुलोचना कुमारनसँग विवाह भएको थियो। उनका दुई छोरी सुरोमा र सुमिता छन्। डेको अक्टोवर २३,२०१३ बुधबार राति बेंगलूरमा निधन भएको थियो।[५][६] उनी ९४ वर्षका थिए। छातीको संक्रमणका कारण गत जुन महिनामा लामो समय अस्पता भर्ना गरिएका थियो।

हिन्दीसँगै विभिन्न भाषामा करीव चार हजार गीत गाएका उनी चलचित्रको पार्श्वगायनमा शास्त्रीयतर्फका हस्ती मानिन्थे। उनले बलिवुड अभिनेता बलराज साहनी, राजकपुर, प्राण, राजेश खन्ना, अमिताभ बच्चनसमेत धेरै कलाकारका लागि गीत गाएका छन्।पचास र साठीको दशकमा हिन्दी चलचित्रका कुनै गीत रागमा आधारीत भए त्यसलाई गाउन दिन संगीतकारको पहिलो रोजाइमा मन्ना डे पर्थे। संगीतको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै डेलाई भारतमा पद्यमश्री (१९७१), पद्म विभूषण (२००५), दादा साहेब फाल्केलगायतका अवार्डहरू प्रदान गरिएको छ।

उनका धेरै गीतहरूमध्ये यी गीतहरू अत्यधिक मन पराइएकामा पर्छन्। 'जिन्दगी कैसी है पहेली... (चलचित्र : आनन्द), एक चतुर नार करके श्रृंगार.. (पडोसन), लागा चुनरी मे दाग... (दिल ही तो है), कसमे वादे प्यार वफा ..(उपकार), यारी है इमान मेरा यार मेरी जिन्दगी..(जंजीर), तुझ बिन जीवन कैसा जीवन (बावर्ची), ये रात भीगी भीगी ...(चोरी चोरी), प्यार हुआ इकरार हुआ है..(श्री ४२०)' र 'ए मेरी जोहरा जबीं..(वक्त) सन् १९१९ मा कोलकाताको बङ्गाली परिवारमा जन्मेका प्रबोधचन्द्र डे नै पछि मन्ना डे भएका हुन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू