बुद्धभूमि नगरपालिका

बुद्धभूमिनगरपालिका कपिलवस्तु जिल्लामा अवस्थित एउटा नगरपालिका हो । शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभुमी नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका तथा दक्षिणमा महाराजगंज तथा कपिलवस्तु नगरपालिका रहेका छन् । यस नगरपालिकाको कुल क्षेत्रफल ३६६.६७ वर्ग किलोमिटर छ र कुल जनसंख्या २०७८ सालको जनगणन अनुसार ७६५०७ रहेको छ । यो नगरपालिका कपिलवस्तु जिल्लामा रहेको १० वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो । यस नगरपालिकाको कृषिमा ९३०८.२ हेक्टर, वनजंगलमा २४८९१.५ हेक्टर, जलीयमा १६०९.५ हेक्टर, आवासमा ४७२.५ हेक्टर क्षेत्रफल रहेको छ ।

बुद्धभूमि
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.buddhabatikamun.gov.np

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड