मेगाफोन

मेगा फोन (रूसी: МегаФон)(पहिला उत्तर-पश्चिम जीएसएमको रूपमा चिनिने), रुसको दोस्रो मोबाइल फोन सञ्चालक हो[२] र रूसमा तेस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो ।[३] दूरसञ्चार क्षेत्रमा यसको मुख्य प्रतिस्पर्धीहरू: मोबाइल टेलि सिस्टम (एमटीएस), भिम्पेलकम (बिलाइन) र टेलि २ (रोस दूरसञ्चार) हो र निश्चित-लाइन खण्डमा, रोस दूरसञ्चार र मल्टिरिजनल ट्रान्सिट टेलिकम हुन् ।[४] जून २०१२ को अनुसार कम्पनीले ताजिकिस्तानमा १.६ मिलियन र रुसमा ६२.१ मिलियन प्रयोगकर्ताहरूमा सेवा प्रदान गर्दछ । यसको मुख्यालय रुसको राजधानी मस्कोमा रहेको छ । यसका शाखा कार्यलयहरू इरान, उज्बेकिस्तान र ताजिकिस्तानमा पनि रहेको छ । यो खुला संयुक्त पुँजी कम्पनीको रूपमा स्थापना भएको थियोे ।

मेगाफोन
व्यवसाय प्रकार
खुला संयुक्त पुँजी कम्पनी
आइएसआइएनRU000A0JS942 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगमोबाइल दूरसञ्चार
स्थापितमे २००२; २१ वर्ष पहिले (मे २००२)
केन्द्रीय कार्यालयमस्को, रुस
मुख्य व्यक्ति
Gevork Vermishyan, कार्यकारी अधिकृत (२०१८)
उत्पादनहरूमोबाइल सञ्जाल, निश्चित-लाइन टेलिफोन सेवा
राजश्व$४.७३ बिलियन[१] (२०१६; २०१७)
परिचालन आय
$८५१ मिलियन (२०१६)
खुद आम्दानी
$३८२ मिलियन (२०१६)
कुल सम्पत्ति$६.८९ बिलियन (२०१६)
कुल इक्विटी$१.८५ बिलियन (२०१६)
मालिकयुएसएम समूह (५६.३२%)
गाजप्रोमबैंङ्क (१८.७९%)
एमआइसिएल (३.९२%)
कर्मचारी सङ्ख्या
25,000 (2014) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
सहायक कम्पनीहरूस्वाइनटेरा मिडिया
वेबसाइटwww.megafon.ru

यसले धेरै क्षेत्रीय कम्पनीहरूको अधिग्रहण गरेपछि सन् २००२ मा कम्पनीले आफ्नो नाम, उत्तर-पश्चिम जीएसएमबाट मेगाफोनमा बदलेको थियोे जसले गर्दा यो रुसको सबै क्षेत्रमा सेवा पुर्‍याउने पहिलो दूरसञ्चार सेवा प्रदायक बनेको थियोे । यसको अर्थ मेगा - "ठूलो" र फोन - "टेलिफोन" हुन आउँछ ।

इतिहास

१७ जून १९९३, उत्तर-पश्चिम जीएसएमको दर्ता मिति रहेको थियो अलेक्जेन्डर मलिसिभ कम्पनीका पहिला महाप्रबन्धक थिए । प्रमुख अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा स्क्यान्ड्याभियन कम्पनीहरू जस्तै सोनेरा (फिनल्यान्ड), तेलिया अन्तर्राष्ट्रिय एबि (स्विडेन) र टेलिनोर इन्भेस्ट एएस (नर्वे) रहेका थिए र यसलाई नोकियाद्वारा दूरसञ्चार उपकरण आपूर्ति गरिएको थियो ।[५][६] यसले सन् १९९४ मा रुसमा जीएसएम (2 जी) सञ्जालको व्यावसायिक प्रक्षेपण गरेको थियोे ।[७][८]

१९९९ – कम्पनीमा प्रयोगकर्ताहरूको सङ्ख्या १००,००० भन्दा बढी पुगेको थियोे । यसले रूसको उत्तर-पश्चिमको उत्तरी क्षेत्रहरूमा आफ्नो सेवा सक्रिय रूपमा विस्तार गरेको थियोे । उत्तर-पश्चिम जीएसएमको रूपमा, यो रुसको पहिलो सञ्चालक थियो जसले युरोपको सबै देशहरूमा रोमिङ सम्झौतामा हस्ताक्षर गरेको थियोे ।

२००० – कम्पनीको शेयरधनिहरूले ठूलो बजारमा सेवा दिने योजनाका अनुसार डसले नयाँ रणनीति अपनायो ।[९][१०]

नोभेम्बर २००१ – उत्तर-पश्चिम जीएसएममा प्रयोगकर्ताहरूको सङ्ख्या ५००,००० पुगेको थियोे ।[११][१२]

मे २००२ – उत्तर-पश्चिम जीएसएममा प्रयोगकर्ताहरूको सङ्ख्या १ मिलियन भन्दा बढी पुगेको थियोे ।[१३]

मालिक र व्यवस्थापन

कम्पनीलाई सबैभन्दा ठूलो विदेशी लगानीकर्ताहरूद्वारा स्थापित गरिएको थियो: सोनेरा (फिनल्यान्ड), तेलिया अन्तर्राष्ट्रिय एबि (स्विडेन) हाल टेलेनर इन्भेस्ट एएस (नर्वे) सँग समायोजन भइ टेलिया कम्पनीमा आबद्ध भएको छ । दूरसञ्चार उपकरणहरू भने नोकियाबाट खरीद गरिएको थियो ।

मार्च २०१८ सम्म यस कम्पनीको मालिक निम्नानुसार छन्:

  • युएसएम समूह - ५६.३२%
  • गाजप्रोमबैङ्क - १८.७९%.
  • एसआइसिएल - ३.९२%

सन्दर्भ सामग्री

बाह्य कडीहरू

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२५ मिति

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड