विकिपिडिया:प्रमुख लेख/पुस, २०७९

प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३१,५४७ लेखहरू छन् जस मध्येबाट १६७ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ पुस पहिलो

तेन्जिङ नोर्गे शेर्पा (शेर्पा: བསྟན་འཛིན་ནོར་རྒྱས); सम्भवतः १९७१ जेठ १६ - २०४३ वैशाख २६), जन्मनाम नाम्ग्याल वाङदी, र तेन्जिङ शेर्पाको नामबाट पनि परिचित, एक नेपाली-भारतीय शेर्पा पर्वतारोही थिए। उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो दुई व्यक्तिहरूमध्ये एक थिए, जुन उनले २०१० जेठ १६ मा एडमन्ड हिलारीसँग पूरा गरेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो।(पूरा  पढ्नुहोस्...)

२०७९ पुस दोस्रो

नेत्रविक्रम चन्द ‘विप्लव’ एक नेपाली माओवादी राजनीतिज्ञ र विद्रोही नेता हुन्। उनी माओवादी नेता रामबहादुर थापा (बादल) र प्रचण्डका साथ माओवादी जनयुद्धमा मुख्य सेनापतिको रूपमा रहेका थिए। नेकपा माओवादीबाट अलग भएसँगै उनी २०७१ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष बनेका छन्। त्यसबेलादेखि उनी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आइरहेका थिए। उनले सुभद्रा मल्लसँग विवाह गरेका थिए। उनका दुई छोरा र एक छोरी रहेका छन्।

माओवादी जनयुद्ध सुरु हुँदा ताका उनी अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्षका साथै पार्टीको ललितपुर जिल्ला सचिवको जिम्मेवारी लिएका थिए। तात्कालिक समयका नेता तथा तात्कालिक समयमा प्रचण्डका विश्वासका पात्र यानप्रसाद गौतमसँग कार्यशैलीको विषय उठाइएर गरिएको विषयमा आएको विवादमा उनी फसेका थिए र उनलाई उक्त पदबाट हटाइँदै कर्णाली पुर्‍याइएको थियो। पछि, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनेका थिए र राजनीतिमा थप सक्रिय भएका थिए।(पूरा  पढ्नुहोस्...)

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद