विकिपिडिया:नीति तथा दिशानिर्देशहरू

विकिपीडिया नीति तथा दिशानिर्देशहरू समुदायद्वारा सर्वसम्मतिले विकसित गरिएको हो जुन राम्रो लेख लेख्न, नियमहरूलाई स्पष्ट गर्न, विवादहरुलाई पन्छाउनका लागि, एक निशुल्क, विश्वसनीय ज्ञानकोषका निर्माणको काममा आउन सकोस् । सम्पादन आरम्भ गर्नको लागि कुनै पनि नीतिलाई पढ्ने आवश्यकता छैन । तर, पञ्च स्तम्भलाई पढ्नु आवश्यक छ, जसमा सर्वाधिक प्रासङ्गिक सिद्धान्तहरुको एक सारांश दिइएको छ ।

यद्यपि विकिपीडिया यी नीतिहरुको पालनमा बल दिदैं, विकिपीडियाका नीतिहरू र दिशानिर्देशहरूसित सम्बन्धित पृष्ठ यसका सिद्धान्तहरू र श्रेष्ठ लेखन विधिहरूको वर्णन गर्दछन् । यी नीतिहरू ती मानकहरूको वर्णन गर्दछन् जसको सबै प्रयोक्ताहरूद्वारा पालन गर्नु पर्छ, तर पनि प्रत्येक पल्ट सबै मानकहरुको पालन सम्भव नहुन पनि सक्छ र यी नीतिहरू र दिशानिर्देशहरूलाई प्रयुक्त गर्दै कृपया आफ्नो विवेकले काम लिनुहोस्।

भूमिका

  • नीतिहरूको सम्पादकहरूका बीच विस्तृत स्वीकृति होस् र यो ती मानकहरूको वर्णन गर्दछ जसको सबै प्रयोक्ताहरूले साधारणतया पालन गर्नु पर्नेछ।
  • देशानिर्देश ती श्रेष्ठ लेखन विधिहरू हुन् जो आमरायद्वारा समर्थित छन्। सम्पादकहरूलाई देशानिर्देशहरूको पालन गर्ने प्रयास गर्नु पर्नेछ, यद्यपि यो स्वविवेक र आम समझमा निर्भर गर्दछ, र यिनमा कहिले-काहीं कुनै अपवाद पनि हुन सक्छ।

लेख लेख्ने निर्देश

विकिपीडियामा लेख लेख्दा यी कुराहरुलाई ध्यान राख्नु पर्नेछ:

  1. लेख लेख्दा सन्दर्भहरुलाई उपयुक्त स्थानहरूमा उपलब्ध गराइनु पर्छ।
  2. कुनै पनि कुरालाई लेख्दा यस कुराको ध्यान राखिनु पर्छ जो बिल्कुल तटस्थ छ अथवा कुनै पनि पक्षको समर्थन वा विरोध गर्दैन अनि एक निष्पक्ष कुरा सामुन्ने राख्छ।
  3. लेखको भाषा एकदम सभ्य र सुसंस्कृत हुनुपर्छ। यो कुरा अश्लील विषयहरुमा लेख बनाउँदा पनि लागू हुन्छ। कृपया यस कुराको ध्यान राख्नुहोस् कि विकिपीडियाका पाठक नानीहरु पनि हुन सक्छन् र उनीहरू यस प्रकारका लेखहरू अथवा पृष्ठसम्म पुग्छन्। जानकारी दिनका लागि कुनै एक वा दुइ स्थानहरुमा कुरा राख्न सक्नुहुन्छ तर यसै उद्देश्य (अश्लिलताको आनन्द लिन)का निम्ति कुनै पनि लेख बनाइनु हुँदैन।

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड