द्रौपदी मुर्मु

भारतकी १५ औं राष्ट्रपति

द्रौपदी मुर्मु (जन्म २० जुन १९५८) एक भारतीय राजनीतिज्ञ हुन् जसले २०२२ देखि भारतको १५औँ र वर्तमान राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। भारतीय जनता पार्टी की सदस्य [१] रहेकी उनी अनुसूचित जनजातीबाट भारतको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति र प्रतिभा पाटिलपछि यो पदमा बस्ने दोस्रो महिला हुन्। मुर्मु सन् १९४७ मा भारतको स्वतन्त्रतापछि जन्मेर राष्ट्रपति पदमा निर्वाचित बन्ने पहिलो व्यक्ति हुन्।[२] राष्ट्रपति हुनु अघि उनले सन् २०१५ देखी २०२१ सम्म झारखण्डको नबौँ गभर्नरको रूपमा, सन् २००० देखि २००४ सम्म ओडिशा सरकारको [३] विभिन्न विभागहरूमा सेवा गरेकी थिइन्। राजनीतिमा प्रवेश गर्नु अघि, उनले १९७९ देखि १९८३ सम्म राज्य सिँचाइ र उर्जा विभागमा कनिष्ठ सहायकको रूपमा काम गरिन्, र त्यसपछि १९९७ सम्म रैरंगपुरको श्री [४] एकीकृत शिक्षा केन्द्रमा शिक्षिकाको रूपमा काम गरेकी थिइन्।

द्रौपदी मुर्मु
मुर्मु जुन २०२२ मा
१५औँ भारतको राष्ट्रपति
पद बहाली
२५ जुलाई २०२२
प्रधानमन्त्रीनरेन्द्र मोदी
उपराष्ट्रपतिबैङ्कैया नायडू
पूर्वाधिकारीराम नाथ कोविन्द
९औँ झारखण्डका राज्यपाल
कार्यकाल
१८ मे २०१५ – १२ जुलाई २०२१
मुख्यमत्री
  • रघुनाथ दास
  • हेमंत साेरेन
पूर्वाधिकारीसैयद अहमद
उतराधिकारीरमेश बैस
राज्यमंत्री,ओडिशा सरकार
कार्यकाल
६ मार्च २००० – ६ अगस्त २००२
व्यक्तिगत विवरण
जन्म (1958-06-20) २० जुन १९५८ (उमेर ६५)
उपरबेदा, मयुरभञ्ज जिल्ला उडीसा, भारतमयुरभंज जिल्ला, उडीसा, भारत
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथी
श्यामचन्द्र मुर्मु
(
वि १९७६; मृत्यु २०१४)
जीवनवृतिशिक्षिका

द्रौपदी मुर्मुको जन्म सन् १९५८ जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको रैरङपुरको बैदापोसी क्षेत्रमा सन्थाली परिवारमा भएको थियो।[५][६] उनका बुबा बिरांची नारायण टुडु र हजुरबुबा दुवै पञ्चायती राज प्रणाली अन्तर्गत सरपंचका रूपमा निर्वाचित भएका थिए।[७]। मुर्मुले रमा देवी महिला कलेजबाट कलामा स्नातक गरेकी छिन्।[८]। उनका पति श्याम चरण मुर्मुको सन् २०१४ मा मृत्यु भैसकेको छ। उनीहरूका ३ सन्तान मध्ये दुई छोराको मृत्यु भइसकेको छ, र अहिले एउटी छोरी इतिश्री मुर्मु छिन्। द्रौपदीले सन् २००९ देखि २०१५ सम्म [९] सात वर्षको अवधिमा श्रीमान्, दुई छोरा, आमा र एक भाइ गुमाउनु पर्यो [१०]। मुर्मु ब्रह्मा कुमारी सँग आध्यात्मिक रूपमा जोडिएकी छन्।[११]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड