बङ्गाली भाषा

बङ्गाली भाषा (बङ्गाली: বাংলা, बाङ्ला), बङ्गलादेशभारतको पश्चिम बङ्गाल र उत्तर-पूर्वी भारतको त्रिपुरा तथा असम राज्यहरूमा बोलिने प्रमुख भाषा हो। भाषा परिवारको दृष्टिबाट यो भारोपेली भाषा परिवारको सदस्य हो। यस परिवारका अन्य प्रमुख भाषाहरूमा हिन्दी, नेपाली, पन्जाबी, गुजराती, असमिया, ओडिया, मैथिली इत्यादी भाषाहरू पर्छन्। बङ्गाली भाषा बोल्ने मानिसहरूको सङ्ख्या लगभग २३ करोड छ जस हिसाबले यो विश्वको सातौँ सबैभन्दा बढी बोलिने भाषा हो[३][४]बङ्गलादेशभारत बाहेक यो भाषा बोल्ने मातृभाषी प्रयोगकर्ता विश्वका अन्य धेरै देशहरूमा पनि फैलेका छन्।

बङ्गाली भाषा
বাংলা ভাষা
"बाङ्ला" शब्द बङ्गाली लिपिमा
मूलभाषीबङ्गलादेश, भारत, बेलायत, संयुक्त राज्य अमेरिका, पाकिस्तान, साउदी अरब, मलेसिया, सिङ्गापुर, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, म्यानमार तथा क्यानडा
क्षेत्रबङ्गलादेश, नेपाल, पश्चिम बङ्गाल, त्रिपुरा, अण्डमान निकोबार द्वीप समूह, आसाम, झारखण्ड, ओडिशा, बिहार, नयाँ दिल्ली, मुम्बई, बेङ्गलोर, पुणे, हैदराबादचेन्नई
मातृभाषी वक्ता२३० लाख[१]
बङ्गाली लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 बङ्गलादेश,
 भारत (पश्चिम बङ्गाल, त्रिपुरा र बराक घाटी) ( कछर, करीमगन्ज),
नियामक संस्थाबाङ्ला एकाडेमी (बङ्गलादेश)
पोश्चिमबङ्गो बाङ्ला आकादेमी (पश्चिम बङ्गाल)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१bn (बीएन)
आइएसओ ६३९-२ben (बीईएन)
आइएसओ ६३९-३ben (बीईएन)
ग्लोटोलगbeng1280[२]
भारतबङ्गलादेशको बङ्गाली भाषी क्षेत्र
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

बङ्गाली भाषा विकासको इतिहास १,३०० वर्ष पुरानो रहेको छ। चार्यपद बङ्गाली भाषाको प्राथमिक प्रतीक हो। अठारौँ शताब्दीको अन्तमा बङ्गाली भाषाले ८औँ शताब्दीदेखि लेखिएको साहित्यको ठुलो भण्डारमार्फत आफ्नो वर्तमान रूप लिएको थियो। बङ्गाली भाषाको लिपिलाई बङ्गाली लिपि भनिन्छ। बङ्गलादेश र पश्चिम बङ्गालमा बोलिने बङ्गाली भाषाहरूमा खासै भिन्नता पाइँदैन। बङ्गाली भाषा र साहित्यले बङ्गालको पुनर्जागरण र पुस्तकमा बङ्गालको साँस्कृतिक विविधता र बङ्गाली राष्ट्रवादको विकासका साथै बङ्गलादेशको निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

सन् १९४७ देखि १९५२ सम्म पूर्वी बङ्गालमा आयोजित बङ्गाली भाषा आन्दोलनले यस भाषालाई बङ्गालको अस्तित्वसँग जोडेको छ। सन् १९५२ फेब्रुअरी २१ मा ढाका विश्वविद्यालयमा विद्यार्थी तथा आन्दोलनकारीहरूको विरोध गर्दै बहुसङ्ख्यकको मातृभाषा बङ्गालीको राज्य भाषाको माग गर्दै उनीहरूले आफ्नो जीवन बलिदान दिएका थिए।[५][६] सन् १९८७ को बङ्गाली भाषाको परिचय ऐनले बङ्गलादेशका सबै राज्य कृतिहरूमा बङ्गाली भाषाको प्रयोग अनिवार्य बनाएको छ। सन् १९९९ मा सन् १९५२ को भाषा सहिदहरूको सङ्घर्षलाई मान्यता दिई युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा घोषणा गरेको थियो।[७]

बङ्गाली लिपि

बङ्गाली लिपि देवनागरी लिपिभन्दा केही भिन्न भएतापनि दुईवटै लिपिमा धेरै अधिक साम्य पनि छ।

অং अंঅঁ अँঅঃ अः
ক্ষ क्षজ্ঞ ज्ञশ্র श्न

लिखित पद्धति

बङ्गाली लिपि एक प्रकारको शब्दीय वर्णमाला लिपि हो जसमा व्यञ्जनका लागि वर्ण, स्वरहरूको लागि रूप र यदि कुनै कार प्रतीक छैन भने त्यसलाई स्वरको रूपमा लिइन्छ। बङ्गाली वर्णमाला बङ्गलादेश र भारतको पूर्वी भागमा (आसाम, पश्चिम बङ्गाल, त्रिपुरा) प्रयोग गरिन्छ।[८] बङ्गाली वर्णमालाको उत्पत्ति सन् १० ईस्वीतिर (वा १०औँ देखि ११औँ शताब्दीसम्म) भएको मानिन्छ भने यो ब्राह्मी लिपिको परिमार्जित रूपबाट आएको भनी विश्वास गरिन्छ। बङ्गलादेश मुस्लिम बाहुल्य देश भए तापनि यसले पाकिस्तानमा प्रयोग हुने शाहमुखी लिपिजस्तै अरबी आधारित वर्णमालाको सट्टा बङ्गाली वर्णमाला प्रयोग गर्दछ।

नमुना पाठ

बङ्गाली भाषामा मानव अधिकारको बडापत्रको पहिलो खण्डको नमूना पाठ तल दिइएको छ:

बङ्गाली लिपिमा बङ्गाली भाषा

ধারা ১: সমস্ত মানুষ স্বাধীনভাবে সমান মর্যাদা এবং অধিকার নিয়ে জন্মগ্রহণ করে। তাঁদের বিবেক এবং বুদ্ধি আছে; সুতরাং সকলেরই একে অপরের প্রতি ভ্রাতৃত্বসুলভ মনোভাব নিয়ে আচরণ করা উচিত।

नेपाली रुपान्तरण

धारा १: समस्तो मानुस स्वाधीनताभाबे समान मर्जादा एबोङ ओधिकार निये जन्मोग्रहोन करे। ताँदेर विवेक एबोङ बुद्धि आछे; सुतराङ सकोलेरई एके उपोरेर प्रोति भ्रातृत्वसुलोभ मनोभाव निये आचोरन करा उचित।

सम्बन्धित भाषाहरू

बङ्गाली भाषासँग नेपाली भाषाको ४० प्रतिशत समानता छ। यसबाहेक असमिया भाषा र सदरी भाषा लगभग बङ्गालीसँग मिल्दोजुल्दो छ।[९]। धेरैले असमियालाई बङ्गालको बोली वा क्षेत्रीय रीतिरिवाजको रूपमा लिन्छन्। सन्थाली भाषा पनि विष्णुप्रिया मणिपुरी भाषासँग मिल्दोजुल्दो छ। असमिया पछि यो बङ्गालीको सबैभन्दा निकटको भाषा हो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड