प्वाँख

प्वाँख केही प्राणीहरू, विशेषगरि पन्छीको शरीरलाई छोप्ने अङ्ग हो वा यसलाई अर्को भाषामा भन्नु पर्दाप्वाँख चराहरूको बाहिरी छालामा टाँसिएर रहने केराटिनले बनेको एक प्रकारको संरचना हो। प्वाँखहरू मिलेर प्वाँखका सतहहरू बन्छन् भने त्यस्ता सतहहरू मिलेर बाहिरी महत्त्वपूर्ण आवरण बन्ने गर्दछ। प्वाँखहरूसँग सम्बन्धित विज्ञानको एक भागलाई जर्मनेली भाषामा प्लुमलोगी भनिन्छ।[१]

भिन्न भिन्न प्वाँखहरू
उडिरहेका पन्छीहरूका स्पष्ट रूपमा देखिएका प्वाँखहरू

प्वाँखहरूले एकातिर चरालाई पानी र चिसोबाट जोगाउँछन् भने अर्को तिर प्वाँखले चराहरूलाई आकर्षक देखाउनुका साथ साथै यसले शत्रुका विरूद्ध छलकपट गर्न पनि मद्दत गर्छ। यसका अतिरिक्त यो दृश्य सञ्चारको माध्यम पनि हो। यसमा अवस्थित ठोस प्रकारको वस्तुले चराहरूलाई उड्नमा मद्दत गर्दछ। यद्यपि एउटा प्वाँख अत्यन्तै हलुका छ भने चराको प्वाँखको तौल यसको अस्थिपञ्जर भन्दा दुई गुणा बढी हुन्छ। पन्छीहरूको शरीरमा हुने प्वाँख आजभन्दा करोडौं वर्ष पहिले पृथ्वीको प्राकृतिक इतिहास अनुसार डायनोसरहरूको शरीरमा समेत हुने गरेको थियो।[२] जीव वैज्ञानिकहरूको अनुसार प्वाँख प्राणीहरूको छाला प्रणालीसँग सम्बन्धित सबैभन्दा जटिल अङ्ग हो।

पन्छीमा हुने प्वाँखको धेरै फाइदा छ। प्वाँखको सहयोगले पन्छीहरू उड्ने गर्छ, चिसो-गर्मी र वर्षाबाट शरीरलाई रक्षा गर्छ, रङ्गको कारण एकआपसमा आफ्नो जातको पहिचान गराउँछ, भालेलाई पोथीतर्फ आकर्षित गर्नमा सहायक हुन्छ, एक-अर्कालाई सङ्केत पठाउनका निम्ति काम आउनुका साथै युद्धमा समेत यसको काम पर्छ।[३]

वास्तवमा प्वाँख पन्छीको छालाको एउटा विशिष्ट प्रकारको श्रृङ्गाकार उद्वर्ध हो, जसले पन्छीलाई हवाई जीवनको आवश्यकतालाई पूर्ति गर्ने गर्छ। यसको कारण पन्छीको शरीरको गर्मी बाहिर निस्कँदैन र तौल बढ्न पाउँदैन।

वयस्क प्वाँख

सामान्य वयस्क प्वाँखमा एउटा लामो र पातुलो अक्षीय मेरुदण्ड हुने गर्छ, जसको दुवैपट्टी स-साना समानान्तर पिच्छिल हुने गर्छ। प्रत्येक पिच्छिलमा धेरै शाखाहरू हुन्छ, जसलाई पिच्छिला भनिन्छ। नजिकैको पिच्छिलाको पिच्छिल सूक्ष्म अंकुशीय पिच्छिलप्रवर्धद्वारा अन्तर्ग्रथित हुन्छ जसको फलस्वरूप झिल्लीमय फलक बन्ने गर्छ। पिच्छिल ढाकिएको तल्लो भागमा सम्बद्ध हुदैनन् र तीनको बनावट असङ्गठित हुने गर्छ।

प्वाँखको प्रकार

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड