राजगढ गाउँपालिका

राजगढ़ गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा राजगढ़लाई गाउँपालिका घोषित गरेको हो ।[२] राजगढ गाउँपालिका घोषित गर्दा सप्तरीका साविक झुट्की, बनैनिया, नर्गो, बेल्ही चपेना, फकिरामलेकपुर (१-४)[३] गा.वि.स. लाई समेटेको छ ।[४][५][६]

राजगढ गाउँपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षओमप्रकाश मण्डल
 • उपाध्यक्षरेणुदेवी मण्डल
क्षेत्रफल
 • जम्मा४७.९१ किमी (१८.५० वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२९४५९
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttps://rajgadhmun.gov.np/

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,४५९ रहेको छ । यसको क्षेत्रफल ४७.९१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र नर्घो कार्यालयमा राखिएको छ ।[७]

यस गाउँपालिकाको सिमाना पूर्वमा छिन्मस्ता  र विष्णुपुर गाउँपालिका पश्चिममा डाकनेस्वरी गाउँपालिका उत्तरमा रुपनी गाउँपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |[८]

यस पालिकाका अध्यक्ष ओमप्रकाश मण्डल[९] र उपाध्यक्ष रेणुदेवी मण्डल हुन् ।[१०]

वार्ड नं. १ अन्तर्गत साविकको झुटकी गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा  उपेन्द्र नारायण यादव (वडा अध्यक्ष) र सदस्यहरुमा उपेन्द्र मुखिया,लक्ष्मण मण्डल,शिमलादेवी मण्डल र सतनीदेवी राम रहेका छन् ।[११]

वार्ड नं. २ अन्तर्गत साविकको बनैनियाँ गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा जीतेन्द्रकुमार यादव (वडा अध्यक्ष) र सदस्यहरुमा घुरन यादव, निर्मलादेवी मलाह, बतुल कुमारी खातुन र सुमित्रादेवी खंग रहेका छन् ।[१२]  

वार्ड नं. ३ अन्तर्गत साविकको नर्घो गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा बासुदेवी यादवनी (वडा अध्यक्ष) र सदस्यहरुमा रामपुकार साह, रामगुलाम मण्डल, बासो धानुक र जीबछीदेवी मोची रहेका छन । [१३] 

वार्ड नं.४ अन्तर्गत साविकको बेलही चपेना गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा अशोककुमार साह (वडा अध्यक्ष) र सदस्यहरुमा उपेन्द्र मुखिया, लक्ष्मण मण्डल, मजादेवी मण्डल र जगदम्वादेवी सदा रहेका छन् । [१४]

वार्ड नं. ५ अन्तर्गत साविकको मलेकपुर गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा दुःखीलाल भन्ने देवेन्द्र साह (वडा अध्यक्ष) र सदस्यहरुमा राजेन्द्र सुतिहार, हरी मण्डल, लगनीकुमारी सदा र पुनमकुमारी राम रहेका छन् ।[१५]

यस गाउँपालिका अन्तर्गत वार्ड नं. ६ मा फकिरा[१६], कुरनमा, बरदाही, इनर्वा,जगाई टोल पर्दछ ।[१७] राजगढ गाउँपालिकाको पुर्व दक्षिण भूभागमा यो वार्ड अवस्थित छ । यस वडाको कुल जनसंख्या ३३८४ र क्षेत्रफल ९.७९ वर्गकिलोमिटर रहेको छ । यस वडाका जन प्रतिनिधिहरुमा महमद ताहिर मंसुरी (वडा अध्यक्ष), उपेन्द्र झा (वडा सदस्य), सुदेश्वर सुतिहार (वडा सदस्य), फूलोदेवी मंडल (महिला सदस्य), दशनीदेवी खंग (दलित महिला सदस्य) हुन् । [१८]

जनसङ्ख्या

नेपालको सन् २०११ को जनगणना अनुसार राजगढ़ गाउँपालिकाको जनसङ्ख्या २९,४५९ रहेको छ।[१९]

प्रसिद्ध स्थलहरु

१. श्री रामजानकी मन्दिर (फुदाई मररका सन्तानहरुद्वारा निर्मित), (बाबा अखडा, फकिरा ) ।

२.श्री महादेव मन्दिर (खंग टोली, फकिरा ) ।

३.हिन्दू–मुस्लिमको ऐतिहासिक संगम स्थल (दिहबारबाबा–कबरगाह स्थल, पुरनी पोखरी, फकिरा ) ।

४.प्राचिन ईदगाह (धोबियाही, फकिरा ) ।

५.राजगढ गढी (नर्घो, झहुरा चोक) ।

६.श्रीकृष्ण मन्दिर (नर्घो) ।

७.चन्द्रावती पोखरी (झुटकी) ।

८.ऐतिहासिक दह (बनैनियाँ) ।

९.श्रीभगवती मन्दिर (बनैनियाँ) ।

१०.श्रीमहावीर थान (कमलपुर)

११.श्रीबजरंग बली मन्दिर (चपेना)

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड