बोक्सी चील

बोक्सी चील (Haliaeetus leucoryphus) ठुलो तथा खैरो रङ्गको समुन्द्री चिलको प्रजाति हो । यो नेपाल लगायत भारत, बङ्गलादेश, म्यानमार तथा भुटानमा पाइन्छ। यो अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत छ।[१] यसलाई अङ्ग्रेजीमा पल्लास्ज फिस इगल (Pallas's Fish Eagle) भनिन्छ।

बोक्सी चील
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Falconiformes
(or Accipitriformes, q.v.)
कुल:
Accipitridae
वंश:
Haliaeetus
प्रजाति:
H. leucoryphus
वैज्ञानिक नाम
Haliaeetus leucoryphus
(Pallas, 1771)
पर्याय

Aquila leucorypha Pallas, 1771

विबरण

उडिरहेको बोक्सी चील

बोक्सी चीलको लामो चौडा पखेटा र टाउको तथा घाँटी बाहिर निस्किएको हुन्छ। वयस्क बोक्सी चीलको टाउको र घाँटी फिक्का, पखेटाको माथिल्लो र तल्लो भाग गाढा खैरो र मुख्यतया सेतो पुच्छर जसमा चौडा कालो अन्तिम पेटी हुन्छ। बच्चा बोक्सी चील कम भद्दा, पातलो पखेटा भएको देखिने, सानो ठोँड भएको, गाढा अनुहारका पाटा, तल्लो पङ्खढकनी वारपार फिक्का पेटी, भित्री मुख्य पखेटाको तल्लो भागमा फिक्का टाटो पुच्छर पुरै गाढार माथिल्लो पुच्छरढकनीमा फिक्का खुर्पाकार चिन्ह हुन्छ। यसको लम्बाई ७२–८४ सेमी (२८–३३ इन्च) तथा पंखेटा फिजाउँदा १८०–२१५ सेमी (७१–८५ इन्च) हुन्छ।[२] पोथी बोक्सी चीलको तौल २–३.३ किग्रा (४.४–७.३ पाउन्ड) तथा भालेको तौल ४.४–७.३ किग्रा (९.७–१६.१ पाउन्ड) हुन्छ।[३]

वितरण तथा वासस्थान

बोक्सी चील नेपाल, भारत, बङ्गलादेश, म्यानमार तथा भुटान लगायत सोह्रवटा देशहरूमा पाइन्छ। यो चरा ५००० मिटरसम्मको उँचाइसम्म पाइने गर्छ। यसले हिउँदको समयमा नेपालको मार्ग प्रयोग गरी भ्रमण गर्ने गर्छ। बोक्सी चीलले सिमसार छेउ वरिपरि, विशेषगरी ठुला नदी तथा पोखरीजस्ता पानीको श्रोत नजिक भएको रूखमा गुँड लगाउँछ ।

खतरा तथा संरक्षण अवस्था

वासस्थान तथा सिमसार क्षेत्रहरूको विनासका कारण यसको प्रजाति खतरामा परेको छ। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत गरेको छ।[१] नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ।

भारतमा
Haliaeetus leucoryphus

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद