अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय आर्थिक निधि (अङ्ग्रेजी:इन्टरनेशनल मनीटरी फन्ड, लघुरूप:आईएमएफ) एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले यसका सदस्य देशहरूको वैश्विक आर्थिक स्थितिमाथि नजर राख्ने काम गर्छ। यसले आफ्ना सदस्य देशहरूलाई आर्थिक र प्रविधि सहायता दिन्छ। यो सङ्गठन अन्तर्राष्ट्रिय विनिमय दरलाई स्थिर राख्नुको साथ-साथ विकास कार्यलाई सुगम बनाउन सहायता गर्दछ। [२] यसको मुख्यालय वांशिगटन डी.सी, संयुक्त राज्यमा छ। यस सङ्गठनका प्रबन्ध निर्देशक डामनिक स्ट्रस छन्। आईएमएफलाई विशेष मुद्रा एसडीआर (स्पेशल ड्राइंग राइट्स) छ। अन्तर्राष्ट्रिय व्यापार र वित्तको निम्ति केही देशहरूको मुद्राको प्रयोग गरिन्छ, यसलाई एसडीआर भनिन्छ। एसडीआरमा यूरो, पाउंड, येन र अमेरिकी डलर पर्छन्। आईएमएफको स्थापना सन् १९४४ मा गरिएको हो। विभिन्न देशहरूका सरकारका ४५ प्रतिनिधिहरूले अमेरिकाको ब्रिटेन बुड्समा बैठक गरेर अन्तर्राष्ट्रिय आर्थिक सम्झौताको रूपरेखा तयार गरे। २७ डिसेम्बर १९४५ का दिन २९ देशहरूले सम्झौतामा हस्ताक्षर गरेपछि आईएमएफको स्थापना भयो।


अन्तर्राष्ट्रिय मुद्रा कोष
आई.एम.एफ सदस्य देश हरियो रंगमा
आई.एम.एफ सदस्य देश हरियो रंगमा
केन्द्रीय कार्यालयवाशिंगटन डी.सी., संयुक्त राज्य
स्थापनाजुलाई, १९४४
प्रबंध निदेशकक्रिस्टीन लेगार्ड
मुद्राविशिष्ट ड्रइंग अधिकार
XDR (आइएसओ ४२१७)
बैंक दर३.४९% एस.डी.आरको लागि[१]
वेबसाइटwww.imf.org
वाशिंगटन डी.सी.मा मुख्यालय

आईएमएफका कुल १८६ सदस्य देश छन्। २९ जून २००९मा कोसोवो गणराज्य १८६औं देशको रूपमा सामेल भयो।[३][४] आईएमएफको उद्देश्य आर्थिक स्थिरता सुरक्षित गर्नु, आर्थिक प्रगतिलाई बढावा दिनु, गरीबी कम गर्नु, रोजगारलाई बढाउनु र अन्तर्राष्ट्रिय व्यापार सुविधाजनक बनाउनु हो। सदस्य देशहरूको संख्या बढनुका साथै वैश्विक अर्थ-व्यवस्थामा आईएमएफको कार्य धेरै बढेर गएकोछ। कुनै पनि देशले आईएमएफको सदस्यताको लागि आवेदन गर्न सक्छ। सर्वप्रथम यो आवेदन आईएमएफको कार्यपालक बोर्डद्वारा विचाराधीन पठाइन्छ। त्यसपछि एग्जीक्यूटिव बोर्ड, बोर्ड अफ गर्वनेसलाई उसको स्वीकृतिको निम्ति पठाइन्छ। त्यहाँ स्वीकृत भएपछि सदस्यता प्राप्त हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाहिरका सूत्र


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड