वन तथा वातावरण मन्त्रालय (नेपाल)

वन तथा भू-संरक्षण मन्त्रालय नेपाल सरकारको वन तथा वन पैदावरको संरक्षम, उपयोग तथा व्यवस्थापन कार्यगर्ने सर्वोच्च कार्यालय हो। वनक्षेत्रको संरक्षण, सम्बर्धन तथा समुचित सदुपयोगबाट देशको आर्थिक, सामाजिकविकास गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन एवम् पिछडिएको समुदाय तथा महिलाहरू समेतको जीविकोपार्जनका अवसरहरू बढाउने उद्देश्य सहित यसको स्थापना भएको हो।

उद्देश्यहरू

  • जनमानसमा वातावरणीय स्वच्छताको चेतना बर्ढाई भौतिक विकास सम्बन्धी क्रियाकलापहरूबाट वातावरणमा पर्न जाने प्रतिकूल असरहरू पर्न नदिन एवम् वातावरणको संरक्षण गरी वन, वनस्पति र वन्यजन्तुको संरक्षण गर्ने।
  • वन सम्पदाको दिगो व्यवस्थापन गरी र्सवसाधारण जनता र वन पैदावारमा आधारित उद्योग तथा व्यवसायको लागि समते आवश्यक पर्ने वन पैदावारहरूको नियमित आपूर्ति व्यवस्था मिलाउने।
  • जडीवुटी लगायत अन्य वन पैदावारहरूको आर्थिक रूपमा प्रतिस्पर्धा एवम् आधुनिक खेती विकास तथा बिस्तार गरी स्थानीय रोजगारी एवम् आय आर्जनका अवसरहरू सृजना गर्ने।
  • जलाधार क्षेत्रहरूको व्यवस्थापनबाट भू-क्षय नियन्त्रण गरी जमिनको उर्वरा शक्ति कायम राख्न टेवा पुर्‍याउने।
  • राष्ट्रिय जैविक विविधता नीति अनुरूप पर्वतीय घाँसे मैदान, वन, सिमसार, राष्ट्रिय निकुन्ज तथा आरक्षहरूको जैविक विविधता एवम् वानस्पतिक स्रोतको संरक्षण, सर्म्बर्द्धन तथा सदुपयोगबाट प्राकृतिक पारिस्थितिकीय सन्तुलन कायम राखी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने।
  • जनसहभागीतामूलक पद्धति अपनाई वनमा आधारित विकास कार्यक्रमहरू मार्फत गरीब, महिला तथा पिछडिएका वर्गको आयआर्जन र रोजगारीका अवसरहरू सिर्जना गरी गरीबी घटाउन टेवा पुर्‍याउने।

कार्यक्षेत्र र जिम्मेवारी

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७ बमोजिम वन तथा भू-संरक्षण मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्यहरू निम्नप्रकार छन्।

  • वन सम्बन्धी नीति, योजना र
  • सरकारी वन, धार्मिक वन, सामुदायिक वन, कबुलियती वन, निजी वन आदि,
  • सरकारी र गैरसरकारी वन क्षेत्रको र्सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारण,
  • भू-उपयोग, वन जङ्गल र वन पैदावारको उपयोग, संरक्षण तथा सर्म्बर्द्धन,
  • वन पैदावार विकास सम्बन्धी
  • वनजन्य उद्योग र वनजन्य कच्चा पदार्थहरूको प्रबन्ध तथा खोटो उद्योग सम्बन्धी,
  • वन अनुसन्धान तथा वृक्षरोपण र सोको संरक्षण एवम् व्यवस्थापन,
  • वन्यजन्तु एवम् पशुपंक्षीको संरक्षण र सदुपयोग सम्बन्धी,
  • राष्ट्रिय निकुन्ज, वन्यजन्तु आरक्ष र शिकार क्षेत्र,
  • हात्तीसार र चिडियाखाना सम्बन्धी,
  • भू तथा जलाधार क्षेत्र संरक्षण, सर्म्बर्द्धन, विकास र समन्वय सम्बन्धी,
  • प्राकृतिक वातावरणको संरक्षण र सन्तुलन सम्बन्धी,
  • वनस्पति र जडीबुटी सम्बन्धी नीति, सर्वेक्षण, सङ्कलन प्रवर्धन, प्रशोधन, उत्पादन र उपयागे सम्बन्धी अनुसन्धान,
  • शाही वनस्पति उद्यान, जडीबुटी उद्योग सम्बन्धी,
  • वनस्पति सँग्राहलयो सम्बन्धी,
  • वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण र भू-संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीम, सम्मेलन, गोष्ठी र प्रदर्शनीहरू तथा प्रचार प्रसार,
  • वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण र भू-संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूसँग सर्म्पर्क,
  • महेन्द्र प्रकृति संरक्षण कोष,
  • नेपाल वन सेवा सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र
  • बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यताको निर्धारण तथा विभागीय कारवाही।

मन्त्रालय अर्न्तर्गतका निकायहरू

विभागहरू

कार्यालयहरू

  • क्षेत्रिय वन निर्देशनालय - ५
  • क्षेत्रीय तालीम केन्द्र - ५
  • डिभिजन वन कार्यालय - ७४
  • डिभिजन भू संरक्षण कार्यालय -६१
  • जिल्ला वनस्पति कार्यालय - ७
  • सशस्त्र वन रक्षक तालीम केन्द्र - १

समिति, संस्थान र कम्पनि


सम्पर्क ठेगाना

नेपाल सरकार
बन तथा भुसंरक्षण मन्त्रालय
सिंहदरवार, काठमाडौ, नेपाल
फोन नं. : ४२२००६७
फ्याक्स : ९७७-१-४२२३८६८ ९७७-१-४२२३८६८
इमेल : info@mofsc.gov.np, webmaster@mofsc.gov.np

आधिकारीक वेबसाइट

www.mofsc.gov.np वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२३ मिति

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड