डाक्नेश्वरी नगरपालिका

डाक्नेश्वोरी नगरपालिका (English: Dakneshwori Municipality) प्रान्त नं. २ को सप्तरी  जिल्लामा रहेको छ । यसको स्थापना २०१६ मा पहिलेको १० वटा गाविसहरु लाई १० वर्गहरू (वार्ड)हरू मा बिभाजन गरी बनाईएको हो । यसमा कबिलासा, भुतही, तरही, हरिरहा, पातो, औरही, ब्रहम्पुर्, गम्हरीया पर्वहाँ, पत्थरगाडाबनौला वडाहरु रहेका छन् ।[४]. यसको कुल ४४,७८२ जनसङ्ख्या ६९.११ वर्ग किमी मा अवस्थित रहेको छ ।[५][६].

डाक्नेश्वोरी नगरपालिका
नगरपालिका
Dakneshwori Municipality
देश नेपाल
विकास क्षेत्रहरूपूर्वाञ्चल
अञ्चलसगरमाथा
जिल्लासप्तरी
वार्ड सङ्ख्या10
सरकार
 • नगर प्रमुखशिवनारायण साह (राजपा)
 • उप-नगर प्रमुखईन्दु देवी यादव(राजपा)
क्षेत्रफल
 • जम्मा६९.११ किमी (२६.६८ वर्ग माइल)
उन्नतांश
७६ मिटर (२४९ फिट)
जनसङ्ख्या
 (बि.स. २०६८ अनुसार)
 • जम्मा४४,७८२[१][२][३]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
56412
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://dakneshworimun.gov.np/

भौगोलिक

सप्तरी जिल्लाको ९ नगरपालिका मध्ये एक डाक्नेश्वरी नगरपालिका हो । यस नगरपालिका पूर्ण तराईमा रही भारतसंग दक्षिणी भागले सिमाना जोडेको छ । पश्चिमी भागमा बादे बर्साइन नगरपालिका, पूर्वी भागमा बेल्ही चपेना (हाल राजगढ) गाउँपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिका उत्तरी भागमा रहेको छ । राजविराजबाट २० कि.मी. पश्चिम–दक्षिण, कठौनाबाट १५ कि.मी. दक्षिणमा यस नगरपालिकाको कार्यपालिका अवस्थित छ ।[६]

यस नगरका जुडी, खडग, सितुवाही, थलहा, कजरा लगायतका नदीहरू र कोशी नहर र पम्प नहरले यस नगरपालिकाका वडाहरू र अरू नगरपालिकाहरूसँग सिमा बनाएको छ ।

आर्थिक

यस नगरका अधिक्तम जनता कृषक छन् । साथै यस नगरपालिकाको अर्थतन्त्र भारतीय सिमानाबाट आयात निर्यातले पनि तोकेको छ । यहाँका जनता माछापालन, कुखुरापालन, पशुपालनमा आत्मनिर्भर पनि रहेको छ ।[७] यहाँ सहकारी तथा वित्तीय संस्थाका ?पमा श्रृजना फाइनेन्स लि., ग्लोबल बैङ्क लि., स्वावलम्बन, साना किसान, आईडियल सहकारी लगायतका रहेका छन् ।

यस नगरमा हाट बजारका ?पमा पातो, पत्थरगाडा, तरही, ब्रहमपुर, बनौला, सखुवा र अमरलत्ति हटिया रहेका छन् ।

यातायात

डाक्नेश्वरी नगरपालिकाका मुख्य द्वारकारूपमा कठौना–पानो सडक रहेको छ । यस पालिकाबाट बसद्वारा पातो – राजविराज, पातो – जनकपुर, पातो – काठमाण्डौ, पातो – सिरहा, पातो – विराटनगर जानको लागि व्यवस्था छ । [८].

स्वास्थ्य

यस डाक्नेश्वरी नगरपालिका अन्तर्गत विभिन्न वडाहरूमा गरी जम्मा ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको छ ।[९] यस नगरपालिका अन्तर्गत कुनै अस्पताल नभएकोले गर्दा वशेषज्ञ सेवा लिनको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सेवा लिन सकिने छ ।[१०] यस नगरपालिका अन्तर्गत रहेको पातो स्वास्थ्य चौकी तथा पत्थरगाडा स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा संचालनमा रहेको छ ।[११]

शिक्षा

यस नगरपालिका अन्तर्गत २ उच्च माध्यमिक, ६ मा.वि., १५ प्रा.वि., १ आधारभूत विद्यालय र १ मदरसा रहेका छन् । उच्च पठन पाठन संचालनका निमित्त एस.एल.पी. उ.मा.वि. र क.च. उच्च मा.वि. रहेको छ । साथै शिक्षाको अवस्था विकासका लागि विभिन्न वडाहरूमा बार्डिङ्ग स्कूलहरू संचालनमा रहेका छन् ।[९]

स्कूलहरु

  • जनता रमेश्वर माध्यमिक विद्यालय, ब्रहम्पुर् 
  • कन्त चन्द माध्यमिक विद्यालय, पातो 
  • श्री जनता माध्यमिक विद्यालय, तरही 
  • श्री जनता माध्यमिक विद्यालय, कबिलसा

विशेष ठाउँहरु

धार्मिक स्थलहरु

  • डक्नेश्वोरी मन्दिर, पातो 
  • विष्णु मन्दिर, बनौला
  • कबिलेश्वर महादेव, कबिलसा 
  • रामजानकी मन्दिर, भुतही 
  • हनुमान मन्दिर, कुशहा

पनि हेर्नुहोस्

References

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड