पार्क चुंग-हि

पार्क चुंग-हि (कोरियाली उच्चारण: [päk̚.t͈ɕʌŋ.ɦi]; १४ नोभेम्बर १९१७ – २६ अक्टोबर १९७९) दक्षिण कोरियाली राष्ट्रपति र सन् १९६१ देखि १९७९ सम्म दक्षिण कोरियालाई नेतृत्व गर्ने सैन्य जनरल हुने । पार्कले मे १६ को कुबाट अधिकार हासिल गरेका थिए भने सन् १९६१ मा दोश्रो गणतन्त्र दक्षिण कोरियालाई सत्ताचुत गरी देशको शासन चलाएका थिए । सन् १९७२ मा पार्कले देशमा सैन्य शासन लागु गराएका थिए भने देशको संविधानलाई अधिकारयुक्त दस्तावेजको रूपमा स्थापित गराएका थिए । विभिन्न पटक हत्याको प्रयास भएता पनि मिति २६ अक्टोबर १९७९ मा उनकै सुरक्षा सेवामा कार्यरत किम जाइ-जुयुले हत्या गरेको थियो ।[१] उनले दक्षिण कोरियालाई १८ वर्ष नेतृत्व गरे । दक्षिण कोरियाको हालको राष्ट्रपति पार्क गेयुन हेई उनको पहिलो छोरी हुन् ।

पार्क चुंग-हि
박정희
朴正熙
दक्षिण कोरियाली राष्ट्रपति
कार्यकाल
१७ डिसेम्बर १९६३ – २६ अक्टोबर १९७९
व्यक्तिगत विवरण
जन्म(१९१७-११-१४)१४ नोभेम्बर १९१७
मृत्यु२६ अक्टोबर १९७९(1979-10-26) (उमेर ६१)
सोल, दक्षिण कोरिया
राष्ट्रियतादक्षिण कोरियाली
हस्ताक्षर
सैन्य सेवा
सेवाको वर्षहरू१९४४–१९६३
श्रेणीजरनल
पार्क चुंग-हि
हाङ्गुल
हान्जा
संशोधित रोमन प्रतिलेखनBak Jeonghui
मिक्युन–राइसौरPak Chŏnghŭi
Pen name
हाङ्गुल중수
हान्जा
संशोधित रोमन प्रतिलेखनJungsu
मिक्युन–राइसौरChungsu

प्रारम्भिक जीवन तथा शिक्षा

मानचुकुओ लुगामा पार्क
सन् २०१० फेब्रुअरीमा पार्कको पूरानो घर

पार्कको जन्म १४ नोभेम्बर १९१७ मा कोरियाको उत्तरी ग्येओनसांगको गुमीमा भएको थियो । [२] उनको बुबा पार्क सुंग-विन र आमा बेक नाम-इयु हुने । उनको चार दाजुहरू र २ दिदी बहिनीहरू थिए ।

पेशागत जीवन

मानचुकुओमा

सन् १९४४ को कक्षामा तेश्रो नम्बरमा उत्तीर्ण भए पछि पार्कलाई मानचुकुओ इम्पेरियल आर्मीमा लुइटिनेन्टको रूपमा निर्युक्ति लिएका थिए र दोश्रो विश्वयुद्धको अन्तिम चरणमा गण कमान्डरको रूपमा सहभागि भएका थिए । उनले उक्त क्षेत्रमा कोरियन गुरिल्लाहरूको विरूद्धको बौद्धिक कार्यहरूमा सामेल हुन उनले आफ्नो नाम टाकागि मसाओ वाट परिवर्त गरी ओकामोटो मिनोरू (岡本実) राखेका थिए । जापानिजहरूले कोरियन अवसरवादीहरूको प्रयोग गरी कोरियाको सैन्य प्रतिबादलाई दबाउने गर्दथे । |[३][४]

व्यक्तिगत जीवन

पार्कले किम हो-नामसँग विवाह गरेका थिए र पछि उनी दुईको सम्बन्ध विच्छेद भएको थियो । त्यस पश्चात, उनले युक योंग-सु सँग विवाह गरेका थिए र उनीहरूका दुई जना छोरी र एक छोरा भएको थियो । ठूलो छोरी पार्क गेयुन हेई पछि गएर राजनीतिज्ञ भए र उनी २०१२ डिसेम्बरको राष्ट्रपति चुनावमा पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए । [५]

परिवार

सन् २००४ मा पार्कका छोरी पार्क गेयुन हेई ग्याण्ड राष्ट्रिय पार्टिको अध्यक्षको रूपमा नियुक्त भएको थिए । उनी दक्षिण कोरियाको ११ ‌औं तथा पहिलो महिला राष्ट्रपतिको रूपमा सन् २०१२ मा चुनिएकि थिइन भने उनले सपथ ग्रहण फेब्रुअरी २०१३ मा गरेका थिए । पार्क गेयुन हेईलाई उनको बुबा तर्फको सम्बन्धमा भारी भई रहेको छ, उनलाई बेला बेलामा तानासाहको छोरी समेत भनेर लालछना लगाइएको छ, तर उनले 'उनी आफ्नै खुबी अनुसार उनको विश्लेषण हुनु पर्ने' तर्क राख्दै आएकि छिन् । [६]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड