विभूषण
मानपदवी / पदक
नेपालको पुरानो मानपदवी, विभूषणहरू तथा पदकहरू
विभूषण पदक वीरेन्द्रमालाः विदेशी राज्यका गद्दीनसीन राजा वा गद्दीनसीन रानी
महेन्द्रमालाः विदेशी राज्यका गद्दीनसीन राजा वा गद्दीनसीन रानी
नेपाल प्रताप भास्करः राजपरिवार, विदेशी राज्यका राजा वा रानी
ओजस्वी राजन्यः राजपरिवार, विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख र वा तिनका पतिपत्नी
त्रिभुवन प्र. श्रीपदः राजपरिवार, मुलुकका निम्ति उत्कृष्ट योगदान गर्ने नेपाली
नेपाल श्रीपदः राजपरिवार, राष्ट्रको प्रतिष्ठा बढाउने नेपाली
नेपालताराः राजपरिवार, युद्ध/शान्तिकालमा मुलुकको रक्षार्थ, अन्तर्रराष्ट्रिय शान्ति स्थापनार्थ सराहनीय काम गर्ने सेना, नेपाली नागरिक तथा विदेशी सैनिक
रामपट्टः राजपरिवार, राष्ट्रसेवामा उज्जवल दृष्टान्त कायम गर्ने नेपाली नागरिक
वीरेन्द्र प्र. भास्करः राजपरिवार, राष्ट्रसेवामा विशिष्ट सेवा पुर्याउने नेपाली र हितकारी विदेशी
त्रिशक्तिपट्टः राजपरिवार, राष्ट्रसेवामा उल्लेखनीय योगदान गर्ने, नेपालको हितकारी विदेशी
गोरखा दक्षिण बाहुः राजपरिवार, राष्ट्रियजीवनको कुनै पक्षमा प्रशंसनीय काम गर्ने, हितकारी विदेशी।
पदक पाउने सेना, प्रहरीहरूले पुरस्कारसँगै पदक अनुसार आफ्नो 'करिअर'को बढोत्तरीका लागि कार्यकुशलता अङ्क समेत पाउँछन् भने निजामती कर्मचारीहरूले अवकाशपछि एकमुष्ट उपदान पाउँछन्।