शेखर कोइराला

नेपालका राजनीतिज्ञ

शेखर कोइराला नेपाली काँग्रेस पार्टीका राजनीतिज्ञ तथा व्यवस्थापिका संसद सदस्य हुन् । उनी संविधानसभा निर्वाचन २०७० मोरङ जिल्लाबाट निर्वाचित भएका थिए ।[१] शेखर कोइराला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् ।[२]

डा.
शेखर कोइराला
मोरङ जिल्लाबाट व्यवस्थापिका संसद सदस्य
पद बहाली
२०१३
व्यक्तिगत विवरण
जन्म (1950-08-25) २५ अगस्ट १९५० (उमेर ७३)
बिराटनगर, मोरङ
राजनीतिक दलनेपाली काँग्रेस
जीवन साथीपुनम कोइराला
अभिभावकs
  • केशब प्रसाद कोइराला (पिता)
  • नोना कोइराला (आमा)
मातृ शिक्षाप्रतिष्ठानमहेन्द्र मोरङ क्याम्पस
वेबसाइटshekharkoirala.com

जन्म तथा परिवार

शेखर कोइरालाको जन्म विसं २००७ भाद्र ०९ गते केशब प्रसाद कोइराला र नोना कोइरालाको कोखबाट कोइराला परिवारका सदस्यको रूपमा भएको थियो ।[१]

मेडिकल पेशा

शेखर कोइराला पेसाले डाक्टर हुन् । उनले बीर अस्पताल, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अञ्चल अस्पतालमा सेवा प्रदान गरे ।[१]

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका[३] उम्मेदवार शेखर कोइराला मोरङ_जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ बाट ३५,२२४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार लालबाबु पण्डितले[४] २२,९४६मत प्राप्त गरेका थिए।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू