लाली गुराँस

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठुलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाइ लगभग ५ देखि १० से.मी. सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठुलो र झ्याम्म परेको हुन्छ।

लाली गुराँस
वैज्ञानिक वर्गीकरण edit
जगत:वनस्पति
प्राकृतिक समूह:फूल फुल्ने वनस्पति
प्राकृतिक समूह:दुईदलीय वनस्पति
प्राकृतिक समूह:एस्टेरिड्स
गण:Ericales
परिवार:Ericaceae
वंश:गुराँस
Sm.
प्रजाति:
R. arboreum
वैज्ञानिक नाम
Rhododendron arboreum
Sm.

प्रजातिहरू

विश्वमालालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पाइन्छन्। यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात ३ हजार मीटर भन्दा माथिको उचाइमा पाइन्छ। गुराँस को राजधानी भनेर तीनजुरे लाई मानीन्छ।

उपयोग

यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका दुवै प्रजातिहरू औषधि मानिन्छन्। लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ। त्यसैले पनि यसलाई औषधि मानिन्छ। नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मङ्गलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड