आओमोरी

आओमोरी प्रिफेक्चर (青森県, Aomori-ken) जापानको एक प्रदेश हो। यस प्रदेशको राजधानीको नाम पनि आओमोरि शहर हो। यो प्रदेश जापानको मुख्य टापु (होन्शु) को उत्तर मा पर्दछ। पूर्वमा प्रशान्त महासागर, दक्षिणपूर्वमा इवाते प्रदेश, दक्षिणपश्चिममा अकिता प्रदेश, पश्चिममा जापानको सागर रहेको छ। ९,६४५.६४ बर्ग किमी क्षेत्रफल भएको आओमोरी प्रीफेक्चर जापानको ८ औँ ठूलो प्रदेश हो। यहाँ ११.८ लाख मानिस बसोबास गर्छन । लगभग ४५% बासिन्दाहरू दुई मुख्य शहरहरू, ओमोरी र हाचिनोहेमा बस्छन्।प्रदेशको अधिकांश भागमा जङ्गल र पहाडी भूभाग रहेको छ।[१]

यस क्षेत्रमा मानिसहरूले करिब १५,००० वर्षदेखि बसोबास गरेको प्रमाण भेटिन्छ। यो कुरा त्यहाँ भेटिएको माटोका भाँडाहरू बाट प्रमाणीत हुन्छI ७००० ईसा पूर्व सम्ममा यहाँ माछा मार्ने संस्कृति विकसित भएको थियो। लगभग ३९०० ईसा पूर्वमा हालको आओमोरि सहरमा बसोबास सुरु भएको थियो। तर केहि अज्ञात कारणहरूका कारण २३०० ईसापूर्वमा यहाँको सभ्यता लगभग समाप्त भएको थियो। [२]

सन्दर्भ सामाग्री‍‍‌‌

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड