शिवराज नगरपालिका

शिवराज नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] चन्द्रौटा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । शिवराजलाई नगरपालिका घोषणा गर्दा शिवपुर, विरपुर, विसुनपुर, चनईजवाभारी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१][२] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा शिवराज पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

शिवराज नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लाकपिलवस्तु
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरनेत्रराज अधिकारी
 • उप मेयरशिव कुमारी चौधरी
क्षेत्रफल
 • जम्मा१७८.९५ किमी (६९.०९ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[२]
 • जम्मा४९,९८८
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटwww.shivarajmun.gov.np

जनसङ्ख्या

शिवपुर, विरपुर, विसुनपुर, चनईजवाभारी गाविसहरूलाई मिलाएर शिवराज नगरपालिका बनाइएको हो ।[३] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर शिवराज नगरपालिकाको जनसङ्ख्या ४९,९८८ रहेको छ । शिवराज नगरपालिकामा ८,४४१ घरधुरि छन ।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड