बागमती प्रदेश सभा

नेपालको एक सदनात्मक बागमती प्रदेश सभा

बागमती प्रदेश सभा बागमती प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौँडामा रहेको छ।[१] बागमती प्रदेश सभामा ११० जना सदस्य छन् जसमध्ये ६६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ४४ जना समानुपातिक तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुन्छ।[२]

बागमती प्रदेश सभा
दोस्रो बागमती प्रदेश सभा
प्रकार
प्रकारबागमती प्रदेशको एकसदनात्मक व्यवस्थापिका
इतिहास
नयाँ कार्यकालको सुरुवात
वि.सं. २०७९ पुस १८
नेतृत्वकर्ता
सभामुख
भुवन कुमार पाठक, राप्रपा
पदासीन: वि.सं. २०७९ पुस २९
उपसभामुख
अप्सरा चापागाई खत्री, एमाले
पदासीन: वि.सं. २०७९ माघ ३
शालिकराम जमकट्टेल, माओवादी केन्द्र
पदासीन: वि.सं. २०७९ पुस २५
प्रतिपक्षी नेता
बहादुर सिंह लामा, नेका
पदासीन: वि.सं. २०७९ पुस २५
संरचना
राजनीतिक दल
सरकार (७०)

प्रतिपक्ष (४०)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर प्रणाली
पछिल्लो निर्वाचन
२०७९
आउने निर्वाचन
२०८४
बैठक स्थल
क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडा, मकवानपुर
वेबसाइट
pradeshsabha.p3.gov.np
संविधान
नेपालको संविधान

इतिहास

बागमती प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। वि.सं. २०७४ सालमा बागमती प्रदेशको प्रदेश सभा निर्वाचन तर्फको ११० सिटका लागि सम्पन्न भएको थियो।[३] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो जुन पछि नेकपा (एमाले)बाट डोरमणि पौडेलको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। संविधानसभाको पहिलो बैठक प्रदेश सभा प्रमुख अनुराधा कोइराला[४]ले वि.सं. २०७४ माघ १८ का लागि बोलाएकी थिइन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सानुकुमार श्रेष्ठलाई प्रदेश सभाको पहिलो सभामुख रूपमा निर्वाचित गरिएको थियो र माओवादी केन्द्रबाट राधिका तामाङ प्रथम उपसभामुखमा निर्वाचित भएकी थिइन्।[५] वि.सं. २०७५ जेठ ३ मा, यी दुई राजनीतिक दलहरू एकआपसमा गाभिएर नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[६]

सभाहरूको सूची

निर्वाचन वर्षसभाकार्यकाल सुरुवातकार्यकाल अन्त्यसभामुखमुख्यमन्त्रीराजनीतिक दल
२०७४पहिलो सभावि.सं. २०७४ माघ १८वि.सं. २०७९ असोज १[७]सानुकुमार श्रेष्ठडोरमणि पौडेल(मन्त्रिपरिषद्)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
अष्टलक्ष्मी शाक्य(मन्त्रिपरिषद्)
राजेन्द्रप्रसाद पाण्डे(मन्त्रिपरिषद्)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
२०७९दोस्रो सभावि.सं. २०७९ पुस १८पदासिनभुवन कुमार पाठकशालिकराम जमकट्टेल(मन्त्रिपरिषद्)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

समितिहरू

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.संसमितिसदस्यता
प्रदेश मामिला२२
वित्त र विकास२०
सार्वजनिक खाता२०
शिक्षा, स्वास्थ्य र कृषि२०
उद्योग, पर्यटन र,वातावरणमा१९

हालको संरचना

दलसंसदीय दलको नेतासिट
नेपाली कांग्रेसबहादुर सिंह लामा३७
नेकपा (एमाले)जगन्नाथ थपलिया२७ .
नेकपा (माओवादी केन्द्र)शालिकराम जमकट्टेल२१
राष्ट्रिय प्रजातन्त्र पार्टीउद्धव थापा१३
नेकपा एस
नेपाल मजदुर किसान पार्टीसुरेन्द्रराज गोसाई
हाम्रो नेपाली पार्टीशैलेन्द्रमान बज्राचार्य
जम्मा११०

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड