कृतवर्मा
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
कृतवर्मा यदुवंशको अन्तर्गत भोजवंशीय हृदिकको पुत्र र वृष्णिवंशको आठ सेनानायकहरू मध्ये एक। महाभारत युद्धमा यसले एक अक्षौहिणी सेना द्वारा दुर्योधनको सहायता गरेको थियो। यो कौरव पक्षको अतिरथी वीर थियो (म. भा., उद्यो., १३०-१०-११)। महाभारतको युद्धमा यसले आफ्नो पराक्रमको अनेक पल्ट प्रदर्शन गर्यो; अनेक पल्ट पाण्डव सेनाको युद्धविमुख गर्यो तथा भीमसेन, युधिष्ठिर, धृष्टद्युम्न, उत्तमौजा आदि वीरहरूलाई पराजित गर्यो। द्वैपायन सरोवरमा गएर यसैले दुर्योधनलाई युद्धको लागि उत्साहित गरेको थियो। निशाकालको सौप्तिक युद्धमा यसले अश्वत्थामा लाई साथ दिएको थियो तथा शिविरबाट भागेका योद्धाहरूको वध गर्यो (सौप्तिक पर्व ५-१०६-१०७), र पाण्डवहरूको शिविरमा आगो लगायो। मौसल युद्धमा सात्यकिले यसको वध गर्यो। महाभारतको अनुसार मृत्यु पश्चात् स्वर्ग गए पछि यसको प्रवेश मरुद्गणहरूमा भयो।
ढाँचा:कुरुक्षेत्र युद्धको योद्धा
महाभारतको पर्वहरू | आदिपर्व · सभापर्व · अरण्यक पर्व · विराटपर्व · उद्योगपर्व · भीष्मपर्व · द्रोणपर्व · कर्णपर्व · शल्यपर्व · सौप्तिकपर्व · स्त्रीपर्व · शान्तिपर्व · अनुशासनपर्व · अश्वमेधिकापर्व · आश्रम्वासिकापर्व · मौसुलपर्व · महाप्रस्थानिकपर्व · स्वर्गारोहणपर्व · हरिवंश पर्व | |||||||
---|---|---|---|---|---|---|---|---|
कुरु वंश का व्यक्तिहरू | ||||||||
कुरुक्षेत्र युद्ध |
| |||||||
अन्य पात्र | ||||||||
अन्य | राजवंश · कुरुक्षेत्र युद्ध · श्रीमद्भगवद्गीता | |||||||
स्थान |
"https://www.search.com.vn/wiki/?lang=ne&title=कृतवर्मा&oldid=1203548" बाट अनुप्रेषित