पोर्नहब

पोर्नहब एक अश्लील भिडियो साझेदारी र पोर्नोग्राफी वेबसाइट हो।[७][८] यो मोन्ट्रियलमा सन् २००७ मा सुरु गरिएको थियो।[९] पोर्नहबको लिमासोल र साइप्रसमा कार्यालय र सर्भरहरू पनि छन्।[१०]

पोर्नहब
Pornhub
पोर्नहब लोगो
व्यवसायको प्रकारप्राइभेट
साइटको प्रकार
अश्लील भिडियो साझेदारी
उपलब्ध भाषाअङ्ग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्तुगाली, पोलिस, रूसी, जापानी, डच, चेक, सरलीकृत चिनियाँ
मुख्यालयहरूलिमासोल,
साइप्रस[१]
उद्गम देशक्यानाडा
सेवा क्षेत्रविश्वव्यापी[२]
मालिकएमजी फ्रिसाइट्स लिमिटेड[१]
(माइन्डगिक)[३]
मुख्य व्यक्तिहरू
  • फरेस एन्टुन (सिइओ)[४]
  • डेभिड टेसिलो (सिओओ)[४]
उद्योगयौन
सेवाहरूपोर्नोग्राफी
युआरएलwww.pornhub.com
अलेक्सा क्रमवृद्धि ५६ (विश्वव्यापी, १८ अगस्ट २०२०)[५]
विज्ञापन
दर्तावैकल्पिक
चालु भएको मिति२५ मे २००७; १६ वर्ष पहिले (२००७-०५-25)
वर्तमान स्थितिअनलाइन
लेखिएको भाषापिएचपी[६]

सन् २०१० मार्चमा, कम्पनीलाई माइन्डगिकद्वारा खरिद गरिएको थियो (त्यस समय यो 'मानविन' भनेर चिनिन्थ्यो), जसको अन्य धेरै अश्लील वेबसाइटहरू छन्। यो वेबसाइट अन्तर्राष्ट्रिय रूपमा उपलब्ध छ तर फिलिपिन्सभारत जस्ता केही देशहरूद्वारा यसलाई निषेध गरिएको छ। यसले अन्य उत्पादनहरूबीच भर्चुअल रियलिटी पोर्न प्रदान गर्दछ, र पोर्नहब पुरस्कार वार्षिक रूपमा आयोजना गर्दछ। जुन २०२० अनुसार, पोर्नहब विश्व मा १०औँ सबैभन्दा बढी ट्राफिक वेबसाइट हो र एक्सभिडियोज र एक्सएनएक्सएक्स पछि तेस्रो सबैभन्दा बढी ट्राफिक भएको वयस्क वेबसाइट हो।[११]

पोर्नहबले गैर-सहमति पोर्नोग्राफी आफ्नो वेबसाइटमा राख्ने गरेको घट्नाहरू प्रकाशमा आएको छ।[१२] कम्पनीलाई ती घटनाहरू मध्ये केहीलाई ढिलो वा अपर्याप्त प्रतिक्रिया दिएको हुनाले आलोचना गरिएको छ, जसमा उच्च-प्रोफाइल च्यानल गर्ल्स डु पोर्नको होस्टिङ समावेश छ, जुन सन् २०१९ मा यौन बेचबिखनको मुद्दा र आरोप पछि बन्द गरिएको थियो।[१२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड