कान्तिपुर टेलिभिजन

प्राबिधिक शिछा
कान्तिपुर टेलिभिजन
कान्तिपुर टेलिभिजन
स्थापना२०६० असार २९
नाराउच्च दृष्टिकोण
मुख्यालयकाठमाडौँ, नेपाल
स्वामित्वकान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
देशनेपाल
भाषानेपाली, अङ्ग्रेजी
प्रसारण क्षेत्रविश्वभर
वेबसाईटwww.kantipurtv.com
उपलब्धडिस होम (च्यानल १३१)

कान्तिपुर टेलिभिजन नेपालको निजी क्षेत्रको एक टेलिभिजन स्टेसन हो। यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया हुन्। केटीभीसँग स्थलीय र उपग्रह प्रसारणको लागि इजाजतपत्र छ।कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको तीनकुने, सुविधानगरमा अवस्थित छ।विसं २०६० असार २९ गते विधिवत् प्रसारण आरम्भ गरेको कान्तिपुर टेलिभिजन २०६८ देखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो ।[१] कान्तिपुर टीभीले हाल हाइ डेफिनेसन प्रविधि (एचडी)लाई अवलम्बन गरेको छ । २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको कान्तिपुर टिभी युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ।[२]

कम्पनीले अर्को भगिनी च्यानल फेब्रुअरी २०१५ देखि कान्तिपुर गोल्ड चलाएको थियो । तथापि, कान्तिपुर गोल्ड च्यानल २०१६ डिसेम्बरदेखि बन्द छ । कान्तिपुर टीभीले डिसेम्बर २०१७ देखि एचडी गुणस्तरमा प्रसारण गर्न सुरू गरेको हो ।

आबद्ध पत्रकारहरू

प्रस्तोताहरू

  • भूषण दाहाल
  • सुरजसिंह ठकुरी
  • सुमन खरेल

दैनिक तालिकाबद्ध कार्यक्रमहरू

कार्यक्रमविधा
तालमनोरञ्जन
कल कान्तिपुरमनोरञ्जन
गीत भिडियोहरूसंगीत
बलियो घरपुनर्निर्माण आधारित
दोहोरो समस्यामनोरञ्जन
हार्के हलदारमनोरञ्जन
डिट्ठा साहेबमनोरञ्जन
बीबीसी साझा सवालसमसामयिक मामिला
फायरसाइडसमसामयिक मामिला
सरोकारसमसामयिक मामिला, जनचासो र राजनीति
स्कोरबोर्डखेलकुद
रजतपतमनोरञ्जन
जीवन सुन्दर छमनोरञ्जन
संगीत मेलामनोरञ्जन
काउन्टडाउन कान्तिपुरमनोरञ्जन
दिशाहरुसमसामयिक मामिला
गुड मर्निङ नेपालबिहानको कार्यक्रम
अङ्ग्रेजीमा समाचारसमाचार
नेपालीमा समाचारसमाचार
समकोणसमसामयिक मामिला
परिवर्तनसमसामयिक मामिला
ह्वाट्स् द फ्लपहास्य
फ्रेम बाइ फ्रेममनोरञ्जन
काउन्ट डाउन कान्तिपुरस‌ंगीत
टिफिन बक्सस‌ंगीत
गुड मर्निङ नेपालबिहानको कार्यक्रम

‍‍लोगो‍

कान्तिपुर टीभी एचडीको लोगो (२०१७ – वर्तमान)
कान्तिपुर टीभीको पहिलो लोगो (२००३–२०१७)

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड