आरिफिन शुभो

आरिफिन शुभो (बङ्गाली: আরিফিন শুভ) एक बङ्गलादेशी चलचित्र तथा टेलिभिजन अभिनेता हुन्। आरिफिनले सन् २००८ मा एक दूरदर्शन धारावाहिक नाटक हा/नाबाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए भने उनले पहिलोपटक सन् २०१० मा जागो चलचित्रमा अभिनय गरेका थिए। हाल सम्म उनले विभिन्न विधामा राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् जस अन्तर्गत उनले दुई पटक मेरिल प्रथम आलो पुरस्कार जितेका थिए। आरिफिनले सन् २०१३ मा पहिलो मुख्य प्रवाह चलचित्र पूर्णदैर्ध्या प्रेम काहिनी चलचित्रमा पर्दापण गरेका थिए।[१] उक्त चलचित्रको खलनायकको भूमिका निभाएका कारण उनी मेरिल प्रथम आलो पुरस्कारको उत्कृष्ट अभिनेता विधामा मनोनीत भएका थिए। सन् २०१३ मा उनले मुख्य अभिनेताको रूपमा भालोबासा जिन्दावाद चलचित्रमा अभिनय गरेका थिए भने सन् २०१४ मा उनले अग्नी नामक एक चलचित्रमा पनि प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए। सन् २०१५ मा आरिफिनले छुँये दिले मन नामक एक चलचित्र गरेका थिए भने उक्त चलचित्रको आफ्नो उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई उत्कृष्ट अभिनेता विधामा मेरिल प्रथम आलो पुरस्कार हस्तान्तरण गरिएको थियो।[२][३] सन् २०१६ मा आरिफिनले आशिकुर रहमान द्वारा निर्देशित चलचित्र मुसाफिरमा पनि काम गरेका थिए।

आरिफिन शुभो
আরিফিন শুভ
जन्ममयमनसिङ्ह, बङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
पेशाअभिनेता, प्रस्तोता
कार्यकालसन् २००७– हाल
उल्लेखनीय कार्य
छुँये दिले मोन
ढाका अट्याक
वार्निङ
पुरस्कारउत्कृष्ट अभिनेता विधामा मेरिल प्रथोल आलो पुरस्कार

कार्यकाल

सन् २००७-०९

टेलिभिजन धारावाहीकमा काम गर्ने अघि आरिफिन केही विज्ञापनमा देखा परेका थिए। सन् २००७ मा मोस्ताफा सरवार फारुकीको एक धाराबाहीक नाटक हा/ना मा पर्दापण गर्दै आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए जहाँ उनले दुई भूमिका निभाएका थिए।[४] सन् २००८ को एक टेलिभिजन शृङ्खला इज इकुयल टु धारावाहिकमा पनि आरिफिनले दुई भूमिका निर्वाह गरेका थिए। उक्त धाराबाहिकमा अभिनय गरेपछि उनले पछि मोशराफ कारिमसँग सिरियस एकता कथा आछेमा पनि अभिनय गरेका थिए जहाँ उनले विश्लेषकहरू द्वारा सकरात्कम प्रतिक्रिया प्राप्त गरेका थिए।[५] सन् २००९ मा उनले जागो नामक एक चलचित्र मार्फत आफ्नो चलचित्र यात्राको सुरुवात गरेका थिए।

सन् २००९-हाल: चलचित्र पर्दापण तथा थप सफतला

आरिफिनले सन् २०१० मा फिजीर अहमद र अफसाना आरा बिन्दुसँग सहकार्य गर्दै खिजिर हावत खानद्वारा निर्देशित खेलकुदसँग सम्बन्धि जाग‍ नाकम चलचित्रबाट आफ्नो चलचित्र यात्रालाई अगाडि बढाएका थिए।[६] उनले पछि सन् २०१३ मा पहिलो मुख्य प्रवाह चलचित्र पूर्णदैर्ध्या प्रेम काहिनी नामक एक चलचित्रमा पर्दापण गरेका थिए।[७] उक्त चलचित्रको खलनायकको भूमिका निभाएका कारण उनी मेरिल प्रथम आलो पुरस्कारको उत्कृष्ट अभिनेता विधामा मनोनीत भएका थिए भने यो चलचित्रले व्यवसायिक रूपमा ठूलो सफलता हात पारेको थियो।[८] सन् २०१३ मा उनले मुख्य अभिनेताको रूपमा भालोबासा जिन्दावाद चलचित्रमा अभिनय गरेका थिए भने सन् २०१४ मा उनले अग्नी नामक एक चलचित्रमा पनि प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए।[९]

सन् २०१४ मा आरिफिन माहिया माहीसँग इफटकार चौधरीद्वारा निर्देशित चलचित्र अग्नीमा देखा परेका थिए भने सोही वर्ष उनी एमएम कमल राजको चलचित्र तारकाँटामा पनि मुख्य अभिनेताको भूमिका निर्वाह गरेका थिए।[१०] जसले विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गर्‍यो भने यसलाई श्रोताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भयो। यो चलचित्र एक व्यावसायिक रूपमा असफल चलचित्र मानिएको थियो। उनले पछि सन् २०१४ क‍ अन्त्य तिर आशिकुर रहमानको किस्तिमात चलचित्रमा अभिनय गरेका थिए जहाँ उनले एक प्रहरीको भूमिका निर्वाह गरेका थिए जुन चलचित्र सन् २०१४ को सबैभन्दा सफल चलचित्र बन्न सफल भएको थियो।

सन् २०१५ मा उनले शिहाब शाहीन द्वारा निर्देशित चलचित्र छुँये दिले मोन नामक एक चलचित्रमा जाकिया बारी ममसँग अभिनय गरेका थिए भने यस चलचित्रलाई विश्लेषक तथा श्रोताले अधिक मन पराएका थिए जसकारण उनले उत्कृष्ट अभिनेताको विधामा मेरिल प्रथम आलो पुरस्कार समेत प्राप्त गरेका थिए।[११] उनले सोही वर्ष उद्दिनको वार्निङ चलचित्रमा माहिया माहीको साथ अधिनय गरेका थिए जुन चलचित्रले मध्यम व्यापार गरेको थियो। सन् २०१६ मा शुभोले आशिकुर रहमानको मुसाफिर नामक एक चलचित्रमा अभिनय गरेका थिए भने त्यस पछि उनले अस्तित्व चलचित्रमा पनि अभिनय गरेका थिए जुन सन् २०१५ मे महिनामा सार्वजनिक गरिएको थियो।

सन् २०१७ को सुरुवातमा आरिफिनले जज मल्टिमिडिया द्वारा निर्माण गरिएको चलचित्र प्रेमी ओ प्रेमी र धत तेरी की चलचित्रमा अभिनय गरेका थिए। आरिफिनले सन् २०१७ मा ढाका अट्याक नामक चलचित्रमा अभिनय गरेका थिए जहाँ उनी प्रमुख अभिनेताको रूपमा देखा परेका थिए जसलाई दिपाङ्कर दिपनले निर्देशन गरेका थिए। यो चलचित्र सन् २०१७ को सबैभन्दा अधिक कमाउने बङ्गलादेशी चलचित्र बनेको थियो र यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र हो भने यो चलचित्र विश्वव्यापी रूपमा सबैभन्दा अधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र बन्न सफल भएको थियो।

चलचित्रहरूको सूची

चावि सार्वजनिक नभएका चलचित्रहरू
वर्षचलचित्रभूमिकानिर्देशकटिप्पणीसन्दर्भ
सन् २०१०जागोराफिखिजिब हायात खान[१२]
सन् २०१३पूर्नदैर्घो प्रेम काहिनीशाकिबशफि उद्दीन शफि[१३]
भालोबासा जिन्दावादसौरभदेवाशिष विश्वास[१४]
सन् २०१४अग्निड्रागन/शिशिरइफतेखार चौधुरी[१५]
छायाछोविमुहाम्मद मोस्तफा कामाल राज[१३]
मोन बोझेनाशाहादात्त होसेन लिटोन
तारकाँटाইবরাহিমमुहाम्मद मोस्तफा कामाल राज
किस्तिमातदुर्जयआशिकुर रहमान
सन् २०१५छुँये दिले मोनआबिरशिहाब शाहीन
वार्निङजिसानशफि उद्दीन शफि
सन् २०१६मुसाफिरसानिआशिकुर रहमान[१६]
ओस्तित्तोइमतुअनन्य मामुन
आयनाबाजिसाज्जादअमिताभ रेजा चौधुरीअतिथि भूमिकामा
नियतिशुभ्रोजाकिर होसेन राजु
२०१७प्रेमी ओ प्रेमीसीमान्तोजाकिर होसेन राजु[१७]
धत्तेरिकीराजशामिम आहमेद रोनि[१८]
ढाका अट्याकआविद रहमानदीपङ्कर दीपन[१९]
२०१८भालो थेकोजोयजाकिर होसेन राजु
एकटी सिनेमार गल्पोआलमगीर
२०१९सापलुडुआरमानगोलाम सोहबार दोदुल
मृत्युपुरी राजाजायेद रिजवान
डिटेक्टिभ मोहीनतौहीद होसेन चौधुरीकण्ठ
मिशन एक्सट्रिम सानी सानोवार ओ फयसाल आहमेद

पुरस्कार तथा मनोनयनहरू

वर्षपुरस्कारविभागचलचित्रनतिजासन्दर्भ
मेरिल-प्रथम आलो पुरस्कारसन् २०१३सर्वश्रेष्ठ अभिनेता (तारका जरिप)पूर्नदैर्घो प्रेम काहिनीमनोनीत[२०]
सन् २०१४सर्वश्रेष्ठ अभिनेता (समालोचक)तारकाटाविजयी[२१]
सन् २०१५सर्वश्रेष्ठ अभिनेता (तारक जरिप)छुँये दिले मोनविजयी[२२]
सर्वश्रेष्ठ अभिनेता (समालोचक)मनोनीत
सन् २०१६सर्वश्रेष्ठ अभिनेता (तारक जरिप)मुसाफिरमनोनीत[२३]
सन् २०१७ढाका अट्याकविजयी[२४]
राष्ट्रिय चलचित्र पुरस्कारसन् २०१९सर्वश्रेष्ठ अभिनेताढाका अट्याकविजयी[२५]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू