वेल्डिङ

वेल्डिङ (अङ्ग्रेजी: Welding) निर्माणको एक प्रक्रिया हो जुनमा चीजहरू लाई जोड्ने काम आउँछ। वेल्डिङद्वारा मुख्यतः धातुहरू र थर्मोप्लास्टिक जोडिन्छ। यस प्रक्रिया मा सम्बन्धित टुक्राहरूलाई तताएर पगालिन्छ र त्यसमा एक फिलर सामग्रीलाई पनि पगालेर मिलाइन्छ । यो पग्लेको धातुहरू र फिलर सामग्री चिसो भयो भने एक मजबूत जोड बन्छ। वेल्डिङको लागि कहिले-कतै तापको साथै दबाबको प्रयोग पनि गरिन्छ।

The iron pillar of Delhi, India

इतिहास

धातुहरूलाई जोड्ने इतिहास हजारौ वर्ष पछाडी जान्छ। यसको प्रारम्भिक उदाहरणहरू युरोपमध्य पूर्वमा कांस्य र फलाम युगबाट आउँछन्। प्राचीन ग्रीक इतिहासकार हेरोडोटसले इसा पूर्दवको पाँचौ शताब्दीमा द हिस्ट्रीज भनेका छन् कि चिओसका ग्लाकस ( Glaucus of Chios) "एक्लै फलाम वेल्डिङको आविष्कार गर्ने मानिस थिए"।[१] दिल्लीको फलामको स्तम्भको निर्माणमा वेल्डिङ प्रयोग गरिएको थियो, जुन ३१० ईस्वी भारतको दिल्लीमा खडा गरिएको थियो र तौल ५.४  मेट्रिक टन छ .[२]

मध्य युगले फोर्ज वेल्डिङमा प्रगति भयो, जसमा लोहारहरूले तातो धातुलाई नाजोडिदासम्म हान्छन्। १५४० मा , Vannoccio Biringuccio ले डे ला पिरोटेकनिया प्रकाशित गरे, जसमा फोर्जिंग अपरेशनको विवरण समावेश छ।[३] पुनर्जागरण शिल्पकारहरू वेल्डिङ प्रक्रियामा कुशल थिए, र उद्योगले आउँदा शताब्दीहरूमा उन्नति हुँदै गयो ।[३] १८०० मा, सर हम्फ्री डेभीले सर्ट-पल्स इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: short-pulse electrical arc) पत्ता लगाए र १८०१ मा आफ्नो नतिजा प्रस्तुत गरे।[४][५][६] १८०२ मा, रूसी वैज्ञानिक भासिली पेट्रोभले कन्टिनियस इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: continuous electric arc) को आविस्निकार गरे,,[६][७][८] र पछि १८०३ मा "न्युज अफ ग्याल्भानिक-भोल्टाइक एक्सपेरिमेन्टस् News of Galvanic-Voltaic Experiments" प्रकाशित गरे, जसमा उनले १८०२ मा गरिएको प्रयोगहरू वर्णन गरिएको छ। यस कार्यमा ठूलो महत्त्व स्टेबल आर्क डिस्चार्ज (अङ्ग्रेजी: Stable Arc Discharge) को विवरण र धेरै उपयोगिताका लागि यसको सम्भावित प्रयोगको सङ्केत थियो, जसमध्ये एउटा धातु पगाल्ने थियो। [९] १८०८ मा, डेभी, जो पेट्रोभको कामको बारेमा अन्जान थिए, ले कन्टिनियस इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: continuous electric arc) को पुन: पत्ता लगाए। [५][६] 1881-82 मा आविष्कारकहरू निकोलाई बेनार्डोस (रूसी) र स्टानिस्लाव ओल्स्जेव्स्की (पोलिश)[१०] ले कार्बन इलेक्ट्रोड प्रयोग गरेर कार्बन आर्क वेल्डिंग(अङ्ग्रेजी: Carbon arc welding) भनेर चिनिने पहिलो इलेक्ट्रिक आर्क वेल्डिङ विधि सिर्जना गरे। १८०० को उत्तरार्धमा रुसी निकोलाई स्लाभ्यानोभ (१८८८), र एक अमेरिकी, सीएल कफिन (१८९०) द्वारा मेटल इलेक्ट्रोड(अङ्ग्रेजी: Metal Electrode)को आविष्कार संगै आर्क वेल्डिङको विकास निरन्तरता पाइरह्यो । १९०० को आसपास, A.P. Strohmenger ले बेलायतमा एक कोटेड धातु इलेक्ट्रोड (अङ्ग्रेजी: Coated Metal Electrode) सार्वजनिक गर्यो, जसले थप स्थिर आर्क दिन्थ्यो । १९०५ मा, रूसी वैज्ञानिक भ्लादिमिर मिटकेविचले वेल्डिंगको लागि थ्री-फेज इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: three-phase electric arc) प्रयोग गर्ने प्रस्ताव गरे।१९१९ मा सी.जे होल्सलागले अल्टरनेटिङ करेन्ट वेल्डिङ को आविष्कार गरे, तर अर्को दशकको लागि लोकप्रिय भएन।[११]

प्रकार

आर्क वेल्डिङ

आर्क वेल्डिङ

कुट्टित वेल्डिङ(Forge Welding)

ग्याँस वेल्डिङ

सबैभन्दा प्रचलित ग्यास वेल्डिङ "अक्सीफ्युल वेल्डिङ" [१२]हो जसलाई अक्सीएसीटाईलिन वेल्डिङ पनि भनिन्छ। यो सबैभन्दा पुरानो र बहुपयोगी मध्ये एक वेल्डिङ प्रक्रिया हो। तर हालका वर्षहरूमा यसको औद्योगिक प्रयोगहरूमा लोकप्रियता कम भैरहेको छ। यो अझै पनि व्यापक रूपमा वेल्डिङ पाइप र ट्यूब, साथै मर्मत कार्यको लागि प्रयोग गरिन्छ।[१२]

The equipment is relatively inexpensive and simple, generally employing the combustion of acetylene in oxygen to produce a welding flame temperature of about 3100 °C (5600 °F).[१२] The flame, since it is less concentrated than an electric arc, causes slower weld cooling, which can lead to greater residual stresses and weld distortion, though it eases the welding of high alloy steels. A similar process, generally called oxyfuel cutting, is used to cut metals.[१२]

लेजर किरण वेल्डिङ

सुरक्षा मुद्दा

A stick welding booth equipped with local exhaust system (LEV) that removes the toxic fumes, gases, vapours and dusts before they can mix with the room air. Besides toxic emissions, the booth also helps protect bystanders from UV light. With a well-ventilated booth, personal protective equipment is still needed for the welder.
Arc welding with a welding helmet, gloves, and other protective clothing (1942)

सामान्यतया वेल्डिङ प्रक्रियाहरूमा खुला इलेक्ट्रिक आर्क वा ज्वाला समावेश भएको हुनाले, जल्ने र आगोको जोखिम महत्त्वपूर्ण हुन्छ. यदि उचित सावधानी अपनाइएन भने वेल्डिङ खतरनाक र अस्वस्थ हुन सक्छ। यद्यपि, नयाँ प्रविधि र उचित सुरक्षाको प्रयोगले वेल्डिङसँग सम्बन्धित चोटपटक र मृत्युको जोखिमलाई निकै कम गर्छ।[१३]

चोटपटक नहुनको लागि, वेल्डरहरूले अति गर्मी र आगोको जोखिमबाट बच्न भारी छालाको पन्जा र सुरक्षात्मक लामो बाहुला ज्याकेटको रूपमा व्यक्तिगत सुरक्षा उपकरणहरू लगाउँछन्। पोलिएस्टर जस्ता सिंथेटिक कपडाहरू लगाउनु हुँदैन किनभने यस्तो कपडा जलेर पालना सक्छ र चोट लाग्न सक्छ। [१४]

थप रूपमा, वेल्ड क्षेत्रको चमकले आर्क आँखा(अङ्ग्रेजी: arc eye) वा फ्ल्यास बर्न्स (अङ्ग्रेजी: flash burns) भनिने अवस्था निम्त्याउँछ जसमा पराबैजनी प्रकाशले कोर्नियाको सूजन निम्त्याउँछ र आँखाको रेटिना जलाउन सक्छ। यो एक्सपोजरबाट बच्न गाढा UV-फिल्टरिङ फेस प्लेट भएको चश्मा र वेल्डिङ हेलमेटहरू लगाइन्छ। २००० को दशकदेखि, केही हेलमेटहरूमा फेस प्लेट समावेश गरिएको छ जुन तीव्र यूवी प्रकाशको जोखिममा तुरुन्तै कालो हुन्छ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड