पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लामा पर्ने एउटा पहाडी गाउँपालिका हो। यसको केन्द्र साविकको खिदीम गाविसको कार्यालय हो। [१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा अर्घाखाँची जिल्लामा साविकका चिदीकाको वडा नं. ९, पालीको (१-८) वडाहरू, पणेना, खिदीम, पोखराथोक, पटौटी, मैदान, धातिवाङअडगुरी गाउँ विकास समितिहरूलाई समेटेर पाणिनी गाउँपालिका घोषणा गरिएको थियो।[३][४] पाणिनी गाउँपालिकको कूल जनसङ्ख्या २६,४२४ रहेको छ भने यसको क्षेत्रफल १५१.४२ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ।[५] पाणिनि तपोभूमि (पणेना), साततले गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर,पालीको पन्थीटोलमा रहेको देविस्थान मन्दिर आदि यहाँका प्रमुख पर्यटकीय स्थलहरू हुन । यहाँ हरिहर मावि, कमला मावि, कृष्ण मावि र शिवमदन मावि लगायतका विद्यालय छन्। पाणिनी गाउँपालिकाको पूर्वमा गुल्मीपाल्पा जिल्ला, उत्तरमा छत्रदेव गाउँपालिका, पश्चिममा सन्धिखर्कशीतगङ्गा नगरपालिका र दक्षिणमा शीतगङ्गा नगरपालिकापाल्पा जिल्लासँग जोडिएको छ।[६]

पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका is located in लुम्बिनी प्रदेश
पाणिनी गाउँपालिका
अवस्थिति
पाणिनी गाउँपालिका is located in नेपाल
पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′३६″उ॰ ८३°१६′४८″पू॰ / २७.९१०००°N ८३.२८०००°E / 27.91000; 83.28000 ८३°१६′४८″पू॰ / २७.९१०००°N ८३.२८०००°E / 27.91000; 83.28000
देश नेपाल
प्रदेशलुम्बिनी
जिल्लाअर्घाखाँची
वडा सङ्ख्या
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षटेकराज न्यौपाने
 • उपाध्यक्षनर्मदा गौतम
क्षेत्रफल
 • जम्मा१५१.४२ किमी (५८.४६ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं २०६८)
 • जम्मा२६४२४
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
सदरमुकामखिदीम
वेबसाइटpaninimun.gov.np

नामाकरण

पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रि हुन्। उनको जन्म लगभग ५०० ईशा पूर्वमा दक्षीण एसियाको पश्चि क्षेत्रमा भएको मानिन्छ । उनको जन्मबारे विभन्न स्थानबारे मत छन त्यस मध्ये गान्धार क्षेत्र,उत्तर पाकिस्तान बढी चर्चामा अाउँछन । एक थरीको मत अर्घाखाँची नै पाणिनिको पुर्खाैली थलो भन्ने पनि छ । पाणिनि ॠषिको नामबाट पाणिनी गाउँपालिकाको नामाकरण गरिएको हो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड