नानकिङ सन्धि

नानकिङ सन्धि  नानकिङ सन्धि बेलायतचिङ वंशवीच पहिलो अफिम युद्ध अन्त्य गर्न २९ अगस्ट १८४२ मा हस्ताक्षर भएको शान्ति सम्झौता हो । चीनले यसलाई पहिलो असमान सन्धि मान्थ्यो ।

नानकिङ सन्धि
बेलायत तथा आयरल्यान्डको महारानी तथा चीनको सम्राटको बीच शान्ति, मैत्री तथा व्यापार सन्धि[१]
{{{image_alt}}}
सन्धिको हस्ताक्षर
हस्ताक्षर२९ अगस्ट १८४२ (1842-08-29)
कार्यान्वयन२६ जुन १८४३ (1843-06-26)
पक्षहरु
भाषाहरूअंग्रजी र चीनियाँ
Treaty of Nanking at Wikisource

चीनको शैन्य पराजयपछी ब्रिटिश जल्सेनाले नानकिङमा हमला गर्न अघि बढे र ब्रिटिश र चीनिया अधिकारी बीच वार्ता भयो । २९ अगस्टमा ब्रिटिश पतिनिधि सर हेनरी पोतिनगर र क्विङ प्रतिनिधिहरु क्वियिंग , यिलिबू, र निउ जियनए हस्ताक्षर गरे र यो सन्धिमा १३ धारा रहेको छ । यो सन्धि २७ अक्टोबरमा दोगुंग सम्राटले अनुमोदन गरे भने ब्रिटिश महारानी भिक्टोरियाले २८ डिसेम्बरमा अनुमोदन गरिन् । अनुमोदन साटफेरको काम २६ जुन १८४३ मा हङकङमा भयो यो सन्धिको एक प्रति ब्रिटिश सरकारले राखेको छ भने एक प्रति ताइवानको रास्ट्रिय प्यालेस सङ्ग्रहालय, ताइपेइमा छ ।

पृष्ठभूमि

यो सन्धिको पहिलो मस्यौदा लण्डनको विदेश कार्यालयमा बनेको थियो । [२]

सर्त

Replica of the treaty at the Hong Kong Museum of History

वैदेशिक व्यापार

यो सन्धिको मुख्य उद्देश्य १७६० देखि लागु गरिएको वैदेशिक व्यापारको ढाँचा परिवर्तन गर्नु थियो । थप चार “सन्धि बन्दरगाहहरु” स्थापना गरिए। [३][४] र विदेशी व्यापारीहरु आफ्नो इच्छा अनुसार आफूलाई मन लागेको जोसंग पनि व्यापार गर्न पाउने भए । बेलायतले बन्दरगाहमा आफ्नो कुटनीतिक अधिकारी पठाउन पाउने अधिकार पायो, जसले सिधै स्थानीय चीनियाँ अधिकारीसंग सम्पर्क गर्न पाउने अधिकार (धारा दुई) थियो। [५]

क्षतिपूर्ति

चिङ सरकार ब्रिटिश सरकारलाई लिन जेउले जफत गरेका अफिम क्षतिपूर्तिको रूपमा साठी लाख चाँदीको सिक्का (धारा चार ), ब्रिटिश ब्यापारीसंग हङ व्यापारीले लिएको ऋणको रूपमा तीस लाख डलर (धारा पाँच) र एक करोड बिस लाख डलर युद्ध क्षतिपूर्ति (धारा छ) बापत तिर्न बाध्य भयो ।

चिङ वंशले पक्राउ गरिएका सम्पूर्ण युद्धबन्दीको रिहाइ गर्नु पर्यो (धारा आठ) र युद्धको समयमा ब्रिटिशलाइ आम माफी दिनु पर्यो (धारा नौ) ।

ब्रिटिश पक्षले नान्किंगबाट आफ्नो फौज फिर्ता लाने भयो । क्विङ वंशले पुरै क्षतिपूर्ति नदिएसम्म ब्रिटिश फौज गुलान्ग्यु र ज्होबोशनमा रहेने भयो (धारा बाह्र)

हङ्कङको नियन्त्रण

क्विङ सरकार हङ्कङ ब्रिटिशलाई दिन राजी भयो। पोत्तिन्गर हङकङको पहिलो गभर्नर नियुक्त भए ।[६]

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड