मुसा मानुष

मुसा मानुष जोन स्टेनबेक द्वारा लेखिएको एक लघुउपन्यास हो। [१][२] १९३७ मा प्रकाशित, यसले जर्ज मिल्टन र लेनी स्मल, दुई विस्थापित खेत कामदारहरूको अनुभवहरू वर्णन गर्दछ, जो संयुक्त राज्य अमेरिकाको महामन्दीको समयमा नयाँ रोजगारीका अवसरहरूको खोजीमा क्यालिफोर्नियामा एक ठाउँबाट अर्को ठाउँमा सरिरहेका हुन्छन्।

मुसा मानुष
घाँस र केही रूखहरू बीचको फोहोर बाटोमा हिंडिरहेका दुई पुरुषहरूको पुस्तक आवरण चित्रण
पहिलो संस्करण आवरण
लेखकजोन स्टेनबेक
अनुवादकगनेस पौडेल (नेपाली, २०२०)
आवरण कलाकाररस म्याक्डोनल्ड
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
प्रकाशककोविची फृएडे
प्रकाशित मिति
१९३७
पृष्ठ१०७

स्टेनबेकले १९१०औं दशकमा किशोरोवस्थामा प्रवासी खेती मजदुरहरूसँग काम गर्ने आफ्नै अनुभवहरूमा आधारित उपन्यास रचेका हुन्। लघुउपन्यासको शीर्षक प्रख्यात कवि रोबर्ट बर्न्सको कविता "टु ए माउस (To a Mouse)" बाट लिइएको हो, जसको एउटा श्लोक छ: "द बेस्ट लेड् स्किम्स् ओ' माइस् एन्' मेन्, ज्ञाङ अफ्ट् एग्ले (The best laid schemes o' mice an' men / Gang aft agley)", अर्थात्: मुसा र पुरुषहरूको उत्तम राखिएको योजनाहरू / प्रायः अव्यवस्थित हुन्छन्।

मुसा मानुष अमेरिकाका धेरै बिद्यालयहरूमा पढाइने पुस्तक भएता पनि, [३] अश्लीलताको को आरोप मा बारम्बार प्रतिबन्धित भएको छ भने कोहीले भने यसको आपत्तिजनक तथा नश्लवादी भाषा मा आपत्ति जनाएका छन्। र फलस्वरूप, यो लघुउपन्यास अमेरिकी पुस्तकालय संघको२१ औं शताब्दीको सबैभन्दा विवादित पुस्तकहरूको सूचीमा सूचिकृत छ। [४]

गनेस पौडेल ले यस लघुउपन्यासको नेपाली अनुवाद गरेका हुन्, जुन ११ अक्टोबर २०२० मा प्रकाशित भएको थियो।

सारांश

क्यालिफोर्नियामा दुई मजदुरहरू - जर्ज मिल्टन, एक बुद्धिमान तर अशिक्षित मानिस, र लेनी स्मल, एक ज्याङ्गो, बलियो तर मानसिक रूपमा असक्षम मानिस - महामन्दीको समयमा रोपाइँको कामको लागि क्यालिफोर्नियाको एक भागबाट सोलेडाड भन्ने बस्ती तिर जाँदै छन्। उनीहरूको भविष्यम एक दिन आफ्नै घर र घडेरी जोड्ने सपना छ। लेनीको एउटा सानो सपना भने खेतमा खरायो र अन्य पाल्तु जनावरहरू पाल्नु मात्र हो, किनकि उसले नरम जनावरहरूलाई छुन र उनीहरूसँग खेल्न मन पराउँछ, यद्यपि उसले अन्जान मै प्राय तिनीहरूलाई मार्छ। यो सपना लेनीको मनपर्ने कथाहरू मध्ये एक हो, जुन जर्जले निरन्तर पुन: बताउँछन्। लेनिले अघिल्लो ठाँउ मा गल्ती गरेको हुनाले उनीहरू त्यो ठाँउ छिडेर भाग्नु परेको हुन्छ।

कथामा लेनी र जर्जको सङ्घर्षको द्वारा, महामन्दी को समयमा अमेरिकाको श्रमिक वर्गको जिवनस्तर प्रस्तुत गरिएको छ।

पात्रहरू

  • जर्ज मिल्टन: एक द्रुत-बुद्धिमान मानिस जो लेनीको अभिभावक र सबैभन्दा मिल्ने साथी हो। लेनीसँगको उनको मित्रताले उनको राम्रो भविष्यको सपनालाई निरन्तरता दिन मद्दत गर्छ। उनिहरु बाल्यकालदेखि नै साथी थिए।
  • लेनी स्मल: एक विशाल, शारीरिक रूपमा बलियो मूर्ख जो जर्जसँग यात्रा गर्छ र उहाँको निरन्तर साथी हो। [५] नरम चीजहरूको लागि उसको प्रेम एक कमजोरी हो, प्राय जसो किनभने उसलाई आफ्नै शक्ति थाहा छैन, र अन्ततः उसको पूर्ववत हुन्छ।
  • क्यान्डी: एक बूढो खेतको कामदार, क्यान्डीले दुर्घटनामा आफ्नो हात गुमायो र खेतमा आफ्नो भविष्यको बारेमा चिन्तित छ।
  • स्लिम: खच्चर टोलीको मुख्य चालक। स्लिम धेरै पात्रहरू द्वारा धेरै सम्मानित छ र कर्लीले सम्मानको साथ व्यवहार गर्ने एक मात्र पात्र हो। स्लिमलाई यस कथाको " übermensch " [६] मानीएको छ।
  • कर्ली: मलिकको होचो, रिसाहा र झगडालु छोरो
  • कर्लीकी पत्नी: एक जवान, सुन्दर महिला, जसलाई उनको पतिले अविश्वास गरेको छ। अन्य पात्रहरूले उनलाई केवल "कर्लीकी पत्नी" भनेर सम्बोधन गर्छन्।[५]
  • क्रूक्स: एक श्यामवर्णी मजदुर, घोडा तबेला हेरचार गर्ने कामदार
  • क्यान्डीको कुकुर: एक अन्धा कुकुर जसलाई "बूढो", "गन्धकारी" र "अपंग" भनेर वर्णन गरिएको छ।
  • कार्लसन: एक "खाइलाग्दो" खेतालो, उसले थोरै सहानुभूतिको साथ क्यान्डीको कुकुरलाई मार्छ।
  • मालिक: कर्लीको बुबा, खेतको सुपरिटेन्डेन्ट। क्यान्डीका अनुसार खेत "ठूलो जग्गा कम्पनी" को स्वामित्वमा छ।
  • हुइट: एक जवान खेतालो।

सन्दर्भहरू