डल्फिन

डल्फिन समुद्री स्तनधारी जीव हो। यो जीवको ह्वेल सँग निकट सम्बन्ध छ। डल्फिनको १७ वंश र ४० प्रजातिहरू छन्। यिनीहरूका आकार १.२ मी (४ फीट) एवं ४०० कि.ग्रा (माउई डल्फिन) देखि लिएर ९.५ मी (३० फीट) १० टन (ओर्का या किलर व्हेल) सम्म हुन सक्छ। यो विश्वका सबै ठाउँमा पाइन्छ। खासगरी महाद्वीपीय तख्ताको समुन्द्री क्षेत्रमा यो जीव पाइन्छ। यो मांसाहारी हुन्छ र सानो माछाहरू र समुद्री जीव यसको मुख्य आहार हो। डल्फिनको उत्पत्ति लगभग १ करोड वर्ष पहिले मियोसीन कालको समयमा भएको थियो।

डल्फिन
सामयिक शृङ्खला: 10–0 Ma Miocene – Recent
A bottlenose dolphin breaching in the bow wave of a boat
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
भाग:
हाड भएका
वर्ग:
स्तनधारीप्राणी
गण:
Cetacea
कुल:
Delphinidae

डल्फीन पृथ्वीमा रहेका केहि धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। डल्फिनको सधैं खुशी रहन बानी र मानिस सँगको मित्रवत व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ। गंगा नदीमा पाइने डल्फीनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड