नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू: १. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ
चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
चित्र खिचिएको मिति
चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
चित्रको विवरण
चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण
२०१५-०३-०१
कालापत्थर बाट हेर्दा सगरमाथा...
फोटोग्राफर/श्रोतः Pavel Novak , मितिः ६ नोभेम्बर २००५ सम्बन्धित पृष्ठः सगरमाथा
भालु(रिक्ष) अर्सिडि परिवार अन्तर्गत पर्ने स्तनधारी जनावर हो। विश्वभरी भालुका आठ प्रजातीहरू मात्रै पाइने भएपनि यिनीहरू उत्तरी गोलर्द्धका प्राय सबै भूभागमा मात्र नभई दक्षिणी गोलर्द्धका केही भूभागमा समेत पाइन्छन्। भालुहरू उत्तरी अमेरिका, दक्षिणी अमेरिका, युरोप र एसियामा प्रसस्त पाइन्छन्...
फोटोग्राफर/श्रोतः Mattisse , मितिः २१ नोभेम्बर २००९ सम्बन्धित पृष्ठः भालु
खरायो स्तनधारी चारखुट्टे जनावर हो। ढाडमा हाडहुने जनावरहरूको Leporidae परिवारको Lagomorpha वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ...
फोटोग्राफर/श्रोतः Larry D. Moore , मितिः १० जुन २००८ सम्बन्धित पृष्ठः खरायो