रूपा गाउँपालिका

रुपा गाउँपालिकामा ७ ओटा ओडा छन । गाउँपालिका केन्द्र फालभन्ज्याङ  (रुपाकोट) मा रहेको छ ।  घरधुरि ३७८० छन भने क्षेत्रफल ९५.७७ (वर्ग कि.मी) रहेको छ ।

रूपाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ पालिका हो। यस गाउ पालिकामा वराह मन्दिर, चिसापानी मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने वराहथोक कोट, भिरचोक कोट, चिसापानी, मोहोरिया , थुम्की, देउराली, हंसपुर, रूपा ताल आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। ७०० रुपाकोट काला भैरब र चिसापानीदेवी यहॉंको प्रमुख तिर्थ स्थल हुन्। यहॉं विभिन्न जातजातिको बसोबास रहेको छ। ब्राहमन, क्षत्री, गुरुगं, मगर, मियॉं, नेवार, दमै, कामी , सार्की, आदी यहॉंका मुख्य बासिन्दा हुन्। रुपा गाउपालिका गण्डकी प्रदेश अन्तरगत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली, सिद्ध गा वि सहरुका सवै र हंसपुर गा वि सका अधिकांस भुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित क्षेत्रफल तथा जनसंख्याका हिसावले सानो, भुवनोटका दृश्टिले पहाड, फाट, एवं टारहरु भएको , विविधतामा एकता कायम रहेको ,प्राकृतिक हिसावले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउपालिका हो । यसको सर्वाडगीण विकासका लागि स्थानीय सरकारले हरतरहले प्रयास तथा प्रयत्न गरिरहेको छ । यस लेखमा यहांको अवस्था र विकासका लागि गाउपालिकावाट भएका प्रयासहरुलाइ अत्यन्त छोटो रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

भौगोलिक अवस्था

यस गाउपालिका उत्तरमा कास्की जिल्लाको मादि गाउपालिका पश्चिममा पोखरा महानगरपालिका दक्षिणमा तनहु जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुड जिल्लाको मध्यनेपाल नगरपालिकाको विचमा अवस्थित छ । जम्मा क्षेत्रफल ९४ दशमलव ८१ वर्ग कि मि भएको यस गाउपालिकामा अधिकाम्स भुभाग वन र पाखाहरु छन् भने केही फाट र टारको रूपमा रहेका छन् ।आर्थिक अवस्था

यस गाउपालिकाको आन्तरिक आयस्रोत ज्यादै कम रहनुका साथै याहाका वासिन्दाहरूको आय श्रोत दरिलो तथा नियमित नहुदा आर्थिक अवस्था सामान्य रहेकोले गाउपालिकाले विभिन्न पेशा, व्यवसाय र उद्योगको स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन स्वरुप विभिन्न अनुदान , तालिम जस्ता सृजनात्म कार्यक्रमहरू कार्यान्यनमा ल्याएको छ आफनो आन्तरिक आम्दानी बृध्धिका लागि सरोकारवालाहरूको संलग्नतामा कानुन निर्माण गरी कार्यान्यनमा ल्याएको छ ।

पर्यटकीय स्थल

पर्यटकीय हिसावले सुन्दर यस गाउपालिकामा आन्तरिक तथा वाह्य पर्यटकको मन तान्न सफल धेरै स्थलहरु छन् जस्तै रुपाताल हात्तीमैता टावर चिसापानी माझकोट स्याक्लुडकोट इन्द्रगुफा देउराली आदि ।


खानेपानी

यस गाउपालिकामा मानव वस्ति अधिकाम्स डाडाँमा भएकोले पिउने तथा अन्य प्रयोजनका लागि पानीको अत्यन्त अभाव भएकोले यस समस्याको निराकरणका लागि गाउपालिकाले एक घर एक धाराको रणनीति अवलम्वन गरी विभिन्न प्रणालीहरु मार्फत धेरै गाउहरूमा पानीको व्यवस्था गरिसकेको छ र वाकी गाउमा समेत पुर्याउन खानेपानीका गाउपालिकावाट ५४ , केन्द्र र प्रदेशवाट ११ र अन्य विभिन्न सङ्घ संस्थाहरुवाट ३ वटा य योजनाहरु सञ्चालन गरी रहेको छ ।

सिचाइ

यस गाउपालिकाको अधिकाम्स भागमा सिचाइको अभाव छ । यहाका केही भागमा मात्र वर्षायाममा स्थानीय खोलाहरुवाट सिचाइको व्यवस्था मिलाइएको छ भने । अधिकांश ठाउमा स्थानीय मुल र आकासे पानीको भर पर्नुपर्ने अवस्था छ । सिचाइको व्यवस्था मिलाउन गाउपालिकाले पुराना नहर तथा कुलाहरूको मर्मत संभार र सम्भाव्यता अध्ययन गरी नया कुलाको निर्माणको नीति अवलम्वन गरिरहेको छ ।


पेशा

यस गाउपालिकामा वसोवास गर्ने अधिकांस मानिसहरूको पेशा कृषि रहेको छ । यस वाहेक थोरै संख्यामा स्वदेसी जागिर तथा वैदेशीक रोजगारीमा संलग्न भएको अवस्था छ भने उद्योग व्यापार आदिको संख्या न्युन रहेको ।अवस्था भएकोले गाउपालिकाले कृषिको सुधारका लागि माटो परीक्षण छ भने स्वरोजगारका लागि विभिन्न प्रकृतिका तालिम , सचेतना एवं अनुदानका कार्यकमहरु सञ्चालन गरीरहेको छ ।

धर्म

यस गाउपालिकामा विभिन्न जातजातिको वसोवास भए जस्तै मान्दै आएका धर्ममा पनि विविधता रहेको छ । यहां मानिने धर्महरूमा विशेष गरी हिन्दु बुद्ध मुश्लीम छन् आदि रहेका छन् ।


जनसंख्या

यस गाउपालिकामा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या जम्मा १४५२६ रहेको छ जसमा महिला ८२३० र पुरुष ६२९६ रहेको देखिन्छ ।


सामाजिक अवस्था

यस गाउपालिकामा विभिन्न जातजातिको वसोवास रहेको छ । जसमा ब्राहमण ,क्षेत्री गुरुड नेवार मगर मुशलमान कामी दमाइ कुमाल सार्की भुजेल वोटे ठकुरी आदि रहेका छन् यस गाउपालिकाका वासिन्दाहरूले विभिन्न धर्म परम्परा संकृति चाडपर्व मनाउदै आएका छन् । विभिन्न जात जाति धर्म परम्परा चाडवाड संकृतिमा अनेकतामा एकता रुपा गाउपालिकाको सामाजिक विशेषता हो । गाउपालिकाले विभिन्न जात धर्म परम्परा संकृति आदि प्रति मित्रता सद्भाव समन्वय कायम राख्न तथा विभिन्न संकृतिको संरक्षण र सम्वर्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।शैक्षिक अवस्था

यस गाउपालिकामा हाल सामुदायिक ३२ र संथागत ३ गरी जम्मा ३५ वटा विद्यालयहरु सञ्चालन भइरहेका छन् । घरधुरी सर्वेक्षण गर्दा विद्यालय उमेर समुहका कुनै पनि वालवालिका विद्यालय वाहिर रहेको देखिदैन । गाउपालिकाले शिक्षा नै विकासको मुल आधार हो मान्यताका साथ गुणस्तरीय वालमैत्री एवं व्यवसायिक सुनिश्चितता प्रदान गर्न शिक्षकको मनोवल बृध्धि गर्ने, शिक्षक एवं कर्मचारीको नियमिततामा पारदर्शता ल्याउने पालिका स्तरीय शैक्षिक क्यालेन्डर निर्माण एवं कार्यान्वयन गर्ने शैक्षिक विकासका लागि विभिन्न सङ्घ सस्था र दाताको खोजि गर्ने अंग्रजी माध्यम र पाठ्यपुस्त लागु गर्ने सरोकारवालाहरूको संलग्नतामा शैक्षिक योजना निर्माण र कार्यान्वयन गर्ने जनप्रतिनिधि र कर्मचारीवाट नियमित निरीक्षण र अनुगमन गर्ने गाउपालिकालाइ आधारभुत शिक्षा सुनिश्चित भएको गाउपालिका घोषणा गर्ने आदि महत्त्वपूर्ण कामहरु गर्दै आइरहेको छ ।[१]

स्वास्थ्य

यस गाउपालिकामा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५ वटा स्वास्थ्य चौकी २ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालित छन् । ५ वटै स्वास्थ्य चौकिमा प्रयोगशाला सेवा समेत उपलव्ध छ । समुदाय स्तरमा १९ खोप केन्द्र १५ गाउघर क्लिनिक र ७४ जना महिला स्वास्थ् स्यमं सेविकाहरुवाट समेत स्वास्थ्य सेवा उपलव्ध छ । रुपाकोट र देउराली स्वास्थ्य चौकीमा २४ सै घण्टा सुरक्षित प्रसुति सेवा प्रदान गरिएको छ । गाउपालिका द्वारा स्वास्थ्य सेवालाइ उच्च प्रथामिकता दिदै आएको छ ।


सुचना तथा सञ्चार

सुचना र सञ्चारको क्षेत्रमा यस गाउपालिकामा एक इलाका हुलाक र अतिरिक्त हुलाकहरु सञ्चालनमा छन् भने टेलिफोन इमेल तथा इन्टरनेटको सुविधा समेत उपलव्ध छ । गाउपालिकाले यसको थप व्यवस्था र सुधारका लागि पहल कदमी गरिरहेको छ । भने गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न स्थानहरुमा FREE WIFI सेवा सुचारु गरिसकेको छ।

यातायात

  यस गाउपालिका अन्तरगतका सवै वडा र गाउहरूमा कच्ची मोटरवाटो पुगीसकेको छ । खोलाको छेउ देखि थुम्कीसम्मको मोटरवाटो कालोपत्रे भइसकेको छ भने सिशुवादेखि सिसाघाट र वेगनासताल देखि भोर्लेटारसम्म कालोपत्रे हुने क्रममा रहेका छन् । यस गाउपालिकाको सवैजसो ठाउमा तालिका वमोजिम नियमित वस सेवा उपलव्ध छ । गाउपालिकाले आवश्यकता अनुसार नया वाटो निर्माण तथा स्तर उन्नतीका लागि योजना निर्माण र कार्यान्वयन गरिरहेको छ ।

कृषि

यस रुपा गाँउपालिकाका धेरै क्षेत्रमा सिचाइको अभाव भएकाले खाध्यान तरकारी फलफूलहरूको न्युन उत्पादन हुनका साथै उत्पादन भएका तरकारीहरूले पनि उचित मूल्य पाउन सकेका छैनन् । यस गाउँपालिका भित्र व्यावसायिक कृषि तथा पशुपालनप्रति यहाँका मानिसहरु एकदम कम आकर्षित भएको पाइन्छ । साथै यस गाउँपालिका भित्र १ वटा मौरी पकेट क्षेत्र कफि पकेट क्षेत्र सुन्तला पकेट क्षेत्र भएका छन् भने यस आ व वाट तरकारी पकेट क्षेत्र १ मौरी पकेट क्षेत्र १ र धान पकेट क्षेत्र १ थप भएका छन् । यहाको हावापानी उपोष्ण भएकाले याहा अदुवा वेसार पिडालु राम्रो हुन्छ । पशुपालन तर्फ कुखुरा पालन र बाख्रा पालन व्यवसाय पनि हावापानीका दृष्टिले उपयुक्त छ । याहाको तल्लो भागमा आलु काउली बन्दा र गोलभेडा खेती हुन्छ । याहाका मुख्य वाली मकै र कोदो हुन ।

विकासका सम्भावनाहरु१ पर्यटन विकास

२ कृषिको पशुपालन र मौरी पालन

३ जल विद्युतको उत्पादन

४ जडिवुटी खेती

५ फलफुल खेती

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड