एम्ली ग्रिन बाल्च

अमेरिकी अर्थसास्त्री तथा सामाजिक कार्यकर्ता

एम्ली ग्रिन बाल्च (८ जनवरी, १८६७ - ९ जनवरी, १९६१) एक अमेरिकी अर्थशास्त्री, समाजशास्त्री तथा शान्ति सम्बन्धि विशेषज्ञ थिइन्। बाल्चले वेल्सली कलेजबाट गरीबी, बाल श्रम र आप्रवासन जस्ता सामाजिक मुद्धामा लामो समय देखि रुचिका साथ सम्बद्ध रहँदै गरीब आप्रवासिहरूको उत्थान र किशोर अपराधीलाई कम गर्ने कार्य पनि गरेकी थिइन्।

एम्ली ग्रिन बाल्च
जन्म(१८६७-०१-०८)जनवरी ८, १८६७
बोस्टन, अमेरिका
मृत्यु९ जनवरी १९६१(1961-01-09) (उमेर ९४)
क्याम्ब्रिज, अमेरिका
राष्ट्रियताअमिरिकी
पेशालेखक, अर्थसास्त्री, प्राध्यापक
चिनारीको कारणनोबेल शान्ति पुरस्कार

उनी सन् १९१४ मा प्रथम विश्व युद्ध को सुरुमा शान्ति आन्दोलनमा सामेल हँदै सिकागोका जेन एडम्सलाई साथ सहयोग गर्न लागी परेकी थिइन्। उनी स्विट्जल्यान्ड अवास्थित अन्तर्राष्ट्रिय महिला शान्ति तथा स्वतन्त्र सङ्घको केन्द्रिय नेता बनिन् भने त्यसका लागि उनले सन् १९४६ मा नोवेल शन्ति पुरस्कार जित्न सफल भएकी थिइन्।

बाल्यकाल तथा शिक्षाजीवन

एम्लीको जन्म संयुक्त रूपमा अमेरिकाको बोस्टनस्थित जमैकाको एक धनी परिवारमा भएको थियो। उनको बुवा एक सफल वकील र संयुक्त राज्य अमेरिकाको सिनेटर चार्ल्स सुमनेरको एक समयका सचिव थिए। उनी सन् १८८९ मा ब्रिन मोर कलेजका प्रथम स्नातकमध्ये एक थिइन्। उनले युरोप र अमेरिकामा समाजशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन्। शैक्षिक रूपमा सफल एम्ली सन् १९८६ मा वेलेस्ली कलेजमा अर्थशास्त्र तथा समाजशास्त्र सङ्कायमा भर्ना भएकी थिइन्। एम्लीले प्रथम विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा फस्नबाट रोक्न थुप्रै अभियानहरू चलाउँदै राष्ट्रसङ्घको स्थापना गर्न सहयोग गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड