इम्प्याक्ट रेस्लिङ

इम्प्याक्ट रेस्लिङ टेनेसीको नासभिलमा आधारित एक अमेरिकी व्यावसायिक कुस्ती प्रवर्द्धन हो।[१०] यो एन्थम स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्टको सहायक कम्पनी हो।[११]

इम्प्याक्ट रेस्लिङ लिमिटेड
व्यापार नाम
एनडब्ल्युए: टोटल ननस्टप एक्सन (सन् २००२–२००४)
टोटल ननस्टप एक्सन रेस्लिङ (सन् २००४–२०१७)
इम्प्याक्ट रेस्लिङ (मार्च २०१७–जुन २०१७, सेप्टेम्बर २०१७–हाल)
ग्लोबल फोर्स रेस्लिङ (जुन २०१७–सेप्टेम्बर २०१७)[१]
पूर्व नाम
जे स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्ट, लिमिटेड (सन् २००२)[२]
टिएनए इन्टरटेन्मेन्ट लिमिटेड (सन् २००२–२०१६)[३]
इम्प्याक्ट भेन्चर्स लिमिटेड (सन् २०१५–२०१६)[४]
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगव्यावसायिक कुस्ती
स्ट्रिमिङ मिडिया
स्थापितजुन १९, २००२; २१ वर्ष पहिले (२००२-०६-19) नासभिल,टेनेसी अमेरिकामा
स्थापनाकर्ताहरूजेफ जेरेट
जेरी जेरेट
बब राइडर
केन्द्रीय कार्यालय
नासभिल, टेनेसी
,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी[५]
मुख्य व्यक्ति
  • लियोनार्ड एस्पर (संस्थापक अध्यक्ष/कार्यकारी - एन्थम)[६]
  • एड नोरधोम (प्रमुख वित्तीय अधिकृत - एन्थम/अध्यक्ष - इम्प्याक्ट रेस्लिङ)[७]
  • स्कट डि अमोरे (उपाध्यक्ष)[८]
उत्पादनहरूटेलिभिजन, हेरे बापत भुक्तान, प्रकाशन, सङ्गीत गृह भिडियो, माग अनुरुप भिडियो, प्रवाह सञ्जाल सेवा
मूल सङ्गठनपान्डा इनर्जी इन्टरनेसनल
(सन् २००२–२०१२)
एन्थम स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्ट (सन् २०१७–हाल)[९]
विभागइम्प्याक्ट प्लस
इम्प्याक्ट रेस्लिङ होम भिडियो
वेबसाइटआधिकारिक वेबसाइट

जेफ र जेरी जारेटद्वारा सन् २००२ मा स्थापना गरिएको यस कुस्ती प्रवर्द्धक कम्पनीलाई सुरुमा टोटल ननस्टप एक्सन भनेर चिनिन्थ्यो र यो नेशनल रेस्लिङ अलायन्ससँग सम्बन्धित थियो, यद्यपि यो आधिकारिक सदस्य थिएन।[१२] सन् २००४ मा, यसलाई टोटल ननस्टप एक्सन रेस्लिङ भनेर चिनाइएको थियो, तर यसले नेसनल रेस्लिङ अलायन्स विश्व हेभीवेट र ट्याग टिम च्याम्पियनसिपलाई नेसनल रेस्लिङ अलायन्स मातहत आफ्नो सम्झौताको भागको रूपमा प्रयोग गरिरहेको थियो।[१३] सन् २००७ मा सम्झौता समाप्त भएपछि कम्पनीले आफ्नै टिएनए विश्व हेभीवेट र टिएनए ट्याग टिम च्याम्पियनसिप बनाएको थियो। यस कम्पनीलाई एन्थम स्पोर्ट्स एन्ड इन्टरटेन्मेन्टद्वारा सन् २०१७ मा खरिद गरिएको थियो र त्यस वर्षको मार्च महिनामा यसको प्रमुख, साप्ताहिक टेलिभिजन श्रृङ्खला पछि यसको वर्तमान नामअन्तर्गत पूर्ण रूपमा पुन:ब्रान्ड गरिएको थियो।

यसको स्थापनादेखि नै यो संयुक्त राज्य अमेरिकामा डब्ल्युडब्ल्युई पछिको सबैभन्दा ठूलो कुस्ती प्रवर्द्धक कम्पनी बनेको छ।[१४][१५] सन् २०१४ मा स्पाइकसँग अमेरिकी टेलिभिजन सम्झौता गुमाउनुका साथै मौद्रिक तथा कर्मचारीहरूको मुद्दाको कारणले गर्दा सन् २०१७ मा लामो समयदेखि प्रतिद्वन्द्वी रिङ अफ अनर नामक अर्को कुस्ती प्रवर्द्धक कम्पनी भन्दा पछाडि परेको जनाइएको थियो।[१६][१७][१८] सन् २०१९ देखि, स्थायी अन्तर्राष्ट्रिय टेलिभिजन वितरण र यसको मूल कम्पनीलाई एएक्सएस टिभीद्वारा खरीद गरिएको थियो[१९] जसले पछि इम्प्याक्टको सम्पूर्ण कार्यक्रमहरू प्रशारण गर्न सुरु गरेको थियो।[२०][२१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड