बल

भौतिक विज्ञानमा, बल, निर्विरोध रहदा, कुनै अन्तरक्रिया हो जसले बस्तुको चाललाई बदल्छ। बलले पिण्ड भएको वस्तुको गति परिवर्तन गर्न सक्दछ (सुरुमा अचलबाट चल अवस्थामा लान पनि जसमा पर्छ), अर्थात्, प्रवेगमा ल्याउछ। अन्तर्ज्ञानले भन्‍नु पर्दा, बल घच्डनु वा तान्‍नु हो। बलसँग दुबै परिमाण र दिशा छ, यसैले यो भेक्टर मात्रा हो। यो एसआई एकाई न्यूटनमा मापन गरिन्छ र यसको प्रतिनिधित्व F चिन्हले गर्दछ।

बल
कुनै वस्तुलाई लग्‍ने धक्का वा खिचावलाई बल भनिन्छ। यसको कारण यी घटनाहरु हुन सक्छन्: गुरुत्वाकर्षण, चुम्बकत्व, वा पिण्डको गतिमा फरक ल्याउने कारक
साधारण प्रतीक, F, F
एसआइ एकाइन्युटन (N)
अन्य एकाइडाईन, पाउन्ड-फोर्स, पौंडल, किप, किलोपन्ड
एसआइ आधार एकाइहरूमाकिग्रा·मि/से
अन्य मात्रा देखि
व्युत्पत्ति
F = m a

न्य‍ूटनको चालसम्बन्धी दोस्रो नियमाका आधारमा भन्ने हो भने बल भनेको कुनै पनि बस्तुमा उत्पन्न हुने मोमेन्टमको परिवर्तनको दर हो।[१] यसको एसआई आधार न्यूटन हो।

न्यूटनका चालसम्बन्धि नियमहरु

मुख्य लेख : न्युटनको गति नियम

बेलायतका प्रसिद्ध बैज्ञानिक न्य‍ूटनले चालसम्बन्धी यी नियमहरु बनाएका छन्।

पहिलो नियम

कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म त्यो बस्तुले आफ्नो पूर्व अवस्था छोड्दैन। यसलाई न्यूटनको चालसम्बन्धी पहिलो नियम भनिन्छ। वा बाहिरी बल प्रयोग नभएसम्म चाल अवस्थामा भएको बस्तु चालमा नै र स्थिर अवस्थामा भएको बस्तु स्थिर अवस्थामै रहन्छ।

दोस्रो नियम

दोस्रो नियमले कुनै पनि बस्तुको मोमेन्टमको परिवर्तनको दर त्यसमा लागाइएको खुद बलसँग बराबर हुन्छ भन्छ।

जहाँ भनेको मोमेन्टम हो।


परिभाषाअनुसार:

जहाँ m बस्तुको पीण्ड हो भने भनेको बस्तुको गति हो।

न्यूटनको चालसम्बन्धी यो दोस्रो नियमलाई बलको परिभाषाको रूपमा लिइन्छ।

तेस्रो नियम

हरेक कार्यमा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरु


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड