वाच्य (व्याकरण)

वाच्य भनेको भनाइ हो । वाक्यमा रहेका कर्ता, कर्म र क्रियामध्ये कुन भनाइ मुख्य रहेको छ भनी छुट्याउने व्याकरणिक कोटिलाई वाच्य भनिन्छ । अर्थात् कर्ता, कर्म र भावको बोध गराउने वाक्यलाइ वाच्य भनिन्छ ।

नेपालीमा वाच्य तीन प्रकारको हुन्छन् :क) कर्तृवाच्य, ख) कर्मवाच्य र ग) भाववाच्य

कर्तृवाच्य :

कर्ताको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्तृवाच्य भनिन्छ । अर्को शब्दमा कर्ता जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । कर्तृवाच्यको कर्तामा परिवर्तन गर्दा त्यसको असर क्रियामा पर्दछ । कर्तृवाच्यको वाक्य सकर्मक र अकर्मक दुवै क्रियाबाट बन्न सक्छ । कृर्तवाच्यको क्रिया सकर्मक छ भने कर्मवाच्य र अकर्मक छ भने भाववाच्यमा परिवर्तन गर्नुपर्छ ।

जस्तै : सकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ चिठी लेख्छ ।
  2. म भात खान्छु
  3. विनोदले भात खायो ।
  4. भाइ भकुन्डो खेल्छ ।
  5. गोठालोले घाँस काट्यो ।

अकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ रोयो ।
  2. म हाँस्छु ।
  3. हरि मेचमा बस्छ ।
  4. विनोद हिँड्यो ।

कर्मवाच्य

:कर्मको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्मवाच्य भनिन्छ । अर्को शब्दमा कर्म जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्मवाच्य भनिन्छ । कर्मवच्यको क्रियापद सकर्मक क्रियाबाट मात्र बन्दछ । कर्मवाच्यबाट कर्तृवाच्यमा वाच्य परिवर्तन गर्न सकिन्छ ।

जस्तै :

कर्मवाच्यकर्तृवाच्य
१.आफू त परीक्षा लेखिन्छ ।म त परीक्षा लेख्छु ।
२.भाइबाट कलम किनियो ।भाइले कलम किन्यो ।
३.रमेशबाट भात खाइएला ।रमेश भात खाला ।
४.माधवबाट भकुन्डो खोलियो ।माधवले भकुन्डो खेल्यो ।
५.मबाट मासु खाइन्छ ।म मासु खान्छु ।

रविना ले कपी र किताब किनिन्

भाव वाच्य

वाक्यमा क्रिया वा क्रियाको अर्थ मुख्यरूपमा रहने वाच्यलाई भाववाच्य भनिन्छ । भाववाच्यको क्रियापद अकर्मकबाट मात्र बन्छ । क्रियाको धातुपछि ‘इ’ थपिएर भाववाच्यको क्रिया बन्छ । यसबाट वाच्य–परिवर्तन गर्दा कर्तृवाच्यमा गरिन्छ ।

जस्तै :uniharu khub nachaxan

भाववाच्यकर्तृवाच्य
१.(रामद्धारा) हाँसिन्छ।आफु त क्लबमा आनन्दले नाच्छु।
२.(विनोद्धारा) घर गइनेछ ।विनोद घर जानेछ ।
३.आफू त कतै गइन्न ।म त कतै जान्न ।
४.सुत्नसम्म सुतिएछ ।सुत्नसम्म सुतेछु ।
५.(रामबाट) चाँडै हिँडियो ।राम चाँडै हिँड्यो ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड