हेमन यात्री

नेपाली कवि

हेमन यात्री (अङ्ग्रेजी: Heman Yatri), जन्म वि.सं. २०३८।५।९ (तदनुसार १९८१ अगष्ट २५) नेपाली कवि, गीतकार हुन् ।[१]

हेमन यात्री
कवि
जन्मवि.सं २०३८।५।९
रमितेखोला, मोरङ
राष्ट्रियतानेपालनेपाली
शिक्षाएम.ए.
पेशालेखन,
चिनारीको कारणकविता, गीत
उल्लेखनीय कार्य
आंशुको मुल्य, पहाड मसितै यात्रा गर्छ
गृहनगरटांडी, मोरङ


प्रारम्भिक जीवन

पिता बोम प्रसाद राई तथा माता सुकुमाया चाम्लिंगका कोखबाट वि.सं २०३८।५।९ मा मोरङको टांडीमा जन्म लिएका हुन् । केटाकेटी छंदा गाउंमा प्रकाश कोविदको उपन्यासहरु खुबै पढ्ने कवि यात्री मनपर्ने विधा भनेको कविता नै हो । आफ्नो लेखन यात्रा निरन्तर रहने बताउने कवि हेमन जिन्दगीलाई यात्राको संज्ञा दिने दिएकाले आफ्नो नामको पछाडि यात्री उपनाम राखेका छन् । [२]

शिक्षा एवम कार्य जीवन

मोरङको रमिते खोलाका श्री टाडी माध्यमिक विद्यालय उतरेबाट वि.सं. २०५७ मा एस.एल.सी. उत्तीर्ण गरी उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट एम.ए. पूरा गरेका छन् । उनी विविध समयमा विभिन्न रेडियो कार्यक्रमहरूमा साहित्यिक कार्यक्रमका संचालक समेत रहेका छन् । विभिन्न साहित्यक सङ्घ संस्थासंग आवद्ध यात्री विशेषत धरानका साहित्यिक संस्था कलरवका संस्थापक सदस्य समेत रहेका छन् र सो संस्था अन्तर्गत सक्रिय रूपमा स्थानिय तथा राष्ट्रिय कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।

लेखनशैली


आमाको गीत : २

हिउँदे बतासको लैवरीमा
थपडि बजाइरहेछन् चिउरीका पातहरु
भर्लेनि पाखामा कोरस आलापिरहेछन् ।

नजिकै बगिरहेको छ चिपचिपे खोला
आमा रुखबाट ओर्लेर कुवा बनाउँछिन्
र कुवाको ऐनामा
युद्धमा बेपत्ता छोराको अनुहार देख्छिन् ।

यतिन्जेल आफ्नै अनुहार राम्ररी नदेखेको आमाले
आफैलाई छोराजस्तो देखेर
निकैबेर के के सोचिरहिन् ... र?
कुवामा देखिएको अनुहार आफ्नै आँसुले लतपतिएपछि
आमा झस्किदै पटुकीको फेरो समातेर
छोराको सम्झना पोखिएको आँखाका डील पुछिछन्
र खोलाको चेप्टेढुंगामा बसेर
छोराले लेख्न सिकाएको आफ्नै नाम
लेख्तै-मेट्तै गर्छिन् ।

सम्झना बिस्तारै भाग्दै-भाग्दै जान्छ
आमा पारिपटिृ पश्चिम फर्किएको
कटुसको झ्याङमा घडी हेर्छिन्
पात-पातमा पँहेलो घाम झुन्डिएको देखेर
डँडाल्नोभरि हरियो गीतको भारी बोकेर घर फिर्छिन् ।

साँझपख घरमुन्तिरको बूढो खरबारीमा
हँसिया बोकेर हिँडेकी आमा
खै ! किन हो,
खरबारीमा बसेर गुनगुनाउन थालिन्-
"सरमा-सर सिक्रेटै खानू कैंचिमार बकासको
कैंचिमार बकास खोलेर हेर्दा छ माया क-कसको
यसरी उमेरको पचपन्न वर्षपछि
पहिलोपटक आमाले रुँदै-रुँदै गाएको सुनेर
खरबारी आफै रोइरहेको छ ।

पहाड मसितै यात्रा गर्छ , २०६९, रत्ना पुस्तक भण्डार, काठमाण्डै ISBN 9789993309567


समय, परिवेश, जीवन, जीवनभोगाइ, देश, राष्ट्रियता विसंगति, यौन, अस्तित्व, विकृति, पराधीनता, विडम्बना, इत्यादि वरिपरि नै छन् यिनका कविता । ।[३] सुरुचिपूर्ण विम्ब-विधानयुक्त यात्रीका कविताले नेपालको सम्पन्न प्राकृतिक सौन्दर्य र मानिसबीच समन्वयलाई मौलिक रूपमा प्रस्तुत गरेको पाईन्छ । [४]

मौलिक सांस्कृतिक कथा, मिथक र प्राकप्रसंग पाईन्छन् यिनका कवितामा । आफ्नै संवेदना लेखिनुले, आफ्नै सांस्कृतिक कथा र मिथक लेखिनुले र आफ्नै समय लेखिनुले यिनका कविताले आफ्नै समाज, परिवेश, समय र संस्कृतिबाट दृष्य पाएका छन्, गहिराइ र कला पाएका छन्, आवाज र लय पाएका छन् । [५]

लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू

कविता सङ्ग्रह : पहाड मसितै यात्रा गर्छ [६][७]
गजल-गीतसङ्ग्रह : आंशुको मुल्य[१]

पुरस्कार तथा सम्मान

  • कालिका स्रस्टा सम्मान चितवन २०६५
  • श्री टाडी मा बि सम्मान रमितेखोला २०६७
  • डेब्यु बुक अवाड (पहाड मसितै यात्रा गर्छ का लागि )२०६८/२०६९
  • नवोदित कृति पुरस्कार २०७०, रिडर्स क्लब नेपाल र मोहनगोपाल खेतान प्रतिष्ठान [८][९]
  • सतासी साप्ताहिक सम्मान झापा २०७१
  • नेपाली साहित्य कला डट कम प्रसम्सा पत्र २०७१

सन्दर्भ सूची

बाह्य कडीहरू