हटबोट

हटबोट एक निजी स्वामित्वको वेब खोज इञ्जिन तथा एक गोपनीयता ब्लग सेवा हो। 

हटबोट
साइटको प्रकार
वेब खोजी इञ्जिन, ब्लग
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकहटबोट क्यानडा निगम
युआरएलwww.hotbot.com
अलेक्सा क्रमNegative increase ३,२६,२६७ (१४ मे २०१९ सम्मको)[१]

इतिहास

हटबोटलाई मे १९९६ मा हटवायर्डले खोज नतिजा प्रदान गर्नका लागि इङ्कटोमी डाटाबेसको उपकरणद्वारा सुरू गरेको थियो।[२] खोज इञ्जिनलाई इङ्कटोमी र क्यालिफोर्निया विश्वविद्यालयका विद्यार्थीहरूद्वारा चार महिनाको मेहनत पछि संयुक्त रूपमा विकसित गरेका थिए। हटबोटले बजारीकरणको एक "नयाँ सूत्र" रणनीति अपनाएको थियो जसले सम्पूर्ण वेब साप्ताहिक अनुक्रमणिकाको लागि दाबी गरेको थियो। यसले प्रायः अल्टाभिष्टा जस्ता प्रतिस्पर्धीहरूले भन्दा बढीले सो कार्य गरेको थियो।[३] यसको वेबसाइटमा सङ्ग्रहित ५४ मिलियन कागजातहरूको साथ यसले "अनलाइनको सबैभन्दा पूर्ण वेब अनुक्रमणिका" भएको दावी गरेको छ।[४] यसको रङ्गीत दृश्य तथा प्रभावशाली सुविधाहरूले गर्दा (उदाहरणका लागि कुनै प्रविष्ट शब्द, वा सम्पूर्ण वाक्यांशसँग खोजी गर्न सक्षम हुनु) यसले प्रयोगकर्ताहरूबाट प्रशंशा प्राप्त गरेको थियो भने यो अझ बढी लोकप्रिय बन्दै गएको थियो।[५]

यसको लागि नतीजा मूलत: लुकस्मार्ट र त्यसपछि सन् १९९९ को बीच देखि डिएमओजेटद्वारा प्रदान गरिएको थियो।[६] हटबोटले फेब्रुअरी १९९९ को अवधिमा प्रत्यक्ष प्रविधिहरूबाट खोज नतिजाको पनि प्रयोग गरेको थियो।[७] इङ्कटोमीको स्मार्टक्रोल प्रविधिले १ करोड वेब पृष्ठहरूलाई साप्ताहिक रूपमा खोजिएका शब्दहरूलाई भण्डारण गर्न अनुमति दिन्छ। उक्त प्रविधिलाई  मार्च १९९७ मा हटबोटमा समावेश गरिएको थियो।[८] हटबोट सन् १९९८ मा वेब ट्राफिकको आधारमा १९अौँ  सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो। [९]

लाइकोसले अक्टोबर १९९८ मा वायर्ड पत्रिकाको अधिग्रहणको एक भागको रूपमा हटबोटलाई अधिग्रहण गरेको थियो र यो लाइकोसको पहिला देखिनै अवस्थित खोज इञ्जिनको सहकार्यमा छुट्टै सञ्चालन गरिएको थियो। यस पछि , हटबोट सीमित विकास र गिर्दो बजार सेयरको साथ कमजोर बनेको थियो।[१०][११] हटबोट नियोप्लानेट ब्राउजर पनि जारी गरिएको थियो जसले हटबोट, वायर्ड र लाइकोसका सूत्रहरूलाई एकीकृत गरेको थियो। 

सन् २००२ को अन्त्यमा, हटबोटलाई बहु विकल्प खोजी उपकरणको रूपमा पुन: सुरुवात गरिएको थियो, जसले प्रयोगकर्ताहरूलाई फाष्ट, गुगल , इङ्कटोमी वा टियोमा डाटाबेसहरूमा खोजी गर्ने विकल्प प्रदान गरेको थियो।[१२]

मार्च २००४ मा, लाइकोसले एक नि: शुल्क उपकरण खोज उत्पादन, लाइकोस हटबोट डेस्कटपलाई परीक्षण संस्करणमा सार्वजनिक गरेको थियो जुन कम्पनीले बताए अनुरूपको "ब्राउजर भित्र वेब खोजीको साथ परम्परागत डेस्कटप खोजीलाई एकीकृत गर्ने पहिलो उत्पादन हो।[१३] हटबोट डेस्कटपले इङ्कटोमी, माइक्रोसफ्ट आउटलुक वा आउटलुक एक्सप्रेसको लागि इ-डाँक फोल्डर, र हार्ड ड्राइभमा भण्डार गरिएको प्रयोगकर्ताहरूको कागजातहरूको प्रयोग गरी इण्टरनेटमा खोजी गर्न सक्दछ। 

सन् २०११ देखि २०१६ सम्मको हटबोटको लोगो

जुलाई २०११ मा हटबोटलाई यन्त्रमानवको जस्तो नयाँ लोगो, र आधुनिक साइट बनावटका साथ पुन: सुरुवात गरिएको थियो।[१४]

परीक्षण संस्करणमा, हटबोट पोर्टलमा परिणत भयो र यसले वेब खोजी परिणामहरू मात्र प्रदर्शित नगरि समाचार, किनमेल र वेदर जम्बी जस्ता विभिन्न लाइकोसका वेबसाइटहरूबाट पनि खोज गरी नतिजाहरूको प्रदर्शन गर्दछ। पोर्टलको उक्त दृश्य करीव ६ महिनासम्म चलेको थियो, र यी सुविधाहरूको सट्टामा सन् २०१२ लाइकोसले आफ्नो वेबसाइटलाई पुन: सङ्गठित गरेको थियो जसले हटबोटलाई सरलीकृत खोज दृश्यमा फर्काएको थियो।

अक्टोबर २०१६ मा, लाइकोसले नाम नभएको खरीददारलाई हटबोट डटकम डोमेन नाम १५५,००० अमेरिकी डलरमा बेचेको थियो। पछि, हटबोट किनमेल, यात्रा र पैसा खोजी साइटमा रूपान्तरण हुँदै नयाँ लोगोको सार्वजनिक गरिएको थियो।

अप्रिल २०१८ मा, परम्परागत हटबोटको दृश्य र बनावटलाई पुनः फर्काइएको थियो र यो गोपनीयता-केन्द्रित खोज इञ्जिनमा परिणत भएको थियो।

मे २०१९ मा, हटबोटले साइटलाई एक खोज इन्जिनको सट्टा एक गोपनीयता ब्लगको रूपमा सृजना गरेको थियो। परिवर्तनलाई प्रतिबिम्बित गर्दै यसले नयाँ लोगो हटबोट ब्लगको सुरुवात गरेको थियो। सानो खोज इञ्जिन फारम पृष्ठको फेदमा फेला पार्न सकिन्छ, यद्यपि यो राम्रोसँग मर्मत गरिएको छैन।

जून २०१९ मा, हटबोटले कालो पृष्ठभूमिको साथ बिङद्वारा समर्थित, खोज इन्जिनको रूपमा साइटलाई पुनर्गठित गरिएको थियो। ब्लग खण्डमा सेतो पृष्ठभूमि भएको पुरानो विषयवस्तुहरू समावेश छन्। यो हाल हटबोट क्यानडा निगमको स्वामित्वमा रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद