डाँफे

डाँफे नेपालमा पाइने एक चरा हो । यो नेपालको राष्ट्रिय पंक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नयाँ प्रकारको डाँफे पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। खोजीको लागि सर्वेक्षण चलिरहेको छ, यद्यपि मानिएको छ कि यो स्क्लेटर मोनालको उपजाति हो अथवा संभावित छ कि यो एउटा नया प्रजाति हो तर यो अहिले पुष्टी हुनु बाकी नै छ। यो हिमाल मोनालको उपजाति हो भन्ने अहिले सम्म कुनै पुष्टी हुनेको अतो पतो छैन। तर पनि, एक अध्ययनले पश्चिमोत्तर भारतको नर हिमाली मोनालमा सेतो पुच्छरको कमी देखाएको छ जुन कि अन्य हिमाली मोनालमा पाइन्छ र छातीमा धेरै हरियो देखिन्छ जसले गर्दा लाग्छ कि यो दोस्रो कुनै उपजाति हो। [२]

डाँफे
डाँफेको भाले
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Galliformes
कुल:
Phasianidae
उपकुल:
Phasianinae
वंश:
मुनाल
प्रजाति:
L. impejanus
वैज्ञानिक नाम
Lophophorus impejanus
(जोन लेथन, १७९०)

परिचय

७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ। डाँफे विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछ। यसले लालीगुराँस तथा मालिङ्गो भएको जङ्गलमा कीराफटयाग्रा, बाँसको तामा, कलिलो मुना खान रुचाउँछ। यसले माटोमै अन्डा पार्छ र बच्चा कोरल्छ। डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ।

बानी व्यवहार

डाँफे हिमरेखा क्षेत्रमा बस्न रुचाउने खालको पंक्षी हो। यस डाँफे पंक्षीलाई बढी लजालु र काँतर स्वभावका भएको चराका रूपमा समेत लिन सकिन्छ। डाँफेलाई आफू भन्दा ठूलो बलियो तथा अन्य हिन्स्रक चराहरूले तथा अन्य जनावरहरूले जिस्काउने र लखेट् गर्दछन्। यसरी तिनीहरूबाट बच्न एवम् जोगिनका लागि भाग्ने क्रममा ठोक्किएर डाँफेको अकालमा मृत्यु समेत हुने गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड