भैरवी गाउँपालिका

भैरवी नेपालकोको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । [१] यस गाउँपालिकाको कुल क्षेत्रफल ११०.४६ वर्ग किलोमिटर (४२.६५ वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या २१,२३३ रहेको छ र २०७८ साल को जनगणना अनुसार १८७६७ देखाएको छ। यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ ।[२] साविकका दुल्लु नगरपालिको केही भू-भाग, भैरीकालिकाथुम, कुसापानी, रावतकोटकासीकांध गाविसहरू समेटेर बनाइएको यस गाउँपालिकाको कार्यालय साविकको भैरीकालिकाथुम गाविसको कार्यालयमा राखिएको छ ।[२]यस गाउँपालिकालाई २०७३ साल फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ ७४४ स्थानीय तहहरू बनाउने क्रममा घोषणा गरिएको थियो । [३][४]

भैरबी
भैरबी गाउँपालिका भैरीकालिकाथुम ४ दैलेख
आदर्श वाक्य(हरू): 
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, हरियाली विकास, सहकारी, रोजगारी र पूर्वाधार: समृद्ध भैरवीका आठ आधार
भैरबी is located in नेपाल
भैरबी
भैरबी
नेपालको नक्शामा
निर्देशाङ्क: २८°५६′N ८१°३८′E / २८.९३°N ८१.६३°E / 28.93; 81.63 ८१°३८′E / २८.९३°N ८१.६३°E / 28.93; 81.63
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्या
घोषणा मिति२०७३ फागुन २७ (१० मार्च २०१७)
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षरिता कुमारी शाही (नेपाली कांग्रेस)
 • उपाध्यक्षदेवी भण्डारी (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा११०.४६ किमी (४२.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८७६७
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटhttp://www.bhairabimun.gov.np/

पर्यटन

यस गाउँपालिका भित्र दैलेख जिल्लाका अधिकांश ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका स्थानहरू पर्दछन् । दैलेख जिल्लाको पवित्र तिर्थस्थल पञ्चकोशी मध्यको एक स्थान मानिएको शिरस्थान मन्दिर यसै गाउँपालिकामा अवस्थित छ । शिरस्थानमा नित्य प्रज्वतित अग्निज्वाला रहेको छ । यसका साथै कुसापानी झरना, भैरवी मन्दिर, ब्याउलीको लेकमा रहेको धर्मशाला, रावतकोटका पञ्चदेवल, डाँडीमाडी र खम्मगाडेका वीरखम्बाहरूका साथै ठाउँ ठाउँमा रहेका वीरखम्बा र ढुङ्गेधाराहरू यस गाउँपालिकाका महत्त्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरू हुन् ।

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड