सेतो गरुड

सेतो गरुड गरुड प्रजातिको एक प्रकारको चरा हो। यो चरा युरोप, उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी अफ्रिकामा पाइन्छ। सेतो गरुड हिउँदमा लामोदुरी पार गर्दै मध्य अफ्रिका तथा नेपाल लगायतका भारतीय उपमहाद्वीपका देशहरूसम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट स्टोर्क (White stork) भनिन्छ।

सेतो गरुड
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
सङ्घ:रज्जुकी
वर्ग:चरा
गण:Stork
परिवार:गरुड
वंश:Ciconia
(Linnaeus, 1758)
प्रजाति:
C. ciconia
वैज्ञानिक नाम
Ciconia ciconia
(Linnaeus, 1758)
Approximate ranges and routes

       Breeding range
       Winter range

  Migration routes
पर्याय

Ardea ciconia Linnaeus, 1758

विबरण

सेतो गरुडको लम्बाई १००–११५ सेमी (३९–४५ इन्च),[२] र उभिँदा उचाई १००–१२५ सेमी (३९–४९ इन्च) हुन्छ। यसको पँखेटा फिजाउँदाको लम्बाई १५५–२१५ सेमी (६१–८५ इन्च) तथा तौल २.३–४.५ किग्रा (५.१–९.९ पाउन्ड) हुन्छ।[३][४] यसको शरीरको अधिकांस भाग सेतो तथा पँखेटा र पछाडीको भाग कालो हुन्छ। सेतो गरुडको खुट्टा र ठुँडो लामो तथा तिखो चुच्चो हुन्छ।

वितरण तथा वासस्थान

सेतो गरुड युरोप (पश्चिममा पोर्चुगल, उत्तरमा फिनल्यान्ड सम्म) उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी तथा दक्षिणी अफ्रिकामा पाइन्छ। यो चरा हिउँद मौसममा बसाई सरेर उप-सहारा अफ्रिका देखी दक्षिण अफ्रिका तथा भारतीय उपमहाद्वीपका देशहरू नेपाल, भारत, भुटानको केही स्थानहरू सम्म पुग्ने गर्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड